चितवन । पछिल्ला वर्षहरुमा नेपालमा उत्पादन हुने अण्डा एन्टीबायोटिकरहित हुने गरेको छ । सरकारले कुखुरामा एन्टीबायोटिक प्रयोग गर्न रोक लगाएपछि अन्य विधिबाट रोग नियन्त्रण गरेर अण्डा उत्पादन गरिएको हो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालले नेपालका अधिकांश पोल्ट्री फार्महरूमा एन्टीबायोटिक प्रयोग गर्न छाडिएको बताए । आफूले अतिरिक्त समयमा परामर्श एवं पोषण हेर्दै आएको नवलपरासीको दाउन्ने एग्रो फार्ममा एन्टीबायोटिक पूर्णरूपमा निषेध गरिएको उनले बताए ।
उनले भने, “सरकारले एन्टीबायोटिक प्रयोगमा रोक लगाएसँगै यो फर्ममा हामीले पूर्णरूपमा बन्देज गरेका छौँ ।”
देशका अन्य फार्महरूमा पोषण हेर्ने चिकित्सकले ती फर्ममा एन्टीबायोटिक प्रयोग नगरेकाले अधिकांश फार्मबाट उत्पादन भएका अण्डा एन्टीबायोटिकरहित भएको उनको भनाइ छ ।
यसअघि दाना र पानीमा एन्टीबायोटिक प्रयोग गरिन्थ्यो । जसलाई एन्टीबायोटिक ग्रोथ प्रमोटर (एजीपि) भनिन्थ्यो । यो रोक लगाएसँगै आफूहरूले कुखुरालाई खोप प्रयोग गर्ने गरेको उनले बताए ।
दानामा जडिबुटीजन्य (हर्वल) खुराकहरु खुवाउने गरेको उहाँ बताउनुहुन्छ । पहिले सामान्य किसिमका ब्याक्टेरियल रोगहरू देखापर्दा एन्टीबायोटिक प्रयोग हुन्थ्यो । एन्टीबायोटिक प्रयोग गरेर उत्पादन भएको अण्डामा केही हिस्सा मानिससम्म पुग्ने उनी बताउँछन् ।
उनले भने, “कुखुरालाई एन्टीबायोटिक प्रयोग गरेर पारेको अण्डामा रहलपहल एन्टीबायोटिक आउथ्यो, जसले मानव स्वास्थ्यमा असर गर्थ्यो ।”
कुखुरामा अहिले प्रयोग भएको भ्याक्सिनले मानव स्वास्थ्यका लागि असर नगर्ने उनी बताउँछन्। “यसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने र कुखुराको स्वास्थ्य राम्रो बनाउन मद्दत गर्दछ । जुन रोगको विरुद्धमा भ्याक्सिन दिइएको हुन्छ, यसले सो रोग नियन्त्रणमा आउँछ र असर अण्डासम्म पुग्दैन”, उनले भने ।
नियन्त्रणमा नै नआउने कुनै कुनै रोगको प्रयोगशालामा परीक्षण गरेर कुन प्रकारको ब्याक्टिरिया हो पत्ता लगाई त्यसलाई नियन्त्रण गर्न सीमित मात्रामा संवेदनशील खालको एन्टीबायोटिक पानीको माध्यमबाट प्रयोग गर्ने गरेको उनले बताए ।
नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले सङ्घभित्रका फार्महरुमा एन्टीबायोटिकको प्रयोग नभएको बताए ।
सरकारका नीति निर्देशन अनुसार गुणस्तरीय अण्डा उत्पादनमा आफूहरु लागेको उनी बताउँछन् । उनले भने, “हाम्रा फार्म हेर्ने चिकित्सकहरुले मानव स्वास्थ्य असर नहुने गरी भ्याक्सिन र हर्वलहरूको प्रयोग गर्नुहुन्छ ।”
जोखिम र खर्च बढे पनि मानव स्वास्थ्यलाई ख्याल गर्दै एन्टीबायोटिकरहित अण्डा उत्पादनमा जोड दिइएको उनको भनाइ छ ।
नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय पूर्वअध्यक्ष त्रिलोचन कँडेलले कुखुराको रोग प्रतिरोधी क्षमता बढाउन वैकल्पिक उपायहरु अव लम्बन गरिएको बताए। नेपालमा उत्पादन भएको अण्डा एन्टीबायोटिकरहित भएको भन्दै उनले सीमा क्षेत्रमा बाहिरबाट छिरेका अण्डाको गुणस्तर भने भन्न नसकिने बताए ।
फिजिसियन डा भोजराज अधिकारी कुखुरामा भएका रोगहरु अण्डामा नहुने बताउछन् । एन्टीबायोटिक प्रयोग नहुँदा अण्डा थप स्वस्थकर बन्ने उनले बताए। मानव स्वास्थ्यका लागि अण्डा उपयोगी भएको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: