काठमाडौं । संविधान दिवसको अवसरमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले नेपालका जनतालाई बधाई दिँदै अमेरिका नेपालसँगको सहकार्यलाई अझ सुदृढ गर्न इच्छुक रहेको बताएका छन्। उनले दक्षिण एशियामा स्थायित्व प्रवर्द्धन गर्ने तथा सुरक्षित र समावेशी विश्व निर्माणमा नेपालको भूमिकालाई महत्त्वपूर्ण ठहर गर्दै, यस यात्रामा अमेरिकाले साथ दिने प्रतिबद्धता जनाएका छन्।
रुबियोले नेपालको संविधान र लोकतान्त्रिक मूल्यहरूको सम्मान गर्दै पारदर्शी र उत्तरदायी सरकार निर्माणका लागि नेपाली जनताको आकांक्षालाई अमेरिका समर्थन गर्ने स्पष्ट पारे।
उनले नेपालका जनताले आर्थिक विकास, क्षेत्रीय सुरक्षा सुदृढीकरण तथा समावेशी समृद्धिको अपेक्षा राख्न सक्ने उल्लेख गर्दै, अमेरिका ती आकांक्षाहरूमा साथ दिन तयार रहेको बताएका छन्।
सन्देशमा उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टमार्फत नेपालमा यातायात र ऊर्जा पूर्वाधारको विस्तार, रोजगारी सिर्जना तथा दीर्घकालीन आर्थिक वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। यसले अमेरिका–नेपाल सम्बन्धलाई अझ प्रगाढ बनाउने र अमेरिकी लगानीकर्ताहरूका लागि नयाँ अवसरहरू खोल्ने पनि उनले उल्लेख गरे।
विदेशमन्त्री रुबियोले लोकतन्त्रका लागि भएका आन्दोलनहरूमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८२ - ०९:२२
धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...
माघ १ गते, २०८२ - ०९:१८
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...
माघ १ गते, २०८२ - ०९:१५
काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...
माघ १ गते, २०८२ - ०८:०७
नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा
माघ १ गते, २०८२ - ०८:००
काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...
माघ १ गते, २०८२ - ०७:५५
काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...
माघ १ गते, २०८२ - ०७:४८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...
माघ १ गते, २०८२ - ०७:३४
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...
माघ १ गते, २०८२ - ०७:३१
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...
माघ १ गते, २०८२ - ०७:२४
दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...




प्रतिकृया लेख्नुहोस्: