Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

देश इतिहासकै सबैभन्दा दर्दनाक अवस्थामाः पूर्वराजा ज्ञानेन्द्र

खबरडबली संवाददाता

 

काठमाडौं । प्रजातन्त्र दिवसका अवसरमा सार्वजनिक सन्देश जारी गर्दै ज्ञानेन्द्र शाह ले देशको अस्मिता र अस्तित्व नै संकटमा परेको टिप्पणी गरेका छन्।

उनले वर्तमान अवस्था ‘इतिहासकै सबैभन्दा गहिरो दर्दनाक’ भएको उल्लेख गर्दै विगतका राजनीतिक आन्दोलन र परिवर्तनको उपलब्धिमाथि आत्मसमीक्षा आवश्यक रहेको बताएका छन्।

“सिंगो मुलुक अस्वाभाविक छटपटीको भुमरीमा फसेको छ। देशको अस्मिता र अस्तित्व संकटमा परेको अनुभूति हरेक देशभक्त नेपालीले गरिरहेका छन्,” सन्देशमा उल्लेख छ। पूर्वराजा शाहले विगतमा विभिन्न नाम र आवरणमा भएका आन्दोलन र परिवर्तनहरूले देश र नागरिकलाई के उपलब्धि दिए भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने समय आएको बताए।

‘सत्रु विपन्नता र अस्थिरता’

उनले देशको वास्तविक सत्रु विपन्नता र अस्थिरता भएको उल्लेख गर्दै नेपाली–नेपालीबीच वैरभाव बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे। “हाम्रो सत्रु विपन्नता र अस्थिरता हो। तर, एउटा नेपालीले अर्को नेपालीलाई नै सत्रु ठान्ने अवाञ्छित संस्कृति विकास हुँदै गएको छ,” उनले भने, “यही कारण देश आज गम्भीर संकटमा पुगेको छ।”

स्वागतप्रति आभार

पूर्वी नेपाल भ्रमणपछि राजधानी फर्किँदा आफूलाई दिइएको स्वागतप्रति आभार व्यक्त गर्दै उनले त्यसले आफूलाई थप दायित्वबोध गराएको बताए। “त्यस्तो प्रेम र सद्भावले मन मात्र छोएको छैन, यसले हामीलाई अटल दायित्वबोधको प्रेरणा दिएको छ,” उनले उल्लेख गरेका छन्।

राष्ट्रिय सहमतिको आह्वान

पूर्वराजा शाहले परस्पर घृणा र द्वन्द्वको राजनीति अन्त्य गरी सद्भाव र एकताको राजनीति अघि बढाउन सबैसँग आग्रह गरे। साथै, राष्ट्रिय सहमति कायम नगरी द्वन्द्वकै अवस्थामा चुनावतर्फ जान लागिएको भन्दै उनले असन्तुष्टि समेत व्यक्त गरेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending