काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्ने अनुमति दिएको छ।
बिहीबार मन्त्रालयको सूचीमा नभएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणमार्फत निष्क्रिय गरिएको हाम्रो पात्रोलाई शुक्रबार स्मार्ट आइडियाज प्रालिले सूचीकृत गर्न निवेदन दर्ता गरेको थियो। मन्त्रालयले निवेदन स्वीकृत गरेपछि पुनः सक्रिय गराउन प्राधिकरणलाई पत्राचार गरेको हो।
मन्त्रिपरिषद्को अघिल्लो निर्णयअनुसार नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाललाई अनिवार्य रूपमा मन्त्रालयमा सूचीकृत गर्नुपर्ने व्यवस्था छ। यही व्यवस्थाअनुसार पछिल्लो समय मन्त्रालयले सूचीकरण नभएका प्लेटफर्महरूलाई निष्क्रिय गर्न प्राधिकरणलाई निर्देशन दिँदै आएको छ।
सोही अभियानअन्तर्गत बिहीबार हाम्रो पात्रो निष्क्रिय भएपछि प्रयोगकर्ताले सेवा लिन नसक्ने अवस्था आएको थियो। तर शुक्रबार निवेदन स्वीकृत भएसँगै मन्त्रालयले हाम्रो पात्रोलाई पुनः सक्रिय बनाउन निर्देशन दिएको हो।
के भन्छ मन्त्रालय?
सञ्चार मन्त्रालयका अधिकारीहरूले सूचीकरण अनिवार्य प्रक्रिया भएको स्पष्ट गर्दै सूचीकृत कम्पनी वा एपहरूले नेपालको कानुन अनुसार सञ्चालन गर्न पाउने बताएका छन्।
यससँगै अब हाम्रो पात्रोले नेपालभित्र सामाजिक सञ्जालसम्बन्धी गतिविधि कानुनी रूपमा सञ्चालन गर्न सक्ने बाटो खुलेको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - २१:४६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...
चैत्र १९ गते, २०८२ - २१:४१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ । रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...
चैत्र १९ गते, २०८२ - २१:३५
काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...
चैत्र १९ गते, २०८२ - २१:०५
काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...
चैत्र १९ गते, २०८२ - १९:२४
काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...
चैत्र १९ गते, २०८२ - १९:२१
चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...
चैत्र १९ गते, २०८२ - १९:१९
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...
चैत्र १९ गते, २०८२ - १९:१७
हेटौँडा । बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...
चैत्र १९ गते, २०८२ - १८:५८
काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...
चैत्र १९ गते, २०८२ - १८:३९
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...


प्रतिकृया लेख्नुहोस्: