Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

राष्ट्रपति पौडेल र सुशीला कार्कीबीच भेटवार्ता हुँदै

खबरडबली संवाददाता

काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच अहिले भेटवार्ता हुँदै छ ।

यो भेटवार्ताबारेको पुष्टि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो सचिवालयका सदस्यहरूलाई गराएका छन्।

सुशीलाले पनि आफूलाई प्रधानमन्त्रीमा समर्थन गरेका बालेनलाई पनि यसबारे जानकारी गराएको स्रोतले जनाएको छ । राष्ट्रपति पौडेल अहिले महाराजगञ्जस्थित नेपाली सेनाको विशेष फौज बाहिनी लक्ष्मी निवासमा छन् । दुईजनाबीच त्यहीँ भेटवार्ता हुने तयारी भएको हो ।

यता जेन(जी युवाहरूको समूहले अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीलालाई आजै राति ११ बजेभित्र नियुक्त गरिसक्न पनि अल्टिमेटम दिएका छन् ।

बिहीबार बिहान नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले वक्त्व्य निकालेसँगै ती दलका कार्यकर्ताहरू विभिन्न स्थानमा सडकमा उत्रिए ।

नाराबाजीसहित उनीहरू उत्रिन थालेपछि सुरक्षाको कमान्ड सम्हालेको सेना दबाबमा परेको थियो । अर्कातिर जेन(जी युवाहरू विभिन्न व्यक्तिको पक्षमा विभाजित भएर जंगीअड्डाकै सामुन्ने दिभर हल्ला र कुटाकुटसमेत गरे ।

एकातिर दलका कार्यकर्ताको सडकमा प्रदर्शन र अर्कातिर जेन(जीबीचको तनावले दबाबमा परेको सेनाले बाहिरका जिल्लाबाट पनि फोर्स झिकाएको छ । रात्रि गस्तीका लागि समेत सेनाले आवश्यक बन्दोवस्तीसहितका सेना उपत्यकामा उतारेको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending