काठमाडौँ । नेपाली कांग्रेसले सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा उनकी धर्मपत्नी एवं केन्द्रीय सदस्य डा आरजु राणा देउवामाथिको बर्बतापूर्ण भौतिक आक्रमणको निन्दा र भर्त्सना गरेको छ ।
कांग्रेसले एक वक्तव्यमार्फत लोकतन्त्रका लागि जीवनपर्यन्त अविचलित रूपमा सङ्घर्ष गर्नुभएका पार्टी सभापति देउवा र केन्द्रीय सदस्य डा राणामाथिको आक्रमणको निन्दा गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
‘जेनजी’ आन्दोलनका क्रममा भएको मृत्यु एवं खर्बौको भौतिक संरचनाको विनाश, अन्य कयौँ राजनैतिक नेतृत्वमाथिको भौतिक आक्रमण, राष्ट्रपतिद्वारा गरिएको संवाद पहलकदमी, अन्तरिम प्रधानमन्त्रीको घोषणा, प्रतिनिधिसभा विघटन यी समग्र विषयमा पार्टीको धारणा सार्वजनिक गरिसकेको कांग्रेसले जनाएको छ ।
उपसभापति पूर्णबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा युवा सहादत हुनु र खर्बौं सम्पत्तिको तोडफोड, आगजनी भई पूर्णक्षति हुनु अत्यन्तै दुःखद् भएको उल्लेख छ । कांग्रेसले आन्दोलनको क्रममा जीवन गुमाउने युवाहरू, सुरक्षाकर्मीलगायतप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
यस्तै, सम्पूर्ण घटनाको छानबिन गर्न मागका लागि सरकारलाई पुनःस्मरण गराएको छ । “जेनजीको भावनाविपरीत अवाञ्छित घुसपैठ हुँदा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, प्रदेशसभा भवनदेखि अनेकौ राजनैतिक, प्रशासनिक, व्यावसायिक प्रतिष्ठान, वित्तीय संस्था, मिडिया संस्था र व्यक्तिका निजी घरमा समेत गरेर खर्बौंको संरचना ध्वस्त गरिएको छ । यो अत्यन्तै अकल्पनीय र दुःखद् घटना निन्दनीय र भर्त्सना योग्य छ । सरकारले क्षतिको वास्तविक आङ्कलन प्रक्रिया अविलम्ब सुरु गरौँ”, विज्ञप्तिमा भनिएको छ ।
यसैगरी कांग्रेसले पार्टीका अग्रज, नेता, पार्टीका साथी तथा अन्य राजनीतिक दलका नेतामाथि भएको भौतिक आक्रमण निन्दनीय र भर्त्सना योग्य भन्दै आन्दोलनका क्रममा घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
“संविधानबमोजिम जनताबाट लोकतान्त्रिक विधिअनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधिसभाको विघटन पूर्णरूपमा अलोकतान्त्रिक र असंवैधानिक छ । यस कार्यले देशको संविधान, सविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठाराघात भएको छ”, विज्ञप्तिमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ०९:२१
डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...
पौष ६ गते, २०८२ - ०९:१९
म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...
पौष ६ गते, २०८२ - ०८:५४
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...
पौष ६ गते, २०८२ - ०८:४८
काठमाडौं । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...
पौष ६ गते, २०८२ - ०८:४३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा चुनावी सरकारको आलोचना गर्दै एमाले नेतृत्वलाई निसाना बनाइएको खण्डमा 'देश ठप्प पार्न...
पौष ६ गते, २०८२ - ०७:५७
मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका सा...
पौष ६ गते, २०८२ - ०७:१८
काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...
पौष ६ गते, २०८२ - ०७:१३
सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...
पौष ६ गते, २०८२ - ०७:११
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...
पौष ६ गते, २०८२ - ०७:०४
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...




प्रतिकृया लेख्नुहोस्: