Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

प्रधानमन्त्रीकाे सम्बोधन रास्वपा र राप्रपाले बहिष्कार गर्ने

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद बैठकमा सम्बोधन गर्दै छन् । चीन भ्रमणमा जानुपूर्व उनले प्रतिनिधिसभा बैठकमा मन्तव्य राख्ने भएका हुन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार प्रस्थान गर्ने कार्यक्रम छ । साङघाई सहयोग संगठन शिखर सम्मेलनमा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् । उनकाे चीनपछि भारत भ्रमणमा जाने तालिका रहेको छ ।

आजको सम्बोधन प्रधानमन्त्रीले आसन्न चीन र भारत भ्रमणबारे जानकारी गराउने छन् । पछिल्लो समय उब्जिएको लिपुलेक–कालापानी विवादबारे पनि सरकारको धारणा राख्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्रीको सम्बोधनलाई दुई प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी  र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने बहिष्कार गर्ने भएका छन् । भिजिट भिसाको दुरुपयोगसम्बन्धी प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै दुई दलले लामो समयदेखि गरिरहेको संसद बहिष्कारलाई आज पनि निरन्तरता दिने भएका हुन् ।

आज रास्वपाले प्रधानमन्त्रीलाई बोल्न दिने भनेर केही सञ्चारमाध्यममा आएका समाचारलाई प्रवक्ता मनिष झाले इन्कार गरे । उनले भने, ‘हाम्रो अवरोध निरन्तर छ, र आज पनि रहन्छ । हाम्रो मागको सम्बोधन नभएकाले प्रधानमन्त्रीको सम्बोधन सुनेर बस्दैनौं ।’ रास्वपाको तर्फबाट गणेश पराजुलीले बोलेर सबै सांसदहरू बाहिरिने तयारी गरिएको छ । 

यस्तै राप्रपाले पनि संसद बहिष्कार गर्ने सो पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीको सम्बोधनका विषयमा कुनै नयाँ निर्णय भएको छैन । बहिष्कार जारी रहन्छ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending