काठमाडौं । भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध शान्तिपूर्ण रूपमा उत्रिएका युवामाथि सरकारले गरेको गोली प्रहार र दमनप्रति प्रेस सेन्टर नेपालले घोर आपत्ति प्रकट गरेको छ। सोमबार सार्वजनिक विज्ञप्तिमा प्रेस सेन्टरले निर्दोष युवाको हत्या र पत्रकारमाथि भएको आक्रमणलाई ‘मानवताविरोधी अपराध’ ठहर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन आग्रह गरेको हो।
विज्ञप्तिमा भनिएको छ – “युवाहरूको माग सम्बोधन गर्नुको सट्टा ताकी ताकी गोली चलाएर हत्याहिंसा मच्चाएको सरकारले मानवताविरोधी जघन्य अपराध गरेको छ।” प्रेस सेन्टरले आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारसँग समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको निःशुल्क उपचारको माग पनि गरेको छ।
काठमाडौंमा प्रदर्शन कभरेज गर्ने क्रममा पत्रकार दीपेन्द्र ढुंगाना, श्याम श्रेष्ठ, मदन ढुंगाना, उमेश कार्की, शम्भु डंगोललगायतलाई प्रहरीले गोली प्रहार गरेको घटनाप्रति प्रेस सेन्टरले आक्रोश व्यक्त गरेको छ।
विज्ञप्तिमा भनिएको छ – “पत्रकारमाथि भएको सरकारी आक्रमणको कडा निन्दा गर्दै घाइते पत्रकारहरूको उचित उपचार हुनुपर्छ। पत्रकारलाई निर्वाध रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्नुपर्छ।”
युवाहरूको हत्या र पत्रकारमाथिको आक्रमणलाई ‘लोकतन्त्रको गला थिच्ने कदम’ भन्दै प्रेस सेन्टरले उच्चस्तरीय छानबिनको माग गरेको छ। “युवाहरूको हत्या गर्ने, सयौंलाई घाइते बनाउने र पत्रकारमाथि गोली प्रहार गर्नेहरूमाथि कानुनी कारबाही हुनुपर्छ,” विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्रीलाई प्रत्यक्ष चुनौती
विज्ञप्ति अन्त्यमा प्रेस सेन्टरले प्रधानमन्त्री ओलीप्रति प्रत्यक्ष प्रश्न उठाएको छ – “युवाको रगत बगाउने, अभिव्यक्तिको स्वतन्त्रता हत्या गर्ने, प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्ने सरकारले शासन गर्ने नैतिक औचित्य गुमाइसकेको छ। प्रधानमन्त्री ओली तत्काल राजीनामा दिनुपर्छ।”
.jpg)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - २१:४६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...
चैत्र १९ गते, २०८२ - २१:४१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ । रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...
चैत्र १९ गते, २०८२ - २१:३५
काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...
चैत्र १९ गते, २०८२ - २१:०५
काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...
चैत्र १९ गते, २०८२ - १९:२४
काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...
चैत्र १९ गते, २०८२ - १९:२१
चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...
चैत्र १९ गते, २०८२ - १९:१९
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...
चैत्र १९ गते, २०८२ - १९:१७
हेटौँडा । बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...
चैत्र १९ गते, २०८२ - १८:५८
काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...
चैत्र १९ गते, २०८२ - १८:३९
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...


प्रतिकृया लेख्नुहोस्: