काठमाडौं। नेपाली फिल्म उद्योगमा यस वर्षको सर्वाधिक प्रतीक्षित चलचित्र **‘बलिदान’**को ट्रेलर शुक्रबार सार्वजनिक भएको छ। यसअघि पोस्टर, प्रिटिजर, टिजर र गीतमार्फत दर्शकमाझ चर्को उत्साह जगाइसकेको चलचित्रले ट्रेलरमार्फत अझ व्यापक चर्चा बटुलेको छ।
ट्रेलरको सुरुवातमा अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा देखिन्छिन्। उनी छोरासँग देश र अस्मिता बचाउने वचन मागिरहेकी हुन्छिन् र भन्छिन्, “देशको माटो र यसको अस्मितामाथि कुदृष्टि लगाउने रक्तबीजहरूलाई तैँले संहार गर्नेछस्।” यस दृश्यले ट्रेलरलाई भावनात्मक धरातल दिएको छ।
यसपछि मुख्य पात्र समीर भट्टको दमदार प्रवेश हुन्छ। उनले उच्च स्वरमा घोषणा गर्छन्, “मेरो शरीरको एक-एक थोपा रगत माग दिन्छु। जे भन्नु छ मलाई भन सुन्छु। तर मेरो आमाको बारेमा केही भनिस् भने काट्दिन्छु।” यो संवादसँगै समीर शक्तिशाली एक्सनमा उत्रन्छन्। उनका लडाइँका दृश्यहरू यति तीव्र छन् कि दर्शकले उनका सम्पूर्ण शक्ति स्क्रिनमा बोकिएको महसुस गर्छन्।
ट्रेलरमा अर्पण थापा, सौगात मल्ल र महेन्द्र बुढाथोकी फरक अवतारमा प्रस्तुत भएका छन्। सौगात मल्लले आफूलाई राक्षस बन्न बाध्य पारेको संवाद प्रस्तुत गरेका छन् भने समीर र सौगातबीचको द्वन्द्व दृश्यले विशेष रोमाञ्च थपेको छ। कहिलेकाहीँ समीर दर्जनौँ खलनायकहरूसँग एक्लै लड्ने दृश्य देखिन्छ, जसले दर्शकलाई अत्यन्त उत्साहित बनाएको छ।
छायाङ्कन, संवाद र ब्याकग्राउन्ड स्कोरले ट्रेलरलाई उच्चतम स्तरमा पुर्याएको विश्लेषकहरूको मत छ। यसअघि सार्वजनिक टिजरमा पनि सौगात मल्लको मसाल बोकेको दृश्य, हेमन्त बुढाथोकीको शक्तिशाली संवाद र ऋचा शर्माको भावनात्मक प्रश्नले दर्शकलाई देशभक्ति र क्रोधको भावनामा डुबाएको थियो।
निर्देशक सन्तोष सेनले ‘बलिदान’लाई केवल चलचित्र नभई हरेक नेपालीको मनको विद्रोहको प्रतीकको रूपमा देखाएका छन्। यसैबीच चलचित्रको शीर्ष गीत ‘यो ज्यान बलिदान’ पनि सार्वजनिक भई चर्चा बटुलेको छ। सुजन चापागाईंको स्वर, हर्क साउदको शब्द र सङ्गीतले जनमानसमा लोकप्रियता पाइरहेको छ।
‘आसुसेन फिल्म्स प्रा।लि।’को ब्यानरमा बनेको यस चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतको अभिनय रहेको छ। निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।
चलचित्र ९ असोज १३ गते (बडादसैँको फूलपाती) प्रदर्शनमा आउने तय भएको छ र नेपाली चलचित्र इतिहासमा साहसी कदमका रूपमा स्मरणीय हुने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - २२:१६
भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...
माघ १६ गते, २०८२ - २२:१५
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...
माघ १६ गते, २०८२ - २१:५२
खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...
माघ १६ गते, २०८२ - २१:४२
काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...
माघ १६ गते, २०८२ - २१:२९
काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...
माघ १६ गते, २०८२ - २१:२७
ललितपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...
माघ १६ गते, २०८२ - २१:१३
काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...
माघ १६ गते, २०८२ - २१:०१
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...
माघ १६ गते, २०८२ - २०:५९
ब्रसेल्स । डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...
माघ १६ गते, २०८२ - २०:५६
बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...




प्रतिकृया लेख्नुहोस्: