Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

अदालतको आदेशपछि टेलिकमले बन्द गर्‍यो दर्ता नभएका सामाजिक सञ्जाल

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल टेलिकमले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्न लागेको जनाएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने उद्देश्यसहित २०८० को निर्देशिकाअनुसार नेपालमा सूचीकरण नभएका प्लेटफर्मलाई निष्क्रिय पार्ने कार्य अघि बढाइएको हो।

नेपाल टेलिकमले शुक्रबार सार्वजनिक गरेको अत्यन्त जरुरी सूचनामा भनिएको छ, “सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार दर्ता नभएका सामाजिक सञ्जाल तत्कालका लागि बन्द गरिएको जानकारी गराइन्छ।”

सूचनामा थप उल्लेख छ कि यी प्लेटफर्महरू पुनः सञ्चालनका लागि प्राधिकरणबाट आउने अर्को निर्देशन अनुसार व्यहोरा सार्वजनिक गरिनेछ।

यसअघि नेपाल सरकार र दूरसञ्चार प्राधिकरणले पटक–पटक सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा अनिवार्य दर्ता गर्न आग्रह गरे पनि ठूला कम्पनीहरूले अटेरी गर्दै आएका थिए। सरकारको निर्णयअनुसार अहिले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपलगायतका २६ सामाजिक सञ्जाल निष्क्रिय पारिने उल्लेख छ।

May be an image of text that says "अत्यन्त जरुरी सूचना नेपाल दूरसज्चार प्राधिकरणको मिति ./0/99, च.नं. ४९७ को पत्रबाट श्री सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रीपरिषदको निर्णय र सग्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकको निर्णर तथा सामाजिक सज्जालको प्रयोगलाई व्यवस्थिित गर्ने निदेंशिका, 2οτο बमोजिम नेपालमा सूचीकरण नमई सज्चालनमा रहेका सामाजिक सज्जाल प्लेटफर्महरू निफक्रिय गराउन यस कम्पनीलाई लेखी आएकोले सोही निर्देशन बमोजिम त्यस्ता सामाजिक प्लेटफर्महरू हालका लागि बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ| उत्त प्लेटफर्महरू पुनः सज्चालन सम्बन्धमा आगामी दिनमा प्राधिकरणबाट प्राप्त हुने निर्देशन बमोजिम गरिने व्यहोरासमेत जानकारी गराउन चाहन्दी। राष्ट्रको লपাर www.ntc.net.np f /NepalTelecom.NT ® /nepaltelecomofficial नेंपाब टबिक्म X /ndcl_nt /@nepal_telecom /@nepal_"

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान निर्माण गरेका शक्ति एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...

दलका नेताको अनुपस्थितिमै संसदीय दल बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ ।  रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...

टिकटकर तुल्सा अधिकारीविरूद्ध मुद्दा दर्ता

काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...

बादलको अभिव्यक्ति पार्टी नीति विपरीत : विष्णु पौडेल

काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...

नेपाल वायुसेवा निगमले शुक्रबारदेखि दुबई र दमाममा विशेष उडान गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...

मुग्लिन-नागढुंगा सडक थप तीन दिन राति राति बन्द हुने

चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...

रमेश लेखकलाई २ दिन थुनामा राख्ने अनुमति

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...

बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को बैठक सम्पन्न, रोजगारी विस्तार र सीप विकासमा जोड

हेटौँडा ।  बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...

प्रतिनिधिसभा बैठकमा भदौ २३–२४ का घटनामा मतभेद, कोही आक्रामक त कोही मौन

काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...

इरानमाथि ‘ठूलो हमला’ गर्ने ट्रम्पको धम्कीलाई लिएर चीनले के भन्यो ?

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending