काठमाडौं । जेनजी आन्दोलनका कारण स्थगित भएको कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले स्थगित परीक्षा कार्यक्रमको नयाँ तालिका सार्वजनिक गर्दै उक्त मितिमा परीक्षा सञ्चालन गरिने जानकारी दिएको हो।
यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको पूरक परीक्षा स्थगित भएको थियो। अब सार्वजनिक गरिएको नयाँ तालिकाअनुसार असोज ७ गते अनिवार्य अंग्रेजी (विषय कोड 0041) को परीक्षा हुनेछ।
यस दिन एक मात्र विषयको पूरक परीक्षा दिन लागेका विद्यार्थीले पनि सोही दिन परीक्षा दिनेछन्। दुई विषयमा पूरक परीक्षा दिन लागेका विद्यार्थीहरूका लागि भने सो दिन आफूले छानेको विषयहरूमध्ये कोड सानो भएको विषयको परीक्षा हुनेछ।
त्यस्तै, अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयको पूरक परीक्षा दिन चाहने विद्यार्थीहरूले पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिनेछन् भने दोस्रो दिन, असोज ८ गते, नेपाली विषयको परीक्षा दिनेछन्।
असोज ८ गते दोहोरो विषय लिएर परीक्षा दिने अन्य विद्यार्थीहरूले भने आफूले छानेको विषयहरूमध्ये कोड ठूलो भएको विषयको परीक्षा दिनेछन्। बोर्डले सम्पूर्ण परीक्षार्थीहरूलाई संशोधित तालिका अनुसार तयारी गर्न अनुरोध गरेको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: