काठमाडौँ । विभाजनको छायामा आइपुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगल फेरि आर्थिक अनियमितताको आरोपमा विवादमा तानिएको छ। दशौं महाधिवेशन तीन खेमामा विभाजनसहित सम्पन्न हुँदा आन्तरिक अविश्वास र वित्तीय अपारदर्शिताले संगठनलाई थप कमजोर बनाएको देखिन्छ।
तीन अध्यक्षको दाबी, नेतृत्वमा द्वन्द्व
दशौं महाधिवेशनपछि दीपा काफ्ले, बमबहादुर जिसी र सुजन लामाले आ–आफैँलाई अध्यक्ष घोषणा गरेका छन्। यसअघि नवौं महाधिवेशनबाट एक–एक वर्ष अध्यक्षता गर्ने सहमतिमा निर्वाचित उमेश खड्का र दीपा काफ्लेमध्ये दुवै जनाले पदमा दाबेदारी गर्दा संगठनको स्थायित्व खलबल्याएको थियो।
आर्थिक हिनामिनाको आरोप
अघिल्लो कार्यकाल (सन् २०२१–२०२३)मा करिब ३० हजार युरो आम्दानी भएको संघले प्रकाशन गरेको स्मारिका र अन्य सहयोग जोड्दा ५५ हजार युरोभन्दा बढी रकम उठेको अनुमान छ। तर, गतिविधि शून्य रहँदा सो रकम व्यक्तिगत खातामा स्थानान्तरण भएको प्रमाण बैंक विवरणमै देखिएको छ। तत्कालीन सचिव सुरज विष्टको खातामा मात्रै संघको खाताबाट ५ हजार युरो सिधै पठाइएको खुलासा भएको छ।
यसैगरी, फ्रान्सस्थित नेपाली दूतावासको कागज प्रमाणीकरण शिविरमा समेत अनियमितता भएको आरोप लाग्छ। सदस्यहरूले थप शुल्क असुल्ने र आफ्ना निकटलाई प्राथमिकता दिने कार्य भएको दाबी गरेका छन्।
पारदर्शिता अभाव र मौन समर्थन
पूर्वअध्यक्ष खड्काले वार्षिक साधारणसभा नै नगरी आर्थिक विवरण लुकाउन खोजेको आरोप छ। तत्कालीन पदाधिकारीहरू – आइसिसी सदस्य राजकुमार थापा, सचिवद्वय प्रकाश गजमेर र सुरज विष्ट लगायतले यसलाई मौन समर्थन गरेका थिए। काफ्ले समूहले पनि स्पष्ट रूपमा प्रश्न नउठाउँदा दुवै पक्षको संलग्नता रहेको शंका सदस्यहरूले व्यक्त गरेका छन्।
संगठनको विश्वसनीयतामाथि प्रश्न
एनआरएनए पोर्चुगल स्थापना उद्देश्य नै परदेशमा रहेका नेपालीलाई सशक्त बनाउने र उनीहरूको हकहितमा आवाज उठाउने थियो। तर निरन्तरको आन्तरिक कलह र आर्थिक अपारदर्शिताले संघलाई जनस्तरमा भन्दा पनि व्यक्तिगत स्वार्थमा केन्द्रित संस्थाको रूपमा चित्रण गर्न थालेको छ।
एक वरिष्ठ सदस्यको भनाइमा : “सही नेतृत्व चयन नगर्ने हो भने विदेशीहरूले पनि हाम्रा संस्थालाई अविश्वसनीय रूपमा हेर्न थाल्छन्।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - १४:२३
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको समूहले महाधिवेशन पूर्ण रूपमा विधानअनुसार, बहुमत प्रतिनिधिको उपस्थित...
माघ ३ गते, २०८२ - १४:१९
काठमाडौं। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सामाजिक सञ्जाल अनुगमन नेपाली सेनाको सहयोगमा सञ्चालन हुने निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका आयुक्त ...
माघ ३ गते, २०८२ - १४:१५
सिन्धुली। पुस २९ गते घ्याङलेख–२ स्थित एसबिआई बैंकको शाखामा भएको तीन करोड रुपैयाँको लुटपाटमा संलग्न सातैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्र...
माघ ३ गते, २०८२ - १४:१०
काठमाडौं। एमाले केन्द्रीय कार्यालयमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको सूची पुगिसकेको छ। सचिव डा. राजन भट्टराईका अनुसार, जिल...
माघ ३ गते, २०८२ - १३:५७
भरतपुरको नयाँ भवनले सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउनेछ
माघ ३ गते, २०८२ - १३:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले युवापुस्ता (जेन–जी) लाई चुनाव जिताइने भन्ने प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूको सार्...
माघ ३ गते, २०८२ - १३:५१
काठमाडौँ । एमाले सचिव राजन भट्टराईले निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि निर्वाचन आयोगको अनुगमन (मनिटरिङ) प्रणाली कति प्रभावकारी छ भन्ने प्रश्न उठा...
माघ ३ गते, २०८२ - १३:४८
काठमाडौं । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएक...
माघ ३ गते, २०८२ - ११:३०
काठमाडौँ । केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले नयाँ कार्यविधि ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ लागु गरेको छ । से...
माघ ३ गते, २०८२ - ११:२६
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षको आधिकारिकता दाबीमाथि निर्वाचन आयोगले अध्ययन सुर...




प्रतिकृया लेख्नुहोस्: