काठमाडौँ। पहिरोका कारण अवरुद्ध रहेको पृथ्वी राजमार्ग आज साँझसम्म खुलाउने गरी काम भइरहेको छ । पहिरोका कारण ४० घण्टाभन्दा बढी अवरुद्ध रहेको मुग्लिन–नारायणघाट सडकखण्डमा यात्रु अलपत्र परेपछि धमाधम पहिरो पन्छाउने काम भइरहेको छ ।
सडक विभागका प्रवक्ता प्रभातकुमार झाले वर्षा नभएका खण्डमा साँझसम्म मुग्लिन–नारायणघाट सडकखण्डको पहिरो पन्छाएर सडक खुलाउने गरी काम भइरहेको जानकारी दिए।
“मुख्य समस्या पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नारायणघाट सडकखण्ड र अरनिको राजमार्गमा देखिएको छ । मुग्लिन–नारायणघाट सडकखण्ड आज साँझसम्म नै सञ्चालन गर्ने गरी काम अगाडि बढाएका छौँ । अरनिको राजमार्ग ठुलो वर्षा नभए तीन दिनभित्र सञ्चालन गर्ने गरी पहिरो पन्छाउने काम भइरहेको छ”, उनले भने, “दसैँमा उपत्यकाबाट बाहिरिने यात्रु बाटोमा अलपत्र नपरून् भन्ने हो।”
विभागका अनुसार पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी,रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथाङ्का ९कोसी राजमार्ग० लगायतका हाल देशभर १० राजमार्ग पूर्णरूपमा अवरुद्ध छन् ।
यसैगरी १६८ राजमार्गमा यातायातका साधन एकतर्फी रूपमा सञ्चालन भइरहेका विभागले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ७ गते, २०८२ - ११:३७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरी दिवस मनाइएको छ। राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारो...
फाल्गुन ७ गते, २०८२ - ११:०७
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न ...
फाल्गुन ७ गते, २०८२ - १०:५६
काठमाडौँ। नेपाली कांग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर कार्यक्रम राखेको जनाएको छ । जनकपुरमा बुधबार प्रतिनिधि सभा निर्...
फाल्गुन ६ गते, २०८२ - १७:४२
जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले देश कठिन अवस्थामा रहेका बेला नेतृत्व सम्हाल्न सक्ने शक्तिलाई विजयी गराउनुपर्ने बताएका छन्।...
फाल्गुन ६ गते, २०८२ - १७:०४
धनगढी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले आफ्नो पार्टीले जनताको काम गरेर देखाउने बताएको छन् । बुधवार धनगढीमा आयोज...
फाल्गुन ६ गते, २०८२ - १६:५३
ओखलढुङ्गा । ओखलढुङ्गाका १२ मतदानस्थल अति संवेदनशीलको सूचीमा परेका छन् । जिल्ला सुरक्षा समिति र मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर रहेक...
फाल्गुन ६ गते, २०८२ - १६:४७
काठमाडौँ । नेपाली कांग्रेस ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। बुधबार पार्टी सभापति गगन...
फाल्गुन ६ गते, २०८२ - १६:३४
बागलुङ। बागलुङको बडिगाड गाउँपालिका–८ बाट गलकोट हटियातर्फ जाँदै गरेको पिकअप गाडी दुर्घटनामा परेको छ । ग ३ च ६५२१ नम्बरको बोलेरो पिकअप आज बिहान करिब ...
फाल्गुन ६ गते, २०८२ - १६:१९
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचन प्रक्रियातर्फ जानुपर्ने धारणा व्यक्त गरेका छन्। ...
फाल्गुन ६ गते, २०८२ - १६:०५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बेथिति र बेरोजगारी अन्त्य गर्ने उद्देश्यसहित आफ्नो पार्टी राजनीतिमा आएको बताए...



प्रतिकृया लेख्नुहोस्: