Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

रुस–युक्रेन युद्धमा मारिएका खाेटाङका क्षितिज बस्नेतकाे दुई वर्षपछि काजकिरिया सुरु

खबरडबली संवाददाता

खोटाङ । रुस–युक्रेन युद्धमा ज्यान गुमाएका खोटाङका ३४ वर्षीय क्षितिज बस्नेतको मृत्यु भएको करिब दुई वर्षपछि काजकिरिया सुरु गरिएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–३, छोरम्बु सापातेलका बस्नेतको काजकिरिया मंगलबार (भदौ ११ गते) बाट थालिएको हो । दुबईमा सेक्युरिटी गार्डको काम गर्दै आएका उनी आकर्षक तलबको प्रलोभनमा २०८० असोज १५ गते रुस पुगेका थिए । रुसी सेनामा भर्ती भएको तीन सातामै २०८० कात्तिक ६ गते उनी युद्धमै मारिएको गाउँपालिका–३ का वडाध्यक्ष भूपेन्द्र बस्नेतले जानकारी दिए । भर्तीलगत्तै उनी युद्ध क्षेत्रमा पठाइएको वडाध्यक्षको भनाइ छ ।

बस्नेतकी श्रीमती भीमकला आचार्यले रुसमै कानुनी प्रक्रिया पूरा गरी शवको दाहसंस्कार गरेपछि नेपाल फर्किएकी हुन् । उनी ११ वर्षीय छोरा आदितसहित सामाजिक परम्परा अनुसार काजकिरियामा बसेकी छन् । भीमकला काठमाडौं हुँदै भदौ १० गते घर आइपुगेकी थिइन् ।

रुसी सेनामा भर्ती भएको केही दिनमै क्षितिजले परिवारसँग अन्तिम संवाद गरेका थिए । २०८० कात्तिक २ गतेको सम्पर्कमा उनले १५ दिनको ‘जङ्गली कोर्स’मा लैजान लागेको र सो अवधिमा मोबाइल प्रयोग गर्न नपाइने बताएका थिए । त्यसै संवादमा उनले ‘यहाँ त गाह्रो हुने रहेछ’ भन्दै परिवारलाई भावुक बनाउने कुरा गरेका थिए । त्यसपछि उनी सम्पर्कविहीन बनेका थिए ।

पहिले शसस्त्र प्रहरीमा पाँच/सात वर्ष कार्यरत रहेका क्षितिजले राजीनामा दिएपछि दुबई गएर काम थालेका थिए । दुई वर्ष बसेर घर फर्किएका उनी पुनः सोही कम्पनीमार्फत दुबई पुगेका थिए । त्यहाँबाटै रुस पुगेपछि उनले रुसी सेनाको पोशाकमा आधुनिक हतियारसहितका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

करिब पाँच महिना उनी सम्पर्कविहीन भएपछि मात्र अवस्थाबारे खोजी सुरु भएको थियो । रुस सरकारले सम्पर्कविहीन रहेका क्षितिजसहित १५ नेपालीको शव पहिचानका लागि डिएनए नमुना मागेपछि युद्धमा उनको मृत्यु भएको पुष्टि भएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: