ललितपुर । नेकपा (एमाले) ले आफ्नो पार्टीको झण्डामा रहेको लोगोको रंग परिवर्तन गरेको छ। हालै सम्पन्न विधान महाधिवेशनमार्फत एमालेले झण्डामा रहेको हँसिया–हथौडाको रंगमा परिवर्तन गर्ने निर्णय गरेको हो।
यसअघि झण्डामा रातो पृष्ठभूमिमा सेतो रंगको हँसिया–हथौडा प्रयोग हुँदै आएको थियो। अबदेखि भने रातो पृष्ठभूमिमा सुनौलो (गोल्डेन) रंगको हँसिया–हथौडा अंकित झण्डा पार्टीको आधिकारिक प्रतीक बन्नेछ।
पार्टी स्रोतका अनुसार झण्डाको लोगोमा गरिएको यो परिवर्तन विधान महाधिवेशनको निर्णयअनुसार कार्यान्वयनमा ल्याइएको हो। तर, यो निर्णय एमाले अध्यक्ष केपी शर्मा ओलीको हालै सम्पन्न चीन भ्रमणपछि सार्वजनिक गरिएको हुनुले विभिन्न राजनीतिक अड्कल काटिन थालेका छन्।
राजनीतिक विश्लेषकहरू यो परिवर्तनलाई चीनसँगको निकटता र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) सँगको वैचारिक समानताको संकेतका रूपमा पनि हेर्दै छन्। सीपीसीको झण्डामा पनि रातो पृष्ठभूमिमा सुनौलो रंगकै प्रयोग हुने गर्छ।
यद्यपि, पार्टीले भने झण्डामा गरिएको परिवर्तनलाई आन्तरिक सांगठनिक निर्णयका रूपमा लिएको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - २१:४६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...
चैत्र १९ गते, २०८२ - २१:४१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ । रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...
चैत्र १९ गते, २०८२ - २१:३५
काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...
चैत्र १९ गते, २०८२ - २१:०५
काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...
चैत्र १९ गते, २०८२ - १९:२४
काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...
चैत्र १९ गते, २०८२ - १९:२१
चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...
चैत्र १९ गते, २०८२ - १९:१९
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...
चैत्र १९ गते, २०८२ - १९:१७
हेटौँडा । बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...
चैत्र १९ गते, २०८२ - १८:५८
काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...
चैत्र १९ गते, २०८२ - १८:३९
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...


प्रतिकृया लेख्नुहोस्: