काठमाडौँ । नेपाल टेलिकमले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्न लागेको जनाएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने उद्देश्यसहित २०८० को निर्देशिकाअनुसार नेपालमा सूचीकरण नभएका प्लेटफर्मलाई निष्क्रिय पार्ने कार्य अघि बढाइएको हो।
नेपाल टेलिकमले शुक्रबार सार्वजनिक गरेको अत्यन्त जरुरी सूचनामा भनिएको छ, “सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार दर्ता नभएका सामाजिक सञ्जाल तत्कालका लागि बन्द गरिएको जानकारी गराइन्छ।”
सूचनामा थप उल्लेख छ कि यी प्लेटफर्महरू पुनः सञ्चालनका लागि प्राधिकरणबाट आउने अर्को निर्देशन अनुसार व्यहोरा सार्वजनिक गरिनेछ।
यसअघि नेपाल सरकार र दूरसञ्चार प्राधिकरणले पटक–पटक सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा अनिवार्य दर्ता गर्न आग्रह गरे पनि ठूला कम्पनीहरूले अटेरी गर्दै आएका थिए। सरकारको निर्णयअनुसार अहिले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपलगायतका २६ सामाजिक सञ्जाल निष्क्रिय पारिने उल्लेख छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - १४:२३
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको समूहले महाधिवेशन पूर्ण रूपमा विधानअनुसार, बहुमत प्रतिनिधिको उपस्थित...
माघ ३ गते, २०८२ - १४:१९
काठमाडौं। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सामाजिक सञ्जाल अनुगमन नेपाली सेनाको सहयोगमा सञ्चालन हुने निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका आयुक्त ...
माघ ३ गते, २०८२ - १४:१५
सिन्धुली। पुस २९ गते घ्याङलेख–२ स्थित एसबिआई बैंकको शाखामा भएको तीन करोड रुपैयाँको लुटपाटमा संलग्न सातैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्र...
माघ ३ गते, २०८२ - १४:१०
काठमाडौं। एमाले केन्द्रीय कार्यालयमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको सूची पुगिसकेको छ। सचिव डा. राजन भट्टराईका अनुसार, जिल...
माघ ३ गते, २०८२ - १३:५७
भरतपुरको नयाँ भवनले सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउनेछ
माघ ३ गते, २०८२ - १३:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले युवापुस्ता (जेन–जी) लाई चुनाव जिताइने भन्ने प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूको सार्...
माघ ३ गते, २०८२ - १३:५१
काठमाडौँ । एमाले सचिव राजन भट्टराईले निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि निर्वाचन आयोगको अनुगमन (मनिटरिङ) प्रणाली कति प्रभावकारी छ भन्ने प्रश्न उठा...
माघ ३ गते, २०८२ - १३:४८
काठमाडौं । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएक...
माघ ३ गते, २०८२ - ११:३०
काठमाडौँ । केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले नयाँ कार्यविधि ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ लागु गरेको छ । से...
माघ ३ गते, २०८२ - ११:२६
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षको आधिकारिकता दाबीमाथि निर्वाचन आयोगले अध्ययन सुर...




प्रतिकृया लेख्नुहोस्: