Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

सुशीला कार्की प्रधानमन्त्री हुनु राम्रो, अब हामी विदेश जानु नपरोस्: जेनजी

खबरडबली संवाददाता

काठमाडौँ । जेनजी पुस्ताको आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएसँगै जनस्तरमा सकारात्मक धारणा देखिएको छ । जेन–जी पुस्ताको आन्दोलनपछि सरकार ढलेसँगै कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार कार्कीलाई संविधानको धारा ६१ (४) अनुसार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन् । मुलुकको वर्तमान परिस्थितिको निकासका लागि कार्की उत्तम विकल्प भएको नागरिकले धारणा राखेका छन् । मुलुकको आवश्यकताअनुसार प्रधानमन्त्री कार्कीप्रति भरोसा गरेर एकताबद्ध भई अगाडि बढ्नुपर्ने उनीहरूको धारणा छ ।

एक दशकदेखि सत्तामा राज गरिरहेका शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाललाई परास्त गर्नु नै विजय भएको युवा अमृत चापागाईंले बताए । उनले मुलुकलाई सही दिशामा अघि बढाउन युवा नेताहरू एकजुट हुनुपर्ने बताए । उनले कार्कीको नेतृत्व मुलुकका लागि आशाको आधार बन्न सक्ने विश्वास समेत व्यक्त गरे ।

उनले भने,  ‘देशले नयाँ अभिभावक पाएको छ । अब मध्यावधि निर्वाचन हुँदैछ । यसप्रति हामी सकारात्मक हुनुपर्छ । विगत दश वर्षदेखि शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रधानमन्त्री भइराख्नुभएको थियो । अहिले नयाँ नेतृत्व आएको छ । अब मुलुकमा परिवर्तन हुन्छ भन्ने आशा राखेका छौँ ।’

वरिष्ठ अधिवक्ता देवराज कटुवालले कानुनको ज्ञान भएको र देशलाई माया गर्ने व्यक्तिलाई नेतृत्व दिनु सकारात्मक रहेको धारणा व्यक्त गरे । उनले तत्कालका लागि मुलुकको सङ्कट टरेको भए पनि भविष्यमा आउन सक्ने चुनौतीसँग जुध्नका लागि प्रधानमन्त्री कार्की तयार भएर बस्नुपर्ने उनको भनाइ छ । 

उनले भने, ‘अहिलेको परिस्थितिमा यो भन्दा उत्तम विकल्प अरू थिएन । मुलुकमा परिवर्तन धेरै भए पनि जनताले महसुस गर्न नपाएको अवस्थामा विकल्पको रूपमा कानुन जानेको र देशलाई माया गर्ने मान्छे भएको कारण यो सकारात्मक सन्देश देखिएको छ । उहाँबाट आस गर्न सकिन्छ । तर यस अगाडिका पाइलाहरू धेरै नै अप्ठ्यारा छन् । त्यसकारण अब सबैलाई समेटेर अगाडि बढ्नुपर्छ ।’

अर्का युवा गणेश चौलागाईंले अस्तव्यस्त राजनीतिक परिस्थितिमा अनुभवी व्यक्तिले नेतृत्व लिनु मुलुकका लागि सकारात्मक सङ्केत सङ्केत भएको बताए । उनले युवाहरूको क्रान्तिको जगमा टेकेर मुलुकलाई समृद्ध बनाउने दिशामा अगाडि बढ्नुपर्ने बताए । मध्यावधि निर्वाचनबाट आउने नेतृत्वले युवा पलायनको अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘अहिलेको विकसित घटनाक्रम हेर्दा अनुभवी मान्छे नै प्रधानमन्त्री बस्दा राम्रो हो । अहिले सबैतिर अस्तव्यस्त भएको छ । सुशीला कार्की प्रधानमन्त्री हुनु राम्रो हो । अब हामी विदेश जानु नपरोस् ।’

नवनियुक्त प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरिसकेका छन् । साथै फागुन २१ गते बिहीबारका दिन नयाँ प्रतिनिधिसभा चुनावको मिति तोकिएको छ । (

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेसमा तीन दलीय गठबन्धनकै सरकार निरन्तर रहने मुख्यमन्त्री यादवको दाबी

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित वर्तमान सत्ता गठबन्...

तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित

बोर्दो। दक्षिण-पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण आइतबार राति थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यससँगै उक्त क्षेत्रमा डढेलोका क...

लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

बङ्गलादेशसँग हारेपछि नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

बङ्गलादेशसँग हारेपछि नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

एपीएफ स्कुल भ्रष्टाचार प्रकरण : लेखा अधिकृत गुरुङ र व्यवसायी तामाङविरुद्ध १० दिन म्याद थप

काठमाडौं । एपीएफ स्कुल कीर्तिपुरसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा पक्राउ परेकी लेखा अधिकृत तथा सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र एमडी एडभेन्चर टु...

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन

नेपालगन्ज। विश्वमै दुर्लभ मानिने पाटेबाघको संरक्षण र जैविक मार्गको सुरक्षा गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख...

आरुघाट–माछाखोला सडक पाँच दिनपछि सुञ्चालन

सुलीकोट। उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लिदिङमा लेदोसहित खसेको पहिरो हटाएपछि आरुघाट–माछाखोला सडकखण्ड पाँच दिनपछि सञ्चालनमा आएको छ। सडकमाथिबाट ख...

सातै प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धन कायम राख्न पहल जारी राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान...

लुम्बिनी सरकारबाट कांग्रेसका पाँच मन्त्रीले दिए सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। सरकारमा रहेका कांग्रेसका पाँचै जना मन्त्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending