Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

मन्त्री मगरको अभिव्यक्तिः बालिकालाई गाडीले ठक्कर दिएको घटना ठूलो होइन

खबरडबली संवाददाता

काठमाडौं । यातायात व्यवस्था र सडक सुरक्षाप्रति व्यापक प्रश्न उठिरहेका बेला कोसी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर सवार गाडीले शनिबार बालिकालाई गाडीले ठक्कर दिएको घटनाबारे गरेको अभिव्यक्ति विवादास्पद बनेको छ।

शनिबार एक बालिका सवारी दुर्घटनामा परेकी थिइन् । ठक्करबाट घाइते भएकी बालिकाको अवस्था गम्भीर नभए पनि उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइएको थियो। घटनापछि सरोकारवालाहरूले सडक सुरक्षाप्रति सरकारको बेवास्ताप्रति चर्को आलोचना गरेका थिए।

यस्तैबेला मन्त्री मगरले पत्रकारहरूसँग कुरा गर्दै उक्त घटनालाई सामान्य ठहर गरे। उनले भने, “ठक्करको घटना ठूलो होइन, बालिकाको उपचार खर्च मिलाइसकेका छौँ। चिन्ता गर्ने केही छैन।” तर मन्त्रीको यो भनाइले थप विवाद निम्त्याएको छ । दुर्घटनालाई सामान्यकरण गर्दै मात्र उपचार खर्च व्यहोर्ने विषयमा जोड दिनु जिम्मेवार पदमा बसेकाको असंवेदनशील अभिव्यक्ति भएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । नागरिकहरूबाट “बालबालिकाको सुरक्षाप्रति गम्भीर हुनुको सट्टा मन्त्रीले घटनालाई हल्का रूपमा लिएका छन्” भन्ने टिप्पणीहरू आएको देखिन्छ।

यसैबीच यातायात विज्ञहरूले दुर्घटनालाई सामान्य ठान्ने प्रवृत्तिले भविष्यमै थप गम्भीर दुर्घटनाको जोखिम बढ्ने चेतावनी दिएका छन्। उनीहरूका अनुसार दुर्घटना नियन्त्रणका लागि आधारभूत पूर्वाधार सुधार, सवारी चालकको क्षमता अभिवृद्धि र बालबालिकामैत्री सडक वातावरण निर्माण सरकारको प्राथमिकतामा पर्नुपर्ने हुन्छ।

उक्त बालिकाको अवस्था अहिले स्थिर रहेको अस्पताल र पारिवारीक स्रोतले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान निर्माण गरेका शक्ति एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...

दलका नेताको अनुपस्थितिमै संसदीय दल बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ ।  रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...

टिकटकर तुल्सा अधिकारीविरूद्ध मुद्दा दर्ता

काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...

बादलको अभिव्यक्ति पार्टी नीति विपरीत : विष्णु पौडेल

काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...

नेपाल वायुसेवा निगमले शुक्रबारदेखि दुबई र दमाममा विशेष उडान गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...

मुग्लिन-नागढुंगा सडक थप तीन दिन राति राति बन्द हुने

चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...

रमेश लेखकलाई १० दिन थुनामा राख्ने अनुमति

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...

बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को बैठक सम्पन्न, रोजगारी विस्तार र सीप विकासमा जोड

हेटौँडा ।  बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...

प्रतिनिधिसभा बैठकमा भदौ २३–२४ का घटनामा मतभेद, कोही आक्रामक त कोही मौन

काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...

इरानमाथि ‘ठूलो हमला’ गर्ने ट्रम्पको धम्कीलाई लिएर चीनले के भन्यो ?

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending