Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

मन्त्रीको विवेकको ब्रेक फेल भएपछि...

खबरडबली संवाददाता

शनिबार बिहानको हरिसिद्धि। सामान्य दिन जस्तै लाग्थ्यो। कोही काममा हिँडिरहेका थिए, कोही पसल खोल्दै थिए, कोही बच्चा विद्यालय जाँदै थिए। तर अचानक एउटा सरकारी नम्बर प्लेटको गाडी सडकको बिचमा गुड्यो, र ११ वर्षीया बालिका ठक्कर खाएर ढलिन्।

बालिकाको चिच्याहटसँगै सडकमा भीड जम्यो। मानिसहरू दौडिएर आए, कसैले बालिकालाई समाते, कसैले पानी छर्के, कसैले तुरुन्त अस्पताल लैजाउँ भनेर चिच्याए। तर आश्चर्य! जसको गाडीले ठक्कर दियो, त्यो गाडीमा मन्त्री साहेब विराजमान थिए—कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना। गाडी रोकिन्थ्यो भन्ने अपेक्षा सबैको थियो, तर मन्त्री सवार गाडी त झन् हतारिँदै अघि बढ्यो।

विवेकको ब्रेक फेल

अब प्रश्न उठ्छ—गाडीको ब्रेक काम गरेन कि मन्त्रीकै विवेकको ब्रेक फेल भयो ? किनकि दुर्घटना त हुन्छ, तर दुर्घटनापछि मानिस कसरी व्यवहार गर्छ, त्यसले उसको मानवता देखाउँछ या देखाउँदैन।

मन्त्रीले गाडी रोकेर बालिकाको अवस्था बुझ्न सकेको भए, उनलाई मानवीय भनिन्थ्यो । अस्पताल पुर्‍याउन साथ दिएको भए, दुर्घटना भन्दा पनि विवेकको विजय हुन्थ्यो । तर त्यस्तो केही भएन । मन्त्रीको विवेक सायद गाडीको सिटमुनि अड्कियो, या त्यो सरकारी सवारीसहित सिंहदरबारको अहंकारले निल्यो ।

सडकमा नागरिक, सत्तामा निष्क्रियता

बालिकाको उद्धार मन्त्रीले गरेनन्, सडकका सामान्य नागरिकले गरे । गाडी रोकिने कुरा भएएन, तर सामान्य मानिसको मन रोकियो । उनीहरूले नानीलाई सम्हाले, अस्पताल पुर्‍याए, उसको जीवन जोगाए।  त्यो क्षणमा सडकका नागरिक नै “साँचो मन्त्री” बने।

तर विडम्बना—हामीसँगका मन्त्रीहरू नागरिकको विवेकबाट पाठ सिक्ने होइन, गाडीको सिटबाट दम्भ बढाउने काम गर्छन्।

प्रधानमन्त्रीको “सामान्य” दृष्टि

घटनापछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भने, “सामान्य रुपमा बच्चीलाई गाडीले छोयो, खर्च पार्टीले बेहोर्छ।”

एमाले अध्यक्ष तथा देशकै प्रधानमन्त्री ओलीलाई साेध्न मन छ– के सडकमा ठक्कर खाएर लडेकी नानी सामान्य हो ? जनताको विश्वास ठक्कर खाँदा सामान्य हो ?  राजनीतिक नेताको विवेक ठक्कर खाँदा सामान्य हो ?

यो सामान्य होइन, असामान्य हो ।  किनकि सामान्य नागरिकले मानवीयता देखाउँछन्, असामान्य नेताले दम्भ देखाउँछन् ।

नेताको नयाँ तरिका : जिम्मेवारीबाट भाग्ने’

यस घटनाले फेरि प्रमाणित गर्‍यो—हाम्रा नेताहरू जिम्मेवारी लिन सक्दैनन्। त्यसको साटो, उनीहरूले जिम्मेवारीबाट भाग्ने कला सिकेका छन्। ठक्कर दिने गाडीमा बस्ने, तर “मलाई थाहा थिएन” भन्ने।

जनताको मत लिएर चुनाव जित्ने, तर जनताको बच्चीलाई सडकमा पछारेर अघि बढ्ने । यदि मन्त्रीलाई घटना थाहा थिएन भने, त्यसलाई अझ ठूलो कमजोरी भन्नुपर्छ।

सार्वजनिक पदमा बस्ने व्यक्तिले “मलाई थाहा थिएन” भन्न मिल्छ ? त्यो भन्दा खतरनाक कुरा त के हुन्छ भने—उनीहरूलाई थाहा नै छैन, विवेक भनेको के हो भनेर ।

ठक्कर सडकमा मात्र होइन

यो ठक्कर बालिकाको शरीरमा मात्र भएन।  यो ठक्कर जनताको विश्वासमा पर्‍यो। यो ठक्कर नेताको नैतिकतामा पर्‍यो। यो ठक्कर हाम्रो राजनीति र मानवीयताको मूल्यमा पर्‍यो।

जनताले हरेक चुनावमा नेताहरूमाथि विश्वास गर्छन्। तर नेताहरूले चुनाव जितेपछि जनताको पीडा होइन, गाडीको सिटलाई मात्रै महत्व दिन्छन्।

अब जनता सोधिरहेका छन्– मन्त्रीज्यू, तपाईंको विवेक गाडीमै अड्कियो कि ? सडकमा ढलेकी नानीलाई देख्दा तपाईंको हृदय किन नजाग्यो ? जिम्मेवारी लिने हो कि कुर्सी मात्र तताउने ?

यो घटना एउटा बालिकाको मात्र पीडा होइन, हाम्रा नेताहरूको असली अनुहार देखाउने दर्पण हो । सडकमा एउटा बालिका उठाउने जिम्मा नागरिकले लिन्छन् भने, नेताहरूलाई किन चाहियो कुर्सी ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महाधिवेशन सकिएपछि फिर्ता लिइएको हस्ताक्षरले वैधानिकता प्रभावित गर्दैन : गगन समूह

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको समूहले महाधिवेशन पूर्ण रूपमा विधानअनुसार, बहुमत प्रतिनिधिको उपस्थित...

निर्वाचनमा सामाजिक सञ्जाल अनुगमन नेपाली सेनाको सहयोगमा हुने : आयोग

काठमाडौं। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सामाजिक सञ्जाल अनुगमन नेपाली सेनाको सहयोगमा सञ्चालन हुने निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका आयुक्त ...

घ्याङलेख एसबिआई बैंक लुटपाट: सातैजना पक्राउ, करोडौं रुपैयाँ बरामद, घटना योजना अनुसार भएको खुलासा

सिन्धुली। पुस २९ गते घ्याङलेख–२ स्थित एसबिआई बैंकको शाखामा भएको तीन करोड रुपैयाँको लुटपाटमा संलग्न सातैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्र...

ओलीकहाँ पुग्यो एमालेका प्रत्यक्ष उम्मेदवारको सूची

काठमाडौं। एमाले केन्द्रीय कार्यालयमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको सूची पुगिसकेको छ। सचिव डा. राजन भट्टराईका अनुसार, जिल...

प्रचण्डले भरतपुर महानगरको नयाँ प्रशासनिक भवन उद्घाटन

भरतपुरको नयाँ भवनले सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउनेछ

प्रधानमन्त्री–मन्त्रीको अभिव्यक्तिमाथि पुनको कडा आपत्ति

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले युवापुस्ता (जेन–जी) लाई चुनाव जिताइने भन्ने प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूको सार्...

निर्वाचन आयोगको अनुगमन प्रणालीप्रति एमाले नेता राजन भट्टराईको प्रश्न

काठमाडौँ । एमाले सचिव राजन भट्टराईले निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि निर्वाचन आयोगको अनुगमन (मनिटरिङ) प्रणाली कति प्रभावकारी छ भन्ने प्रश्न उठा...

काठमाडौँ महानगर प्रहरी प्रमुख राजु पाण्डेको राजीनामा

काठमाडौं । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएक...

सेन्सर बोर्डले ल्यायो नयाँ कार्यविधिः अब फिल्ममा कैँची नचल्ने, वर्गीकरण गरिने

काठमाडौँ । केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले नयाँ कार्यविधि ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ लागु गरेको छ । से...

कांग्रेसको आधिकारिकता विवादमाथि आयोगको अध्ययन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षको आधिकारिकता दाबीमाथि निर्वाचन आयोगले अध्ययन सुर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending