Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

‘प्रधानमन्त्रीको चीन भ्रमणले मुलुकको प्रतिष्ठामा थप अभिवृद्धि गर्न योगदान पुगेको छ’

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा थप अभिवृद्धि गर्न योगदान पुर्‍याएको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओली पाँच दिने औपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्किएपछि परराष्ट्र सचिव अमृतबहादुर राईले सञ्चारकर्मीलाई जानकारी दिँदै यस्तो धारणा राखेका हुन्।

राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा प्रधानमन्त्री ओली भदौ १४ गते २३ सदस्यीय प्रतिनिधिमण्डलसहित चीन प्रस्थान गरेका थिए। भ्रमणको मुख्य उद्देश्य चीनको तियानजिनमा सम्पन्न शाङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा सहभागिता जनाउँदै सङ्गठनसँग नेपालको सम्बन्धलाई सुदृढ बनाउनु रहेको सचिव राईले बताए।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय सम्बन्ध, सहयोग र प्राथमिकताका विषयमा खुला छलफल गरेका थिए। उनले एससिओमा नेपालको पूर्ण सदस्यताको समर्थनका लागि चीनसँग अनुरोध गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय अभियानमा सहयोग मागेका थिए। 

यसै अवसरमा उनले बिआरआई परियोजनाको छिटो कार्यान्वयन, मल तथा पेट्रोलियम आपूर्ति, मानव संसाधन विकास र जलवायु परिवर्तनसँग जुध्ने क्षमता अभिवृद्धि लगायत विषयमा सहयोगका लागि आग्रह गरेका थिए।

सचिव राईले जानकारी दिनु अनुसार प्रधानमन्त्री ओलीले भारत–चीनबिच लिपुलेक नाकामार्फत व्यापार गर्ने समझदारीप्रति आपत्ति जनाउँदै उक्त समझदारी कार्यान्वयन नगर्न चीनसँग अनुरोध गरेका थिए। यसबारे चिनियाँ राष्ट्रपति सीले नेपालप्रति समर्थन जनाउँदै संयुक्त राष्ट्रसङ्घ तथा एससिओजस्ता मञ्चमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमीर पुटिन, लाओस, माल्दिभ्स, भियतनाम र कम्बोडियाका शीर्ष नेताहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरी आपसी हितका विषयमा विचार–विमर्श गरेका थिए। उनले रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणका लागि निमन्त्रणा पनि दिएका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले तियानजिनस्थित धानको पकेट क्षेत्र, चाउ एनलाई र डेंग यिङचाओ स्मारक सङ्ग्रहालयलगायत स्थानको अवलोकन गरेका थिए। त्यस्तै, उनले बेइजिङमा उपराष्ट्रपति हान चङसँग भेटघाट गरी द्विपक्षीय सम्बन्धमा छलफल गरेका थिए र चीनको ८०औँ विजयोत्सव समारोहमा समेत सहभागी भएका थिए।

प्रधानमन्त्री ओलीसँग धर्मपत्नी राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्का, मन्त्रीहरू, सांसदहरू, सल्लाहकार, परराष्ट्र सचिव तथा उच्चपदस्थ सरकारी अधिकारीहरू भ्रमण टोलीमा सहभागी रहेका थिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending