उदयपुर । किसानलाई युरिया मल अभाव भइरहेका बेला उदयपुरको कटारी बजारबाट लुकाइराखिएको दुई सय बोरा युरिया मल जफत गरिएको छ । जिल्ला प्रशासन कार्यालयको बजार अनुगमन टोलीले बिहीबार अनुगमनका क्रममा उक्त मल फेला पारेको हो ।
अनुगमन टोलीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेयका अनुसार कटारी नगरपालिका–४ कटारी बजारस्थित दिलिप चौधरी सञ्चालित अशुतोष ट्रेडर्स तथा जनरल स्टोर र जयमाँकालि प्रालिबाट मल बरामद गरिएको हो ।
पाण्डेयले मल व्यापारीको गोदाममा कोक, डिउलगायतका पेयपदार्थले छोपेर लुकाइएको अवस्थामा भेटिएको बताए । उनले भने, “सरकारी अनुदानमा किसानलाई वितरण गर्न पठाइएको मल व्यापारीको गोदाममा फेला परेको छ । गोदामलाई सिल गरेर थप छानबिनको जिम्मा नगरपालिका र प्रहरीले लिएका छन् ।”
उनका अनुसार जफत गरिएको मलको श्रोतबारे कृषि सामग्री लिमिटेड गाईघाटदेखि नै अनुसन्धान आवश्यक रहेको छ । “गाउँका किसान मल नपाएको गुनासो गरिरहेका छन् तर व्यापारीले दोब्बर मूल्यमा बिक्री गरेको पाइयो,” पाण्डेयले भने ।
अनुगमन टोलीका अनुसार चौधरीले सहकारीमार्फत झन्डै रु. ८०० प्रतिवोरामा पाउने मललाई रु. १३०० सम्ममा बिक्री गर्दै आएका थिए । अनुगमनका क्रममा कटारी बजारका २९ वटा पसल जाँच गरिएकोमा तीन पसल अवैधानिक भेटिएकाले तत्काल बन्द गरिएको र अन्य तीन पसललाई जनही रु. ५ हजारका दरले जरिवाना गरिएको सहायक प्रजिअ पाण्डेयले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: