काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को अध्यक्ष पदमा दामाकुमारी शर्मा चयन हुने लगभग पक्का भएको छ।
अध्यक्ष पदका लागि केन्द्रीय सदस्य दामाकुमारी शर्मा र विमला सुवेदीबीच प्रतिस्पर्धा रहे पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शर्मालाई अध्यक्ष बनाउन निर्देशन दिइसकेका कारण सुवेदीको सम्भावना टुंगिएको स्रोतले दाबी गरेको छ।
एक स्रोतका अनुसार, “पार्टी अध्यक्षले नै दामाजीलाई अध्यक्ष बनाउने स्पष्ट निर्देशन दिनुभएको छ। शपथग्रहण २७ गते हुने तय भएको छ।”
शर्मा सहिद परिवारकी सदस्य हुनुका साथै संविधानसभा सदस्य र लुम्बिनी प्रदेश समितिकी सभापति समेत रहेकी छन् । दाङकी स्थायी निवासी उनले २०६४ सालको संविधानसभा निर्वाचनमा दाङ–२ बाट विजयी भएकी थिइन्।
प्रतिस्पर्धी विमला सुवेदी प्रतिनिधिसभा अन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिकी पूर्वसभापति हुन्। उनी नुवाकोटकी रहिएकी सुवेदी २०६४ सालमा नुवाकोट–१ बाट संविधानसभा सदस्य निर्वाचित भए पनि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएकी थिइन्।
अखिल (क्रान्तिकारी) को सातौँ राष्ट्रिय महाधिवेशन भदौ १८–२० गते प्रज्ञाभवन, कमलादीमा सम्पन्न भए पनि पदाधिकारी चयन हुन सकेको थिएन। पार्टी अध्यक्ष प्रचण्ड मध्यपहाडी लोकमार्ग अभियानका क्रममा पोखरा गएकाले नेतृत्व चयन स्थगित भएको थियो।
संगठनकी अध्यक्ष अमृता थापाका अनुसार, २७ भदौमा नयाँ पदाधिकारी घोषणा र शपथग्रहण दुवै हुने तय भएको छ।
सातौँ राष्ट्रिय सम्मेलन कार्यविधि २०८२ अनुसार संघको नयाँ कार्यसमिति २१५ सदस्यीय हुनेछ। त्यसमा अध्यक्ष १, उपाध्यक्ष ८, महासचिव १, सचिव ६ र कोषाध्यक्ष १ सहित १७ जना पदाधिकारी रहने व्यवस्था रहेकेा छ ।
केन्द्रीय समितिमा हालसम्म १७३ सदस्य निर्वाचित भइसकेका छन् भने बाँकी सदस्य मनोनयनमार्फत आउनेछन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: