काठमाडौं । संविधान दिवसको अवसरमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले नेपालका जनतालाई बधाई दिँदै अमेरिका नेपालसँगको सहकार्यलाई अझ सुदृढ गर्न इच्छुक रहेको बताएका छन्। उनले दक्षिण एशियामा स्थायित्व प्रवर्द्धन गर्ने तथा सुरक्षित र समावेशी विश्व निर्माणमा नेपालको भूमिकालाई महत्त्वपूर्ण ठहर गर्दै, यस यात्रामा अमेरिकाले साथ दिने प्रतिबद्धता जनाएका छन्।
रुबियोले नेपालको संविधान र लोकतान्त्रिक मूल्यहरूको सम्मान गर्दै पारदर्शी र उत्तरदायी सरकार निर्माणका लागि नेपाली जनताको आकांक्षालाई अमेरिका समर्थन गर्ने स्पष्ट पारे।
उनले नेपालका जनताले आर्थिक विकास, क्षेत्रीय सुरक्षा सुदृढीकरण तथा समावेशी समृद्धिको अपेक्षा राख्न सक्ने उल्लेख गर्दै, अमेरिका ती आकांक्षाहरूमा साथ दिन तयार रहेको बताएका छन्।
सन्देशमा उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टमार्फत नेपालमा यातायात र ऊर्जा पूर्वाधारको विस्तार, रोजगारी सिर्जना तथा दीर्घकालीन आर्थिक वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। यसले अमेरिका–नेपाल सम्बन्धलाई अझ प्रगाढ बनाउने र अमेरिकी लगानीकर्ताहरूका लागि नयाँ अवसरहरू खोल्ने पनि उनले उल्लेख गरे।
विदेशमन्त्री रुबियोले लोकतन्त्रका लागि भएका आन्दोलनहरूमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: