Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

लमजुङमा अलैंची टिप्न सुरु, उत्पादनबाट २० करोड आम्दानीको अनुमान

खबरडबली संवाददाता

लमजुङ । लमजुङमा अलैंची टिप्ने कार्य सुरु भएको छ । करिब १,२०० मिटर उचाइसम्म खेती गरिएको अलैंची यस वर्ष सामान्यभन्दा छिट्टै पाकेपछि किसान हार्भेष्टिङमा मा व्यस्त छन् ।

मर्स्याङ्दी गाउँपालिका–७ ताराचोकका किसान डम्बरसिंह अधिकारीले डम्बरसाई र जिर्मले जातको अलैंची पाकेपछि टिप्न थालेको बताए । “यो वर्ष छिट्टै नै अलैंची पाक्यो, टिप्ने काम पनि छिटो भयो,” उनले भने, “अब सुकाएर ग्रेडिङ गरेर बिक्री गर्ने तयारीमा छौं ।” ताराचोकका किसानहरूले ४० रोपनीभन्दा बढी जमिनमा अलैंची खेती गरेका छन् ।

स्थानीय इन्द्रप्रसाद तामाङका अनुसार हाल गाउँभर अलैंची टिप्ने चटारो छ। “पहिले खेर गइरहेको पाखोबारी र धान खेत मासेर किसानले अलैंची लगाएका छन्,” उनले भने । खेतीबाट मनग्य आम्दानी भएपछि बसाइँ सरेका गाउँले पनि फर्किएका छन् । मर्स्याङ्दी–७ लुदी गाउँमा बसाइँपछि ६ घरमात्र बाँकी रहँदा अहिले घरसंख्या १९ पुगेको छ ।

रामप्रसाद तामाङका अनुसार सहर झरेका धेरै परिवार फर्केर अलैंची खेतीमा लागेका छन् । लुदी गाउँमा हाल चार सय रोपनीमा अलैंची लगाइएको छ र किसानहरूले लुदी अलैंची कृषक समूहमार्फत सामूहिक खेती गरिरहेका छन् ।

मर्स्याङ्दी–६ बाहुनडाँडाका किसान लोकनाथ घिमिरेले पनि अलैंची टिपेर सुकाइसकेको बताए । उनले ६ रोपनीमा लगाइएको रामशाही जातको अलैंचीबाट करिब १५० केजी उत्पादन भएको जानकारी दिए । अलैंची व्यवसायी महासङ्घ गण्डकीका अध्यक्ष अजय तामाङका अनुसार १,२०० मिटरभन्दा माथिल्लो क्षेत्रको अलैंची दसैँपछि मात्र टिप्न सुरु हुनेछ । जिल्लामा करिब १,२०० रोपनीमा अलैंची खेती गरिएको छ, जसमध्ये ७५० रोपनीमा लगाइएको अलैंचीले यस वर्ष उत्पादन दिने अनुमान छ । विगतमा १,५०० रोपनीमा खेती भए पनि रोगका कारण केही भाग नष्ट भएको थियो ।

मर्स्याङ्दी गाउँपालिकामा मात्रै करिब ४०० हेक्टरमा अलैंची खेती भइरहेको छ । बेँसीसहर, दोर्दी, दुधपोखरी र क्होलासोँथर गाउँपालिकाका विभिन्न बस्तीमा पनि व्यावसायिक खेती विस्तार गरिएको छ । यस वर्ष जिल्लामा करिब ६० मेट्रिक टन अलैंची उत्पादन हुने अनुमान गरिएको छ ।

गत वर्ष किसानहरूले अलैंची बिक्रीबाट १६ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका थिए । यस वर्ष उत्पादन र मूल्य दुवै बढ्ने भएकाले करिब २० करोड रुपैयाँसम्म आम्दानी हुने अपेक्षा लमजुङ अलैंची व्यवसायी महासङ्घका अध्यक्ष सोमबहादुर तामाङले व्यक्त गरे ।

नेपाल अलैंची व्यवसायी महासङ्घका अनुसार प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा हाल अलैंचीको मूल्य ग्रेडअनुसार प्रतिमन (४० किलो) ८१ हजारदेखि ९२ हजार रुपैयाँसम्म छ । सबैभन्दा उच्च गुणस्तरको ‘बोल्ड’ अलैंचीको मूल्य प्रतिमन ९२ हजार रुपैयाँ, सामान्य ‘चालु’को ८१ हजार र मध्यम गुणस्तर ‘जेजे’को मूल्य ८४ हजार रुपैयाँ रहेको छ ।
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: