Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

बजेट ल्याउन नसकेका मधेसका चार नगरपालिकामा सरकारको टोली जाँदै

खबरडबली संवाददाता

काठमाडौँ । लामो समयदेखि नगरसभामा बजेट पेश गर्न नसकेका मधेस प्रदेशका चार नगरपालिकाको समस्या समाधान गर्न संघीय सरकारले स्थलगत सहजीकरण गर्ने भएको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक वर्षको बजेट नगरसभामा पेश गर्न नसकेका स्थानीय तहमा प्रत्यक्ष पुगेर समस्या पहिचान तथा समाधानका लागि पहल गर्न लागेको हो।

मन्त्रालयका अनुसार सहसचिवको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल नगरपालिका संघका अध्यक्षलगायत प्रतिनिधि सम्मिलित संयुक्त टोली सम्बन्धित नगरपालिकामा जानेछ।

टोलीले धनुषाको कमला नगरपालिका तथा रौतहटका गरुडा, फतुवा विजयपुर र मौलापुर नगरपालिका पुगेर जनप्रतिनिधि, कर्मचारी तथा अन्य सरोकारवालासँग प्रत्यक्ष छलफल गर्नेछ।

स्थानीय तहमा बजेट निर्माण तथा नगरसभा सञ्चालनका क्रममा देखिएका विवाद वा अन्य समस्या पहिचान गरी आवश्यक सहजीकरण र समन्वय गर्ने जिम्मेवारी टोलीलाई दिइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विभिन्न चरणमा पहल, प्रयास र समन्वयमार्फत बजेट पेश गर्ने वातावरण निर्माण गर्न खोजिए पनि ती नगरपालिकामा हालसम्म नगरसभामा बजेट प्रस्तुत हुन सकेको छैन।

स्थानीय तहको बजेट प्रक्रिया लामो समयसम्म रोकिँदा दैनिक प्रशासनिक सेवा, विकास निर्माण तथा अन्य सार्वजनिक कार्यक्रम प्रभावित हुन सक्ने भएकाले संघीय सरकारले समस्या समाधानका लागि स्थलगत हस्तक्षेपलाई प्राथमिकता दिएको हो।

संविधान तथा प्रचलित कानुनअनुसार स्थानीय तहले निर्धारित प्रक्रियाबाट बजेट ल्याएर कार्यान्वयन गर्नुपर्ने हुन्छ। तर, जनप्रतिनिधिबीचको विवाद, आन्तरिक समन्वयको अभावलगायत कारण कतिपय स्थानीय तहमा बजेट प्रक्रिया प्रभावित हुँदै आएको छ।

मन्त्रालयले बजेट तथा नगरसभा सञ्चालनमा देखिएका समस्या समाधानका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय र सहजीकरणलाई निरन्तरता दिने जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्रोत नखुलेको ५२ लाख ५० हजारसहित चार जना पक्राउ

पर्सा। अवैध वित्तीय कारोबार (हुण्डी) मा संलग्न रहेको आशंकामा जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपियाँसहित एक भारतीय नागरिकस...

बजेट ल्याउन नसकेका मधेसका चार नगरपालिकामा सरकारको टोली जाँदै

काठमाडौँ । लामो समयदेखि नगरसभामा बजेट पेश गर्न नसकेका मधेस प्रदेशका चार नगरपालिकाको समस्या समाधान गर्न संघीय सरकारले स्थलगत सहजीकरण गर्ने भएको छ। भ...

रुग्ण उद्योग ब्युँताउने सरकारको तयारीप्रति प्रचण्ड सकारात्मक, भने– ‘आत्मनिर्भर अर्थतन्त्रमा ठूलो फड्को’

काठमाडौं । वर्षौंदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका सरकारी उद्योग पुन: सञ्चालन गर्ने सरकारको तयारीप्रति नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाह...

कपिलवस्तु मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

कपिलवस्तु। कपिलवस्तु नगरपालिका–७ धरमपनियामा सडक छेउमा बिग्रिएर मर्मत भइरहेको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते ...

जाजरकोटमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जाजरकोटमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ९ बजेर ८ मिनेटमा जाजरको...

प्रतिनिधिसभा बैठकमा चार विधेयक प्रस्तुत हुँदै, दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत हुने भएका छन्। बैठकमा दुई मन्त्रीसँग सांसदको मन्त्रालयगत प्रश्नोत्तर...

विशेष महाधिवेशनले कांग्रेस कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको र अहिले फुटको अवस्थामा पुगेको बताएका छन्। आ...

दोलालघाटबाट बेपत्ता ६७ वर्षीया तिलकुमारीको शव सुनकोशीमा भेटियो

काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगास्थित सुनकोशी नदीमा फेला ...

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्याल...

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending