Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

‘प्रधानमन्त्रीको चीन भ्रमणले मुलुकको प्रतिष्ठामा थप अभिवृद्धि गर्न योगदान पुगेको छ’

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा थप अभिवृद्धि गर्न योगदान पुर्‍याएको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओली पाँच दिने औपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्किएपछि परराष्ट्र सचिव अमृतबहादुर राईले सञ्चारकर्मीलाई जानकारी दिँदै यस्तो धारणा राखेका हुन्।

राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा प्रधानमन्त्री ओली भदौ १४ गते २३ सदस्यीय प्रतिनिधिमण्डलसहित चीन प्रस्थान गरेका थिए। भ्रमणको मुख्य उद्देश्य चीनको तियानजिनमा सम्पन्न शाङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा सहभागिता जनाउँदै सङ्गठनसँग नेपालको सम्बन्धलाई सुदृढ बनाउनु रहेको सचिव राईले बताए।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय सम्बन्ध, सहयोग र प्राथमिकताका विषयमा खुला छलफल गरेका थिए। उनले एससिओमा नेपालको पूर्ण सदस्यताको समर्थनका लागि चीनसँग अनुरोध गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय अभियानमा सहयोग मागेका थिए। 

यसै अवसरमा उनले बिआरआई परियोजनाको छिटो कार्यान्वयन, मल तथा पेट्रोलियम आपूर्ति, मानव संसाधन विकास र जलवायु परिवर्तनसँग जुध्ने क्षमता अभिवृद्धि लगायत विषयमा सहयोगका लागि आग्रह गरेका थिए।

सचिव राईले जानकारी दिनु अनुसार प्रधानमन्त्री ओलीले भारत–चीनबिच लिपुलेक नाकामार्फत व्यापार गर्ने समझदारीप्रति आपत्ति जनाउँदै उक्त समझदारी कार्यान्वयन नगर्न चीनसँग अनुरोध गरेका थिए। यसबारे चिनियाँ राष्ट्रपति सीले नेपालप्रति समर्थन जनाउँदै संयुक्त राष्ट्रसङ्घ तथा एससिओजस्ता मञ्चमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमीर पुटिन, लाओस, माल्दिभ्स, भियतनाम र कम्बोडियाका शीर्ष नेताहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरी आपसी हितका विषयमा विचार–विमर्श गरेका थिए। उनले रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणका लागि निमन्त्रणा पनि दिएका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले तियानजिनस्थित धानको पकेट क्षेत्र, चाउ एनलाई र डेंग यिङचाओ स्मारक सङ्ग्रहालयलगायत स्थानको अवलोकन गरेका थिए। त्यस्तै, उनले बेइजिङमा उपराष्ट्रपति हान चङसँग भेटघाट गरी द्विपक्षीय सम्बन्धमा छलफल गरेका थिए र चीनको ८०औँ विजयोत्सव समारोहमा समेत सहभागी भएका थिए।

प्रधानमन्त्री ओलीसँग धर्मपत्नी राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्का, मन्त्रीहरू, सांसदहरू, सल्लाहकार, परराष्ट्र सचिव तथा उच्चपदस्थ सरकारी अधिकारीहरू भ्रमण टोलीमा सहभागी रहेका थिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending