हरिसिद्धिको उकालो बिहानैदेखि चहलपहलमा थियो। विद्यालयतर्फ दौडिएका बालबालिका, बजारतर्फ हिँडेका बासिन्दा, र गोदावरी महाधिवेशन स्थलतर्फ गुडिरहेका नेताहरूका गाडीहरू सबैको गति फरक थियो, तर सबैको बाटो एउटै। त्यही भीडबीच ११ वर्षीया एक नानी आफ्नो बाटोमा थिईन् । एकाएक आएको गाडीको उनलाई धक्का दिन्छ भन्ने अपेक्षा गरेकी थिइनन्। शक्तिको सवारीले उनलाई ढालिदियो।
त्यो क्षण सडक थर्थराइरहेको थियो। भीडभाडमा मानिसहरू दौडिएर आए, कसैले हातमा उठाए, कसैले चिच्याए। तर ठक्कर दिने गाडी भने रोकिने अपेक्षा विपरीत, ठ्याक्कै उल्टो—आगन्तुक जस्तै हतारिँदै अगाडि बढ्यो। त्यस गाडीमा सवार थिए, जनताले मत दिएको मन्त्री राम राना।
दुर्घटना त दिनहुँजसो सडकमाथि हुन्छन्। तर दुर्घटनापछिको व्यवहारले नै मान्छेको स्तर र विवेक देखाउँछ। सामान्य नागरिक भए सायद गाडी रोकिन्थ्यो, क्षमायाचना गर्थ्यो, अस्पताल पुर्याउँथ्यो। तर यहाँ शक्तिको गाडी थियो, जहाँ मानवीयता भन्दा ठूलो देखियो ‘पद र हैसियत’।
राम राना—इलाम क्षेत्र नम्बर २ बाट जनता कै कारण उठेका नेता। सामान्य जीवनशैलीका कारण कहिल्यै चर्चामा आएका मान्छे। तर त्यही मान्छेले शक्तिको चमकमा आफ्नै विवेक गुमाउँदा उनी अहिले आलोचनाको केन्द्र बनेका छन्। सामाजिक सञ्जालमा कसैले भन्छन् “राम त साधारण र राम्रा मान्छे थिए, तर विवेक गुमाए।” अर्कोतिर प्रश्न गरिन्छ “सडकमा सानो अवरोध देख्दा पनि चालक सचेत हुनुपर्छ, अनि यत्रो ठक्कर हुँदा मन्त्रीलाई थाहा नहुने कुरा सम्भव छ र?”
उता, सडकमा ढलेकै नानीलाई स्थानीयहरूले उठाए । हातमा बोकेर अस्पताल पुर्याए। नानीको उपचार भयो, साँझमा घर फर्किइन्। शारीरिक चोट विस्तारै निको हुन्छ होला, तर समाजले पाएको घाउ ‘नेताले मानवीयता बिर्सिएको घाउ’ निकोलिन्छ कि?
त्यही कारण महाधिवेशन एक घण्टा ढिलो भयो । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्पताल खर्च पार्टीले बेहोर्ने घोषणा गरे । उनले भने, “कहिलेकाहीँ यस्ता अप्रिय घटना हुन्छन्, भइदिन्छ।” तर उनका शब्दहरूले पीडितको पीडा भन्दा बढी पार्टीको बचाउ गर्न खोजेजस्तो सुनियो। आखिर प्रश्न उठ्छ—भइदिएको मात्र हो त, कि विवेक गुमाएको परिणाम हो?
शक्ति, पद र सवारीको गति मिल्दा मान्छेले नैतिकता र जिम्मेवारी किन बिर्सन्छ? बाटोमा ढलेकी नानीलाई उठाउन सक्दैन भने देशलाई उठाउने सपना देखाउने हक कसरी पाउँछ?
यो प्रश्न केवल मन्त्री राम रानामात्र होइन, सम्पूर्ण राजनीतिक संस्कृतिलाई हो।
जनताले देखाएका उदाहरण—घाइतेलाई बोकेर अस्पताल पुर्याउने, उपचारमा सघाउने—यिनै हुन् वास्तविक नेतृत्वका गुण। सवाल यहीँ छ: नेता जनताबाट सिक्ने कि जनता नेताबाट?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - १४:२३
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको समूहले महाधिवेशन पूर्ण रूपमा विधानअनुसार, बहुमत प्रतिनिधिको उपस्थित...
माघ ३ गते, २०८२ - १४:१९
काठमाडौं। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सामाजिक सञ्जाल अनुगमन नेपाली सेनाको सहयोगमा सञ्चालन हुने निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका आयुक्त ...
माघ ३ गते, २०८२ - १४:१५
सिन्धुली। पुस २९ गते घ्याङलेख–२ स्थित एसबिआई बैंकको शाखामा भएको तीन करोड रुपैयाँको लुटपाटमा संलग्न सातैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्र...
माघ ३ गते, २०८२ - १४:१०
काठमाडौं। एमाले केन्द्रीय कार्यालयमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको सूची पुगिसकेको छ। सचिव डा. राजन भट्टराईका अनुसार, जिल...
माघ ३ गते, २०८२ - १३:५७
भरतपुरको नयाँ भवनले सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउनेछ
माघ ३ गते, २०८२ - १३:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले युवापुस्ता (जेन–जी) लाई चुनाव जिताइने भन्ने प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूको सार्...
माघ ३ गते, २०८२ - १३:५१
काठमाडौँ । एमाले सचिव राजन भट्टराईले निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि निर्वाचन आयोगको अनुगमन (मनिटरिङ) प्रणाली कति प्रभावकारी छ भन्ने प्रश्न उठा...
माघ ३ गते, २०८२ - १३:४८
काठमाडौं । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएक...
माघ ३ गते, २०८२ - ११:३०
काठमाडौँ । केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले नयाँ कार्यविधि ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ लागु गरेको छ । से...
माघ ३ गते, २०८२ - ११:२६
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षको आधिकारिकता दाबीमाथि निर्वाचन आयोगले अध्ययन सुर...




प्रतिकृया लेख्नुहोस्: