काठमाडौं । यातायात व्यवस्था र सडक सुरक्षाप्रति व्यापक प्रश्न उठिरहेका बेला कोसी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर सवार गाडीले शनिबार बालिकालाई गाडीले ठक्कर दिएको घटनाबारे गरेको अभिव्यक्ति विवादास्पद बनेको छ।
शनिबार एक बालिका सवारी दुर्घटनामा परेकी थिइन् । ठक्करबाट घाइते भएकी बालिकाको अवस्था गम्भीर नभए पनि उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्याइएको थियो। घटनापछि सरोकारवालाहरूले सडक सुरक्षाप्रति सरकारको बेवास्ताप्रति चर्को आलोचना गरेका थिए।
यस्तैबेला मन्त्री मगरले पत्रकारहरूसँग कुरा गर्दै उक्त घटनालाई सामान्य ठहर गरे। उनले भने, “ठक्करको घटना ठूलो होइन, बालिकाको उपचार खर्च मिलाइसकेका छौँ। चिन्ता गर्ने केही छैन।” तर मन्त्रीको यो भनाइले थप विवाद निम्त्याएको छ । दुर्घटनालाई सामान्यकरण गर्दै मात्र उपचार खर्च व्यहोर्ने विषयमा जोड दिनु जिम्मेवार पदमा बसेकाको असंवेदनशील अभिव्यक्ति भएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । नागरिकहरूबाट “बालबालिकाको सुरक्षाप्रति गम्भीर हुनुको सट्टा मन्त्रीले घटनालाई हल्का रूपमा लिएका छन्” भन्ने टिप्पणीहरू आएको देखिन्छ।
यसैबीच यातायात विज्ञहरूले दुर्घटनालाई सामान्य ठान्ने प्रवृत्तिले भविष्यमै थप गम्भीर दुर्घटनाको जोखिम बढ्ने चेतावनी दिएका छन्। उनीहरूका अनुसार दुर्घटना नियन्त्रणका लागि आधारभूत पूर्वाधार सुधार, सवारी चालकको क्षमता अभिवृद्धि र बालबालिकामैत्री सडक वातावरण निर्माण सरकारको प्राथमिकतामा पर्नुपर्ने हुन्छ।
उक्त बालिकाको अवस्था अहिले स्थिर रहेको अस्पताल र पारिवारीक स्रोतले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: