Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

फौजदारी अभियोग लागेका वडाध्यक्ष अझैै पदमै सक्रिय

राजनीतिक प्रभावले प्रहरीको ढिलासुस्ती, प्रशासनको लाचारी र कानुनकाे अपहेलना

खबरडबली संवाददाता

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–६ का वडाध्यक्ष सुमन थापाविरुद्ध गम्भीर सवारी लापरबाही (अङ्गभङ्ग) मुद्दामा फौजदारी अभियोग दर्ता भई पक्राउ पुर्जीसमेत जारी भइसकेको छ । तर, कानुनतः स्वतः निलम्बनमा जानुपर्ने थापा भदौ ८ गतेसम्म वडाध्यक्षकै हैसियतमा कार्यालय सञ्चालन गर्दै आएको खुलासा भएको छ।

२०८१ फागुन २२ गते साँझ सुमन थापा सवार बा २१ च ६८८८ नम्बरको निशान कारले मोटरसाइकललाई ठक्कर दिँदा पछाडि बसेकी देविका खनाल गम्भीर घाइते भएकी थिइन्। हाल उनी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिसियुमा उपचाररत छिन्। करिब ६ महिनादेखि उनको अवस्था अचेत र गम्भीर छ।

महिनौं संघर्ष पछि अदालतको आदेशपछि मात्रै प्रहरीले लियाे जाहेरी 

दुर्घटनापछि पीडित पक्षले तत्काल प्रहरीमा जाहेरी दिन खोजे पनि प्रहरी प्रशासनले निवेदन अस्वीकार गरेको थियो। पटक–पटक प्रयास गर्दा पनि प्रहरी कार्यालयले दर्ता नगरेपछि अन्ततः पीडित पक्षले उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गराए।

अदालतले भदौ ३ गते जिल्ला सरकारी वकिल कार्यालयलाई कारणसहित जवाफ दिन आदेश दिएपछि मात्रै प्रहरी सक्रिय भयो। जिल्ला प्रहरी कार्यालय, सुनसरीका एसपी सुमनकुमार तिम्सिनाका अनुसार साउन १६ गते मुद्दा दर्ता गरिएको हो भने साउन २० गते पक्राउ पुर्जी जारी गरिएको हो।

प्रहरी भन्छ – थापा वडाध्यक्ष हुन् भन्ने आधिकारिक पुष्टि नभएको

एसपी तिम्सिनाले पक्राउ पुर्जी जारी गरिए पनि थापा सार्वजनिक पदमा छन् भन्ने पुष्टि नभएकाले प्रशासनलाई पत्र पठाइएको जनाए। तर कानुनअनुसार कुनै पनि सार्वजनिक पद धारण गरेका व्यक्तिविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता र पक्राउ पुर्जी जारी भएलगत्तै पद स्वतः निलम्बन हुने व्यवस्था छ।

वडाध्यक्ष पदमै सक्रिय, कार्यवाहक तोक्दै मात्रै काठमाडौँ प्रस्थान

वडा कार्यालय स्रोतका अनुसार थापा भदौ ८ गते आइतबारसम्म वडाध्यक्षकै रुपमा कार्यालयमा कार्यरत थिए। त्यसपछि मात्रै उनले वडा सदस्य कृष्ण श्रेष्ठलाई कार्यवाहक जिम्मेवारी दिँदै उपचारका लागि काठमाडौँ प्रस्थान गरेका हुन्।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाले भने आफूहरूलाई कुनै निकायबाट मुद्दा दर्ता र निलम्बनको औपचारिक जानकारी नआएको प्रतिक्रिया दिएका छन्। उनले पत्र आएपछि मात्रै कानुनी प्रक्रिया अगाडि बढाउने बताएका छन्।

“राजनीतिक दबाबका कारण प्रहरी सक्रिय हुन सकेन”

पीडित पक्षले प्रहरीको ढिलासुस्तीप्रति गम्भीर आपत्ति जनाउँदै आएको छ। उच्च अदालतको आदेशपछि मात्रै सक्रियता देखाउनु, जाहेरी थन्क्याउनु, र वडाध्यक्ष पदमै रहँदा पनि प्रहरीको निष्क्रियता — यी सबै कुराले प्रहरीको निष्पक्षता र निष्ठामाथि गम्भीर प्रश्न उठाएको उनीहरूको आरोप छ।

प्रहरी स्रोतले पनि घटनामा “उच्च राजनीतिक दबाब” रहेको स्वीकारेको छ। त्यसकै कारण तत्काल पक्राउ गर्न नसकिएको संकेत उसले दिएको छ। तर, कानुनविद्हरू भन्छन् — “राजनीतिक हैसियत भएका व्यक्तिहरूलाई कानुनभन्दा माथि राख्ने प्रवृत्तिले विधिको शासन कमजोर बनाउँछ।”

कानुनी रूपमा सबै निर्णयहरू बदर हुनसक्ने सम्भावना

वडाध्यक्ष थापाविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी भएपछि उनले निलम्बनको मितिदेखि पदमा बसेर गरेका सबै निर्णयहरू कानुनतः अवैध ठहरिन सक्ने कानुनी आधारहरू छन्। नगर प्रमुख केदार भण्डारीले समेत आफूलाई औपचारिक जानकारी नआएको भन्दै प्रक्रिया सूचना प्राप्त भएपछि मात्रै कारबाही अघि बढाइने बताएका छन्।

यो प्रकरणमा राजनीतिक प्रभाव, प्रहरीको ढिलासुस्ती, प्रशासनको लाचारी र कानुनी अपहेलनाले एकसाथ स्थान पाएको देखिन्छ । पीडित पक्षले अझै पनि न्यायका लागि लड्नुपर्ने अवस्थाले गम्भीर प्रणालीगत कमजोरी उजागर गरेको छ । प्रश्न उठ्छ कानुन कागजमा मात्रै हो, कि कार्यान्वयन पनि हुन सक्ने ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending