Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

जेनजीमाथिको आततायी दमन, प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छः प्रेस सेन्टर नेपाल

खबरडबली संवाददाता

काठमाडौं ।  भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध शान्तिपूर्ण रूपमा उत्रिएका युवामाथि सरकारले गरेको गोली प्रहार र दमनप्रति प्रेस सेन्टर नेपालले घोर आपत्ति प्रकट गरेको छ। सोमबार सार्वजनिक विज्ञप्तिमा प्रेस सेन्टरले निर्दोष युवाको हत्या र पत्रकारमाथि भएको आक्रमणलाई ‘मानवताविरोधी अपराध’ ठहर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन आग्रह गरेको हो।

विज्ञप्तिमा भनिएको छ – “युवाहरूको माग सम्बोधन गर्नुको सट्टा ताकी ताकी गोली चलाएर हत्याहिंसा मच्चाएको सरकारले मानवताविरोधी जघन्य अपराध गरेको छ।” प्रेस सेन्टरले आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारसँग समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको निःशुल्क उपचारको माग पनि गरेको छ।

काठमाडौंमा प्रदर्शन कभरेज गर्ने क्रममा पत्रकार दीपेन्द्र ढुंगाना, श्याम श्रेष्ठ, मदन ढुंगाना, उमेश कार्की, शम्भु डंगोललगायतलाई प्रहरीले गोली प्रहार गरेको घटनाप्रति प्रेस सेन्टरले आक्रोश व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ – “पत्रकारमाथि भएको सरकारी आक्रमणको कडा निन्दा गर्दै घाइते पत्रकारहरूको उचित उपचार हुनुपर्छ। पत्रकारलाई निर्वाध रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्नुपर्छ।”

युवाहरूको हत्या र पत्रकारमाथिको आक्रमणलाई ‘लोकतन्त्रको गला थिच्ने कदम’ भन्दै प्रेस सेन्टरले उच्चस्तरीय छानबिनको माग गरेको छ।  “युवाहरूको हत्या गर्ने, सयौंलाई घाइते बनाउने र पत्रकारमाथि गोली प्रहार गर्नेहरूमाथि कानुनी कारबाही हुनुपर्छ,” विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्रीलाई प्रत्यक्ष चुनौती

विज्ञप्ति अन्त्यमा प्रेस सेन्टरले प्रधानमन्त्री ओलीप्रति प्रत्यक्ष प्रश्न उठाएको छ – “युवाको रगत बगाउने, अभिव्यक्तिको स्वतन्त्रता हत्या गर्ने, प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्ने सरकारले शासन गर्ने नैतिक औचित्य गुमाइसकेको छ। प्रधानमन्त्री ओली तत्काल राजीनामा दिनुपर्छ।”

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending