काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जेनजीको प्रदर्शनका क्रममा गत भदौ २३ र २४ गते विभिन्न सामग्री चोरी भएकाले तत्काल फिर्ता गर्न आग्रह गरेको छ ।
प्रदर्शनका क्रममा मन्त्रालयमा तोडफोड भएको, आगजनीका कारण चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधनमा आगजनी भएको मन्त्रालयले उल्लेख गरेको छ ।
यस्तै, टेलिभिजन, कम्प्युटर सेट, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, माइक्रो ओभन, विभिन्न क्षमताका हार्डडिस्क, स्क्यानर, क्यामेरा, आइप्याड, मोबाइल, हिटर, पङ्खालगायत जिन्सी सामान लुटपाट एवं चोरी भएको मन्त्रालयले जनाएको छ ।
उक्त तोडफोड र चोरीमा संलग्नहरूको सिसीटिभी फुटेजमार्फत पहिचान गर्ने कार्य भइरहेको छ । मन्त्रालयले कोही कसैले कार्यालय परिसरबाट यस्ता सामग्री लिएको वा प्राप्त गरेको भए ती सामग्री, मन्त्रालयमा वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन आग्रह गरेको छ । अन्यथा मन्त्रालयले प्रचलित कानुनबमोजिम कारबाही हुने जनाएको छ ।
कृषि तथा पशुपन्छी मन्त्रालयले पनि ल्यापटप, सिसी क्यामेरा, कम्प्युटर, डेस्कटप, मोटरसाइकलमा जडित ब्याट्रीहरूलगायतका सामग्री चोरी भएको जनाएको छ । चोरीमा संलग्नहरूको सिसीटिभी फुटेजमार्फत पहिचान गर्ने कार्य भइरहेको जनाएको छ ।
मन्त्रालयका जुनकुनै सामग्री लिएको भए तत्काल मन्त्रालय वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन आग्रह गरेको छ । अन्यथा कानुनबमोजिम कारबाही हुने मन्त्रालयले चेतावनीसमेत दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ०९:२१
डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...
पौष ६ गते, २०८२ - ०९:१९
म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...
पौष ६ गते, २०८२ - ०८:५४
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...
पौष ६ गते, २०८२ - ०८:४८
काठमाडौं । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...
पौष ६ गते, २०८२ - ०८:४३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा चुनावी सरकारको आलोचना गर्दै एमाले नेतृत्वलाई निसाना बनाइएको खण्डमा 'देश ठप्प पार्न...
पौष ६ गते, २०८२ - ०७:५७
मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका सा...
पौष ६ गते, २०८२ - ०७:१८
काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...
पौष ६ गते, २०८२ - ०७:१३
सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...
पौष ६ गते, २०८२ - ०७:११
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...
पौष ६ गते, २०८२ - ०७:०४
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...




प्रतिकृया लेख्नुहोस्: