मकवानपुर । पश्चिम मकवानपुरको राक्सिराङ–१ इन्द्रुङमा बसोबास गर्दै आएका एक चेपाङ दम्पतीमाथि भएको अमानवीय व्यवहारबारे घटना सार्वजनिक भएपछि स्थानीय प्रशासन र समुदायमा चिन्ता फैलिएको छ।
घटना भदौ २६ गते राति भएको हो। स्थानीय प्रहरीका अनुसार, रातको समयमा एकान्त जंगलनजिकको छाप्रोमा बस्दै आएका चेपाङ दम्पतीमाथि आक्रमण गरिएको थियो। पीडित पुरुषलाई रुखमा बाँधेर उनकी दुई महिनाअघि मात्र सुत्केरी भएकी श्रीमतीमाथि बलात्कार गरिएको हो।
प्रहरी चौकी राक्सिराङका इञ्चार्ज नवीन सिंहले जानकारी दिएअनुसार, पीडित पक्षले भोलिपल्ट घटनाबारे जानकारी दिए पनि सोही समय जेनजी आन्दोलनका कारण गाउँमा तत्काल पुग्न सम्भव नभएको थियो। आइतबार मात्रै घटनास्थल पुगेर आरोपीलाई पक्राउ गरिएको उनले बताए।
पीडित दम्पती दयनीय आर्थिक अवस्थाका छन् र राम्रोसँग बोल्न पनि सक्दैनन्। उनीहरूको स्थायी आवास छैन र जीविकोपार्जनका लागि भरपर्दो स्रोतसमेत छैन। अवस्था गम्भीर देखिएपछि भदौ ३ गते राक्सिराङ गाउँपालिकाले खाद्यान्न र आवश्यक सामग्री राहतस्वरूप उपलब्ध गराएको थियो।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लले घटनालाई “अत्यन्तै दुःखद र अमानवीय” भन्दै दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाइएको जानकारी दिए। उनले प्रहरी जान नसकेको परिस्थितिको फाइदा उठाएर आरोपी गाउँमै खुलेआम बसिरहेको सूचनाका आधारमा वडा कार्यालयमार्फत समन्वय गरी पक्राउ गरिएको बताए।
४२ वर्षीय स्थानीय अन्तरे थिङलाई बलात्कार अभियोगमा पक्राउ गरिएको छ। प्रारम्भिक अनुसन्धानमा उनलाई दोषी देखिएकाले मनहरी इलाका प्रहरी कार्यालयमा पठाइएको छ। घटनामा अन्य व्यक्ति पनि संलग्न हुन सक्ने आशंका गरिएकोले थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार, घटनाका बेला पीडित पुरुषलाई अभियुक्तले "बाहिर कोही आएको छ कि छैन" भनेर जाँच्न लगाएको खुलासा भएको छ। यो कुराले घटना पूर्व नियोजित हुन सक्ने संकेत गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २ गते, २०८२ - ०८:२६
काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा रोकेको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक भार बन्न सक्...
माघ २ गते, २०८२ - ०८:१९
नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको बुधबार साँझदेखि नै घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि...
माघ २ गते, २०८२ - ०८:०७
काठमाडौं । सानेपास्थित केन्द्रीय कार्यालय परिसरमा बुधबार दिउँसो १२ः१६ बजे प्रवेश गर्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कांग्रेस नेता र कार्यकर्त...
माघ २ गते, २०८२ - ०७:५०
काठमाडौं । विशेष महाधिवेशन पक्षधरले पार्टी नेतृत्वको समानान्तर संरचना बनाएपछि विभाजन भएको विघटित संसद्को ठुलो शक्ति कांग्रेस विवाद निर्वाचन आयोग पुगेक...
माघ २ गते, २०८२ - ०७:४०
काठमाडौं । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा काठमाडौंको ऐतिहासिक सहर टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ। यसवर्ष टोखाबाट मात्रै ५ करोड रु...
माघ २ गते, २०८२ - ०७:३५
चितवन । केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए । एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरल...
माघ २ गते, २०८२ - ०७:१९
काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हु...
माघ २ गते, २०८२ - ०७:१७
तनहुँ । चितवन र नवलपुरको संगमस्थल देवघाटधाममा माघे संक्रान्ति मेला भर्न भक्तजनको ठूलो चहलपहल सुरु भएको छ। बुधबार दिउँसो वेणीसंगममा लिङ्गो गाडेर मेलाको...
माघ २ गते, २०८२ - ०७:१३
काठमाडौँ । काठमाडौँ उपत्यकामा पुसको अन्तिम दिन यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौँको न्य...
माघ २ गते, २०८२ - ०७:०९
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकताको शिर निहुरिने अवस्था आउन...




प्रतिकृया लेख्नुहोस्: