काठमाडौं । नेकपा (एमाले) को आजबाट गोदावरीमा सुरु भएको विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाले फरक मत प्रस्तुत गर्ने भएका छन्। उनले पार्टीको केन्द्रीय धारणा विपरीत आफ्नो छुट्टै प्रस्ताव दर्ता गराएका हुन्।
थापाले पार्टीमा ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सिमानाको व्यवस्था यथावत राख्नुपर्ने, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता निष्क्रिय गर्न नहुने, र पार्टी कमिटीहरू लोकतान्त्रिक प्रक्रियाबाट चयन हुनुपर्ने जस्ता बुँदाहरू उठाउँदै फरक मत दर्ता गराएका हुन्।
पार्टी कार्यालयमा बिहीबार दिउँसो उनले औपचारिक रूपमा फरक मत दर्ता गरेका थिए। सचिवालयको बिहीबार साँझ बसेको बैठकले थापाको फरक मतलाई स्वीकार गर्दै विधान महाधिवेशनमा छलफलका लागि पठाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
एमाले नेतृत्व विशेषतः भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशको सम्भावनाविरुद्ध उभिएको बेला थापाले भने उनलाई रोक्नु उपयुक्त नहुने धारणा राखेका छन्। अब थापाको यो फरक मत विधान महाधिवेशनमा औपचारिक रूपमा छलफलमा लैजाने एमालेले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - ०७:२१
काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...
पौष ७ गते, २०८२ - ०७:१६
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...
पौष ७ गते, २०८२ - ०७:१०
जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...
पौष ७ गते, २०८२ - ०७:०८
कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...
पौष ७ गते, २०८२ - ०७:००
काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूची...
पौष ७ गते, २०८२ - ०६:५८
काठमाडौँ । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वाताव...
पौष ७ गते, २०८२ - ०६:५५
काठमाडौँ। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्...
पौष ६ गते, २०८२ - ०९:२१
डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...
पौष ६ गते, २०८२ - ०९:१९
म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...
पौष ६ गते, २०८२ - ०८:५४
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...




प्रतिकृया लेख्नुहोस्: