तुलसीपुर । यहाँको दाङ दङ्गीशरण गाउँपालिका–३ चितानपुर निवासी हरिराम चौधरी विसं २०५९ देखि बेपत्ता भए । मल लिन तुलसीपुर जाने भनी हिँड्नुभएका चौधरी बेपत्ता भए पनि परिवारको आश भने अझै मरेको छैन ।
“अझै पनि आउनुहुन्छ, की भन्ने लाग्छ”, भाई सीताराम चौधरीले भने, “आश अझै मरेको छैन ।”
त्यस्तै आशामा छिन्, तुलसीपुर उपमहानगरपालिका–११ निवासी लक्ष्मी चौधरी पनि । उनको श्रीमान् खोपीराम चौधरी विसं २०५९ मा बेपत्ता भए । त्यसपछि अहिलेसम्म कुनै पत्ता लाग्न सकेको छैन ।
“न त सास छ, न त शव नै भेटियो”, उनले भनिन्, “अझै पनि आउनुहुन्छ की भन्ने लाग्छ ।”
सरकारले यथार्थ पत्ता नलगाइदिँदा अझै घाउमा मल्हम लाग्न नसकेको उनको भनाइ छ । पटकपटक अन्तरक्रिया कार्यक्रम हुने, अवस्था बुझ्न आउने गरे पनि वास्तविक अवस्था पत्ता लाग्न नसकेको उनको दुःखेसो छ ।
घोराही उपमहानगरपालिका–१७ निवासी बिपीन आचार्यका बुवा थानेश्वर आचार्य विसं २०५९ मा बेपत्ता भए। उनी बेपत्ता भएपछि अहिले घरमा अंशवण्डा नै प्रभावित भएको छ । “बुवा बेपत्ता हुनुहुन्छ, उहाँको मृत्यु दर्ता नहुँदा अंशवण्डा गर्न सकिएको छैन”, उनले भने, “बुवाहरुकै अंशवण्डा छैन ।”
उनीहरु जस्तै अझै धेरै बेपत्ता परिवारहरु ती बेपत्ता भएका परिवारका सदस्यको बारेमा कुनै जानकारी नहुँदा पीडित छन् । घरकै मुली मान्छे बेपत्ता हुँदा घर चलाउन समस्या हुने गरेको छ ।
द्वन्द्व पीडित सञ्जाल दाङका अध्यक्ष प्रकाश चौधरीले युद्धको समयमा बेपत्ता पारिएका नागरिकको अवस्थाबारे जानकारी हुन नसकेका कारण युद्ध सकिएको मान्न नसकिने बताउँछन्।
विस्तृत शान्ति सम्झौता भएको १९ वर्षसम्म बेपत्ता छानबिन हुन नसक्नु दुःखद भएको उनको भनाइ छ । नेपाल रेडक्रसको तथ्याङ्कअनुसार दाङमा ८२ परिवारका सदस्यहरु बेपत्ता पारिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: