Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

म्याग्दीमा पहिरोले सडक बगाएपछि दुई महिनादेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य

खबरडबली संवाददाता

म्याग्दी। धवलागिरि हिमालको काखमा रहेको दुर्गम बस्ती बगरका स्थानीयवासी पहिरोले सडक बगाएपछि दुई महिनादेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । जेल्टुङ–नारउरा सडक अन्तर्गत लप्सीखोल्सामा पहिरोले सडक बगाएपछि जिल्लाको धवलागिरि गाउँपालिका–४, बगर र जेल्टुङका गाउँले डोरीको सहायताले जोखिम मोलेर भिर वारपार गर्न बाध्य भएका छन् । 

सडक पहिरोले बगाएपछि गाउँबाट वडा कार्यालय, गाउँपालिका र जिल्ला सदरमुकाम जान भर्‍याङ र डोरीको सहायताले आवतजावत गर्नुपर्ने बाध्यता भएको वडा नम्बर ४ का वडा सदस्य तथा बगरका स्थानीय हरिप्रसाद तिलिजाले बताए। असार अन्तिमदेखि पहिरो जान थालेको र अहिले करिब आठ मिटर बाटो पूर्ण रूपमा बगाएर लगेको उनले बताए। दैनिक जसो सर्वसाधारण ओहोरदोहोर गर्ने बाटो पहिरोले बगाएपछि यहाँको जनजीवन नै कष्टकर बनेको छ । बजारबाट खाद्यान्नलगायतका सामान ढुवानी गरी गाउँमा पुर्‍याउनसमेत निकै गाह्रो हुन थालेको तिलिजाले बताए। उनले भने, “पहिरोले सडक बगाएको दुई महिना जति भयो । सडक नहुँदा स्थानीयले ज्यानको जोखिम मोलेर डोरीको सहायताले आवतजावत गरेका छन् । सडक निर्माणका लागि स्थानीय सरकारसँग माग गरे पनि सुनुवाइ भएको छैन ।” 

तिलिजाका अनुसार जेल्टुङ र बगरगाउँमा करिब ७० घरधुरीको बसोबास छ । सहरी क्षेत्रबाट चाडपर्व मनाउन गाउँ फर्कनेलाई बाटो जोखिमपूर्ण बनेपछि समस्या भएको छ । चक्रीय धवलागिरि पदमार्गले समेटिएको बाटो पहिरोले अवरुद्ध बनेपछि पर्यटकसमेत समस्यामा परेका छन् ।    

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पम्फा भुसालले फागुन २१ को निर्वाचन नलड्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...

सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल सकियो, निवास सर्ने तयारी

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...

६ महिनादेखि बन्द रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु

रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...

कञ्चनपुरमा बाघको आक्रमणबाट वृद्धाको मृत्यु

धनगढी । बाघको आक्रमणबाट कञ्चनपुरमा एक वृद्धाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका अनुसार भारतको दुधुवा नेशनल पार्कमा घाँस–दाउरा लिन...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–०८२ स्वीकृत गरेको छ। आयोगको शनिबार बसेको बैठकले आचारसंहिता पारित गरेको हो। निर्वाचनको स्वच्छता, निष्...

रास्वपाको समानुपातिक सूची: बालेनको भागमा ४० जना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सांसद सूचीमा बालेन शाह पक्षका ४० जनाको नाम समावेश गर्ने सहमति भएको छ। आइतबार बिहान रास्व...

थाइल्यान्ड–कम्बोडिया सीमा युद्धविराम

बैङ्कक। थाइल्यान्ड र कम्बोडियाले विवादित सीमाक्षेत्रमा हप्तौँदेखि जारी लडाइँ अन्त्य गर्न शनिबार नयाँ युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । दिउँसो...

चिसोले महोत्तरीका विद्यालय बन्द

महोत्तरी। अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको घोषणा गरेका छन् । निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन प्...

मेयर बालेन २ हप्तापछि काठमाडौँ महानगरको जिम्मेवारी छोड्दै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी दुई हप्ताभित्र आफ्नो पदबाट राजीनामा दिने तयारी गरेका छन्। फागुन २१ गते हुने भनि...

हिल्सा सिमकोटको इलिङ काँध सडक एक महिना बन्द

हुम्ला । जिल्लाको उत्तरी क्षेत्र हिल्सा सिमकोटको नाम्खा गाउँपालिका–४ को इलिङ काँध सडक एक महिना बन्द गरिएको छ । उक्त सडक स्तरोन्नति गर्ने कार्य सुरु भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending