काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सेतोपाटी डटकमका भागवत भट्टराई निर्वाचित भएका छन् । आज सम्पन्न २७ औँ साधारणसभा तथा अधिवेशनबाट भट्टराई ११० मत प्राप्त गर्दै अध्यक्ष बनेका हुन्।
उनका प्रतिस्पर्धी विश्वास रेग्मीले ९२ र आशा थपलियाले ४१ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ।
समितिको उपाध्यक्षमा कारोबार दैनिकका जीवन बस्नेत निर्विरोध निर्वाचित भए भने महासचिव पदका लागि भएको प्रतिस्पर्धामा राष्ट्रिय समाचार समिति (रासस) का उपसम्पादक कमलकुमार बस्नेत १३९ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी अनलाइनखबर डटकमका अच्युत पुरीले भने १०४ मत पाएका थिए ।
यसैगरी सचिव पदमा हिमालयन टेलिभिजनका शङ्कर पण्डित निर्विरोध निर्वाचित भए भने कोषाध्यक्षमा उकालो डटकमकी केशु लामिछाने विजयी भइन्।
सदस्यमा पाँच जना विजयी
समिति सदस्यमा अर्जुन तामाङ (टुरिजम पार्टी), कमल धिताल (बाह्रखरी), भोजराज भण्डारी (कर्पोरेट समाचार), राजु बास्कोटा (क्लिकमाण्डु) र सीमा तामाङ (कान्तिपुर दैनिक) निर्वाचित भए।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमुख निर्वाचन अधिकृत धर्मेन्द्र झाले प्रमाणपत्र वितरण गरे। त्यस अवसरमा उनले नयाँ नेतृत्वले सेजनको गरिमा थप उचो बनाउने र आर्थिक पत्रकारिताको क्षेत्रमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
राससका कार्यकारी अध्यक्षसमेत रहेका झाले पछिल्ला वर्षमा आर्थिक पत्रकारिताको महत्त्व बढिरहेको उल्लेख गर्दै सेजनले सदस्य पत्रकारहरूको क्षमता अभिवृद्धि, पत्रकारका मुद्दा र आर्थिक सवाललाई उठान गर्ने दिशामा उल्लेखनीय योगदान दिने अपेक्षा व्यक्त गरे।
हाल आर्थिक ‘बिट’मा सक्रिय २६६ जना पत्रकार सेजनमा आबद्ध छन्। २७औँ साधारणसभा तथा अधिवेशनमा २४६ मत खसेको निर्वाचन समितिले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - २१:४६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...
चैत्र १९ गते, २०८२ - २१:४१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ । रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...
चैत्र १९ गते, २०८२ - २१:३५
काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...
चैत्र १९ गते, २०८२ - २१:०५
काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...
चैत्र १९ गते, २०८२ - १९:२४
काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...
चैत्र १९ गते, २०८२ - १९:२१
चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...
चैत्र १९ गते, २०८२ - १९:१९
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...
चैत्र १९ गते, २०८२ - १९:१७
हेटौँडा । बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...
चैत्र १९ गते, २०८२ - १८:५८
काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...
चैत्र १९ गते, २०८२ - १८:३९
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...


प्रतिकृया लेख्नुहोस्: