Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

एनआरएनए पोर्चुगल : आन्तरिक कलह र आर्थिक अनियमितताले थप्यो बदनामी

खबरडबली संवाददाता

काठमाडौँ । विभाजनको छायामा आइपुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगल फेरि आर्थिक अनियमितताको आरोपमा विवादमा तानिएको छ। दशौं महाधिवेशन तीन खेमामा विभाजनसहित सम्पन्न हुँदा आन्तरिक अविश्वास र वित्तीय अपारदर्शिताले संगठनलाई थप कमजोर बनाएको देखिन्छ।

तीन अध्यक्षको दाबी, नेतृत्वमा द्वन्द्व

दशौं महाधिवेशनपछि दीपा काफ्ले, बमबहादुर जिसी र सुजन लामाले आ–आफैँलाई अध्यक्ष घोषणा गरेका छन्। यसअघि नवौं महाधिवेशनबाट एक–एक वर्ष अध्यक्षता गर्ने सहमतिमा निर्वाचित उमेश खड्का र दीपा काफ्लेमध्ये दुवै जनाले पदमा दाबेदारी गर्दा संगठनको स्थायित्व खलबल्याएको थियो।

आर्थिक हिनामिनाको आरोप

अघिल्लो कार्यकाल (सन् २०२१–२०२३)मा करिब ३० हजार युरो आम्दानी भएको संघले प्रकाशन गरेको स्मारिका र अन्य सहयोग जोड्दा ५५ हजार युरोभन्दा बढी रकम उठेको अनुमान छ। तर, गतिविधि शून्य रहँदा सो रकम व्यक्तिगत खातामा स्थानान्तरण भएको प्रमाण बैंक विवरणमै देखिएको छ। तत्कालीन सचिव सुरज विष्टको खातामा मात्रै संघको खाताबाट ५ हजार युरो सिधै पठाइएको खुलासा भएको छ।

यसैगरी, फ्रान्सस्थित नेपाली दूतावासको कागज प्रमाणीकरण शिविरमा समेत अनियमितता भएको आरोप लाग्छ। सदस्यहरूले थप शुल्क असुल्ने र आफ्ना निकटलाई प्राथमिकता दिने कार्य भएको दाबी गरेका छन्।

पारदर्शिता अभाव र मौन समर्थन

पूर्वअध्यक्ष खड्काले वार्षिक साधारणसभा नै नगरी आर्थिक विवरण लुकाउन खोजेको आरोप छ। तत्कालीन पदाधिकारीहरू – आइसिसी सदस्य राजकुमार थापा, सचिवद्वय प्रकाश गजमेर र सुरज विष्ट लगायतले यसलाई मौन समर्थन गरेका थिए। काफ्ले समूहले पनि स्पष्ट रूपमा प्रश्न नउठाउँदा दुवै पक्षको संलग्नता रहेको शंका सदस्यहरूले व्यक्त गरेका छन्।

संगठनको विश्वसनीयतामाथि प्रश्न

एनआरएनए पोर्चुगल स्थापना उद्देश्य नै परदेशमा रहेका नेपालीलाई सशक्त बनाउने र उनीहरूको हकहितमा आवाज उठाउने थियो। तर निरन्तरको आन्तरिक कलह र आर्थिक अपारदर्शिताले संघलाई जनस्तरमा भन्दा पनि व्यक्तिगत स्वार्थमा केन्द्रित संस्थाको रूपमा चित्रण गर्न थालेको छ।

एक वरिष्ठ सदस्यको भनाइमा : “सही नेतृत्व चयन नगर्ने हो भने विदेशीहरूले पनि हाम्रा संस्थालाई अविश्वसनीय रूपमा हेर्न थाल्छन्।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान निर्माण गरेका शक्ति एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...

दलका नेताको अनुपस्थितिमै संसदीय दल बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ ।  रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...

टिकटकर तुल्सा अधिकारीविरूद्ध मुद्दा दर्ता

काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...

बादलको अभिव्यक्ति पार्टी नीति विपरीत : विष्णु पौडेल

काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...

नेपाल वायुसेवा निगमले शुक्रबारदेखि दुबई र दमाममा विशेष उडान गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...

मुग्लिन-नागढुंगा सडक थप तीन दिन राति राति बन्द हुने

चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...

रमेश लेखकलाई २ दिन थुनामा राख्ने अनुमति

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...

बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को बैठक सम्पन्न, रोजगारी विस्तार र सीप विकासमा जोड

हेटौँडा ।  बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...

प्रतिनिधिसभा बैठकमा भदौ २३–२४ का घटनामा मतभेद, कोही आक्रामक त कोही मौन

काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...

इरानमाथि ‘ठूलो हमला’ गर्ने ट्रम्पको धम्कीलाई लिएर चीनले के भन्यो ?

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending