Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

तातोपानी नाका अवरुद्ध, १५ सय कन्टेनर अलपत्र

खबरडबली संवाददाता

काठमाडौं । अरनिको राजमार्गका विभिन्न स्थानमा गएको निरन्तर पहिरोका कारण तातोपानी नाका पूर्ण रूपमा अवरुद्ध भएको छ । यसले गर्दा दशैंका सामान बोकेका करिब १५ सय कन्टेनर विभिन्न स्थानमा अलपत्र परेका छन् ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाभित्रका ठाउँ–ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध भएपछि सीमा पारी र राजमार्गमै कन्टेनर रोकिएका हुन् । सडक अवरुद्ध भएको ५० दिनभन्दा बढी भइसकेकाले उद्योगी–व्यवसायीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

मन्त्री घिसिङले तत्काल राजमार्ग खुलाउन सडक विभागलाई निर्देशन दिएका छन् । त्यसअनुसार विभागका अधिकारीहरूले स्थलगत निरीक्षण गरी तत्कालका लागि कम्तीमा ६ मिटरको एकतर्फी बाटो खोल्ने तयारी भइरहेको जनाएका छन् ।

सिल्क ट्रान्सपोर्टका निर्देशक विजय शेर्पाका अनुसार राजमार्ग बन्द हुँदा उद्योग–व्यवसायीहरूलाई कच्चा पदार्थ र तयारी सामान पठाउन कठिनाइ भएको छ । “१५ सय कन्टेनर सडकमा रोकिएका छन्, दैनिक १० लाखभन्दा बढी खर्च भइरहेको छ,” उनले भने ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले समेत दुई–तीन दिनभित्र सडक खुलाउन सके सामान काठमाडौं पुर्याउन सकिने बताए । तर, उनले पटक–पटक सडक अवरुद्ध हुने समस्या समाधानका लागि दीर्घकालीन योजना बनाउन सरकारलाई आग्रह गरे ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीले सडक खोल्ने तत्कालीन प्रयाससँगै दीर्घकालीन समाधानका लागि चिनियाँ पक्षसँग समेत परामर्श हुँदै गरेको बताए ।

दसैंलगायतका चाडपर्वमा सडक अवरुद्ध हुँदा तातोपानी नाकाबाट सामान ल्याउन र सर्वसाधारणको आवागमनमा ठूलो समस्या भएको छ । भोटेकोशी गाउँपालिकाका धेरै बस्तीहरू समेत पहिरोको जोखिममा परेका छन् । स्थानीयवासीले “पहिले बस्ती सुरक्षित पार्ने, त्यसपछि मात्र सडक बनाउने” माग गर्दै आएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending