ललितपुरको गोदावरीस्थित सनराइज हलमा भइरहेको महाधिवेशनमा प्रतिनिधिहरूलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनाका आधारमा १० समूहमा विभाजन गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार कोशी प्रदेशले छलफल सकाएर प्रतिवेदन लेखन सुरु गरिसकेको छ भने मधेस, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, उपत्यका विशेष प्रदेश, विभिन्न जनसंगठन, सम्पर्क समन्वय समिति, प्रवास तथा केन्द्रीय निकायका प्रतिनिधिहरू आ–आफ्ना समूहमा छलफल गरिरहेका छन् ।
गौतमका अनुसार आज छलफल सकिएपछि भोलि समूहगत प्रतिवेदन प्रस्तुत गरिने छ । त्यसमाथि आएका सुझावको जवाफ पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दिने र सहमति नजुटेमा मतदानमार्फत टुंग्याइनेछ । महाधिवेशन भोलि समसामयिक प्रस्ताव पारित गर्दै सम्पन्न गरिने जानकारी पनि उनले दिए ।
महाधिवेशनमा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गरिसकेका छन् । त्यस्तै आज केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका अध्यक्षहरूले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरे ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तव्य’ नारासहित सुरु भएको महाधिवेशनमा देशभरबाट २,०२६ प्रतिनिधि र ३१५ आयोजकसहित २,३४१ जना सहभागी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - १४:२३
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको समूहले महाधिवेशन पूर्ण रूपमा विधानअनुसार, बहुमत प्रतिनिधिको उपस्थित...
माघ ३ गते, २०८२ - १४:१९
काठमाडौं। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सामाजिक सञ्जाल अनुगमन नेपाली सेनाको सहयोगमा सञ्चालन हुने निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका आयुक्त ...
माघ ३ गते, २०८२ - १४:१५
सिन्धुली। पुस २९ गते घ्याङलेख–२ स्थित एसबिआई बैंकको शाखामा भएको तीन करोड रुपैयाँको लुटपाटमा संलग्न सातैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्र...
माघ ३ गते, २०८२ - १४:१०
काठमाडौं। एमाले केन्द्रीय कार्यालयमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको सूची पुगिसकेको छ। सचिव डा. राजन भट्टराईका अनुसार, जिल...
माघ ३ गते, २०८२ - १३:५७
भरतपुरको नयाँ भवनले सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउनेछ
माघ ३ गते, २०८२ - १३:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले युवापुस्ता (जेन–जी) लाई चुनाव जिताइने भन्ने प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूको सार्...
माघ ३ गते, २०८२ - १३:५१
काठमाडौँ । एमाले सचिव राजन भट्टराईले निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि निर्वाचन आयोगको अनुगमन (मनिटरिङ) प्रणाली कति प्रभावकारी छ भन्ने प्रश्न उठा...
माघ ३ गते, २०८२ - १३:४८
काठमाडौं । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएक...
माघ ३ गते, २०८२ - ११:३०
काठमाडौँ । केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले नयाँ कार्यविधि ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ लागु गरेको छ । से...
माघ ३ गते, २०८२ - ११:२६
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षको आधिकारिकता दाबीमाथि निर्वाचन आयोगले अध्ययन सुर...




प्रतिकृया लेख्नुहोस्: