मकवानपुर । पश्चिम मकवानपुरको राक्सिराङ–१ इन्द्रुङमा बसोबास गर्दै आएका एक चेपाङ दम्पतीमाथि भएको अमानवीय व्यवहारबारे घटना सार्वजनिक भएपछि स्थानीय प्रशासन र समुदायमा चिन्ता फैलिएको छ।
घटना भदौ २६ गते राति भएको हो। स्थानीय प्रहरीका अनुसार, रातको समयमा एकान्त जंगलनजिकको छाप्रोमा बस्दै आएका चेपाङ दम्पतीमाथि आक्रमण गरिएको थियो। पीडित पुरुषलाई रुखमा बाँधेर उनकी दुई महिनाअघि मात्र सुत्केरी भएकी श्रीमतीमाथि बलात्कार गरिएको हो।
प्रहरी चौकी राक्सिराङका इञ्चार्ज नवीन सिंहले जानकारी दिएअनुसार, पीडित पक्षले भोलिपल्ट घटनाबारे जानकारी दिए पनि सोही समय जेनजी आन्दोलनका कारण गाउँमा तत्काल पुग्न सम्भव नभएको थियो। आइतबार मात्रै घटनास्थल पुगेर आरोपीलाई पक्राउ गरिएको उनले बताए।
पीडित दम्पती दयनीय आर्थिक अवस्थाका छन् र राम्रोसँग बोल्न पनि सक्दैनन्। उनीहरूको स्थायी आवास छैन र जीविकोपार्जनका लागि भरपर्दो स्रोतसमेत छैन। अवस्था गम्भीर देखिएपछि भदौ ३ गते राक्सिराङ गाउँपालिकाले खाद्यान्न र आवश्यक सामग्री राहतस्वरूप उपलब्ध गराएको थियो।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लले घटनालाई “अत्यन्तै दुःखद र अमानवीय” भन्दै दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाइएको जानकारी दिए। उनले प्रहरी जान नसकेको परिस्थितिको फाइदा उठाएर आरोपी गाउँमै खुलेआम बसिरहेको सूचनाका आधारमा वडा कार्यालयमार्फत समन्वय गरी पक्राउ गरिएको बताए।
४२ वर्षीय स्थानीय अन्तरे थिङलाई बलात्कार अभियोगमा पक्राउ गरिएको छ। प्रारम्भिक अनुसन्धानमा उनलाई दोषी देखिएकाले मनहरी इलाका प्रहरी कार्यालयमा पठाइएको छ। घटनामा अन्य व्यक्ति पनि संलग्न हुन सक्ने आशंका गरिएकोले थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार, घटनाका बेला पीडित पुरुषलाई अभियुक्तले "बाहिर कोही आएको छ कि छैन" भनेर जाँच्न लगाएको खुलासा भएको छ। यो कुराले घटना पूर्व नियोजित हुन सक्ने संकेत गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: