Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

माधव नेपाल माओवादीतिर: अस्तित्वको खोज वा राजनीतिक अवसरवाद ?

मनोज भट्टराई

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा दुईवटा महत्वपूर्ण घोषणा गर्दै स्पष्ट संकेत दिएका छन् । पदाधिकारी बैठकमा उनले भने– “विप्लवसँग एकता गर्छौं, त्यसपछि माधव नेपालजीसँग पनि एकता हुन्छ।”

यो संकेतले नेपाली राजनीति फेरि नयाँ मोडतिर गएको अनुभूति हुन्छ । राजनीतिक वृत्तमा ठूलो चासो पैदा गरेको छ। तर प्रश्न यही हो के माधव नेपाल साँच्चै माओवादीमा जाने बाटोमा छन् त ?  

अस्तित्वको प्रश्न

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी आज संगठनात्मक रूपमा कमजोर छ । चुनावी आधार हराउँदै गएको छ । जनस्तरमा प्रभाव पनि न्यून रहेकाे छ । यस अवस्थामा ठूलो दलसँग विलय हुनु प्राकृतिक विकल्पजस्तो देखिन्छ । यसलाई अस्तित्व जोगाउने अन्तिम हतियारका रूपमा पनि बुझ्न सकिन्छ। 

२०७८ मा नेकपा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादी अहिले संगठनात्मक र राजनीतिक दुवै स्तरमा कमजोर छ । पार्टीसँग न ठूलो संगठनात्मक संरचना छ, न चुनावी आधार । पछिल्ला उपनिर्वाचन र जनस्तरमा देखिएको समर्थन पनि न्यून देखिन्छ।

राजनीतिमा दीर्घकालीन अस्तित्व खोज्ने हो भने ठूलो दलसँग सहकार्य वा विलय बाहेक विकल्प छैन भन्ने बुझाइ प्रबल हुँदै गएको छ।

अवसरवादको छायाँ

यो कदमलाई ‘राजनीतिक अवसरवाद’ भन्न पनि सकिन्छ । प्रचण्डसँग नजिकिँदा सत्ता–सहभागिता सुरक्षित हुन्छ, पद–प्रतिष्ठा कायम रहन्छ । तर पार्टीको मौलिकता कहाँ रहन्छ ?  व्यक्तिगत हैसियत जोगाउने नाममा पार्टीको अस्तित्व नै विलय गरिनु कति जायज ?

माओवादी केन्द्रसँग समाजवादीको समीकरण यसकारण सहज देखिन्छ कि प्रचण्ड र माधव नेपालबीच लामो समयदेखि कार्यगत सहकार्यको सम्बन्ध छ । सत्ता साझेदारका रूपमा पनि दुबै नेताले नजिकको समन्वय गरिरहेका थिए । प्रचण्डले खुलेरै भनेका छन्  “विप्लवसँग एकता गर्छौं, त्यसपछि माधव नेपालजीसँग पनि एकता हुन्छ।”

आन्तरिक असहमति

कुरा त्यत्तिमै सरल छैन। समाजवादीभित्रै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत नेताहरू माओवादीसँग एकताप्रति अनिच्छुक छन्। उनीहरूको बुझाइमा माओवादीसँग गाभिँदा पार्टीको पहिचान हराउने र विचारधारात्मक असमानता झन् प्रष्टिनेछ।

यसैले पार्टीभित्र दुई खेमाबीच टकराव हुने सम्भावना प्रबल छ। उनीहरू भन्छन्, “माओवादीसँग गाभिँदा हाम्रो विचार, हाम्रो पहिचान हराउनेछ।” यस तर्कलाई हल्का पारेर हेर्न सकिँदैन।

माधव नेपाल माओवादीतिर जान सक्छन्, तर त्यो निर्णय विचारधारात्मक सहमतिको भन्दा बढी राजनीतिक समीकरण र व्यक्तिगत सुरक्षामा आधारित हुनेछ।

यसलाई क्रान्तिकारी वा ऐतिहासिक कदम भन्दा पनि एक प्रकारको अस्तित्व र अवसरको व्यापार भन्नु उपयुक्त हुन्छ। माओवादी क्रान्तिकारी इतिहास बोकेको दल हो भने समाजवादी मध्यमार्गी धारको पार्टी हो । दुबैबीच विचारधारागत दूरी अझै छ।

त्यस्तै, व्यक्तिगत हैसियतको प्रश्न पनि महत्वपूर्ण छ । माधव नेपाल प्रचण्डभन्दा दोस्रो स्थानमा बस्न तयार हुन्छन् कि हुँदैनन् भन्ने प्रश्न खुलै छ।

तत्कालै औपचारिक एकतामके सम्भावना कम छ रहेको  राजनीतिक विश्लेषकहरू बताउँछन् । सबैभन्दा बढी सम्भावना भनेको आगामी निर्वाचनलाई लक्षित गर्दै पहिले चुनावी तालमेल, पछि मात्र पार्टी एकतामा पुग्ने हो । यदि सत्ता समीकरणले दबाब बढायो भने माधव नेपाल नेतृत्वको समाजवादी माओवादीभित्र विलय हुन सक्ने अनुमान लगाइन्छ।

अन्ततः, समाजवादीले अब लामो समय अलग्गै टिक्न सक्ने सम्भावना न्यून छ । त्यसैले प्रचण्डतिर उन्मुख हुनु उनीहरूको राजनीतिक आवश्यकता हो । तर यो निर्णयले भविष्यमा उनीहरूको ऐतिहासिक पहिचानलाई कमजोर बनाउने सम्भावना भने बलियो छ।

यसरी हेर्दा, प्रचण्डले दिएको संकेत एक प्रकारको राजनीतिक दबाब र सम्भावनाको संकेत हो । तर त्यो तत्कालै व्यवहारमा परिणत हुन्छ भन्ने छैन । एउटा कुरा भने निश्चित छ– अस्तित्व जोगाउन समाजवादीले ठूलो राजनीतिक निर्णय लिनैपर्छ, त्यसको प्रमुख विकल्प माओवादीसँग नजिकिने हो ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महाधिवेशन सकिएपछि फिर्ता लिइएको हस्ताक्षरले वैधानिकता प्रभावित गर्दैन : गगन समूह

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको समूहले महाधिवेशन पूर्ण रूपमा विधानअनुसार, बहुमत प्रतिनिधिको उपस्थित...

निर्वाचनमा सामाजिक सञ्जाल अनुगमन नेपाली सेनाको सहयोगमा हुने : आयोग

काठमाडौं। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सामाजिक सञ्जाल अनुगमन नेपाली सेनाको सहयोगमा सञ्चालन हुने निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका आयुक्त ...

घ्याङलेख एसबिआई बैंक लुटपाट: सातैजना पक्राउ, करोडौं रुपैयाँ बरामद, घटना योजना अनुसार भएको खुलासा

सिन्धुली। पुस २९ गते घ्याङलेख–२ स्थित एसबिआई बैंकको शाखामा भएको तीन करोड रुपैयाँको लुटपाटमा संलग्न सातैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्र...

ओलीकहाँ पुग्यो एमालेका प्रत्यक्ष उम्मेदवारको सूची

काठमाडौं। एमाले केन्द्रीय कार्यालयमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको सूची पुगिसकेको छ। सचिव डा. राजन भट्टराईका अनुसार, जिल...

प्रचण्डले भरतपुर महानगरको नयाँ प्रशासनिक भवन उद्घाटन

भरतपुरको नयाँ भवनले सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउनेछ

प्रधानमन्त्री–मन्त्रीको अभिव्यक्तिमाथि पुनको कडा आपत्ति

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले युवापुस्ता (जेन–जी) लाई चुनाव जिताइने भन्ने प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूको सार्...

निर्वाचन आयोगको अनुगमन प्रणालीप्रति एमाले नेता राजन भट्टराईको प्रश्न

काठमाडौँ । एमाले सचिव राजन भट्टराईले निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि निर्वाचन आयोगको अनुगमन (मनिटरिङ) प्रणाली कति प्रभावकारी छ भन्ने प्रश्न उठा...

काठमाडौँ महानगर प्रहरी प्रमुख राजु पाण्डेको राजीनामा

काठमाडौं । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएक...

सेन्सर बोर्डले ल्यायो नयाँ कार्यविधिः अब फिल्ममा कैँची नचल्ने, वर्गीकरण गरिने

काठमाडौँ । केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले नयाँ कार्यविधि ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ लागु गरेको छ । से...

कांग्रेसको आधिकारिकता विवादमाथि आयोगको अध्ययन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षको आधिकारिकता दाबीमाथि निर्वाचन आयोगले अध्ययन सुर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending