ललितपुरको गोदावरीस्थित सनराइज हलमा भइरहेको महाधिवेशनमा प्रतिनिधिहरूलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनाका आधारमा १० समूहमा विभाजन गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार कोशी प्रदेशले छलफल सकाएर प्रतिवेदन लेखन सुरु गरिसकेको छ भने मधेस, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, उपत्यका विशेष प्रदेश, विभिन्न जनसंगठन, सम्पर्क समन्वय समिति, प्रवास तथा केन्द्रीय निकायका प्रतिनिधिहरू आ–आफ्ना समूहमा छलफल गरिरहेका छन् ।
गौतमका अनुसार आज छलफल सकिएपछि भोलि समूहगत प्रतिवेदन प्रस्तुत गरिने छ । त्यसमाथि आएका सुझावको जवाफ पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दिने र सहमति नजुटेमा मतदानमार्फत टुंग्याइनेछ । महाधिवेशन भोलि समसामयिक प्रस्ताव पारित गर्दै सम्पन्न गरिने जानकारी पनि उनले दिए ।
महाधिवेशनमा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गरिसकेका छन् । त्यस्तै आज केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका अध्यक्षहरूले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरे ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तव्य’ नारासहित सुरु भएको महाधिवेशनमा देशभरबाट २,०२६ प्रतिनिधि र ३१५ आयोजकसहित २,३४१ जना सहभागी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - २१:४६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...
चैत्र १९ गते, २०८२ - २१:४१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ । रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...
चैत्र १९ गते, २०८२ - २१:३५
काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...
चैत्र १९ गते, २०८२ - २१:०५
काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...
चैत्र १९ गते, २०८२ - १९:२४
काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...
चैत्र १९ गते, २०८२ - १९:२१
चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...
चैत्र १९ गते, २०८२ - १९:१९
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...
चैत्र १९ गते, २०८२ - १९:१७
हेटौँडा । बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...
चैत्र १९ गते, २०८२ - १८:५८
काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...
चैत्र १९ गते, २०८२ - १८:३९
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...


प्रतिकृया लेख्नुहोस्: