Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

मुग्लिन-नारायणगढ सडकखण्डमा अहिलेसम्मकै ठुलो पहिरो, खुल्ने अनिश्चित

खबरडबली संवाददाता

चितवन। मङ्गलबार दिउँसो ठुलो पहिरो गएपछि मुग्लिन-नारायणगढ सडकखण्ड कहिले सञ्चालनमा आउने भन्ने अनुमान गर्न सकिएको छैन । 

सडकखण्डको तुइनखोलमा पहाडको एउटा ठुलै भाग सडकमा खसेपछि मङ्गलबार दिउँसो ३ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले १४ हजार घनमिटर भन्दा धेरै सामग्री थुपारेको कारण पन्छाउन कति समय लाग्ने अनुमान गर्न नसकिएको बताए। 

“यस सडकखण्डमा अहिलेसम्मकै ठुलो पहिरो आएको छ,” उनले भने, “पन्छाउने कामलाई निरन्तरता दिएका छौं तर कती समयमा सकिन्छ भन्न सकिँदैन ।” पहिरो आए लगतै प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी प्रमुख गोविन्द पुरी सहितको टोलीले मुग्लिन जादै गरेका यात्रुलाई फर्काएर नारायणगढ ल्याएको थिए। 

प्रमुख जिल्ला अधिकारी अर्यालले भने, “पहिरोले यात्रु रोकिएपछि प्रहरीको वसबाट फर्काएर नारायणगढ ल्याएका छौं । छिटो यातायात सञ्चालनको लागि प्रयत्न छौं तर कहिले खुल्छ भन्न सकिने अवस्था छैन ।” दिउँसो ४ बजेदेखि पहिरो स्थलमा खटिएका अर्याल सहितको सुरक्षा प्रमुखको टोली राति १ बजे फर्केको थियो । वुधबार विहान फेरी घटना स्थल पुगेर राजमार्ग खुलाउने प्रयासमा लागेको अर्यालले जानकारी दिए। 

अझैपछि पहिरो गएको स्थलमा माथिबाट स(साना पहिरो आइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । माथिबाट थप ठुलो पहिरोको सम्भावना कम रहेपछि झर्न बाँकी रहेका ढुङ्गाहरू पूर्णरुपमा तल नझरिसकेको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी आचार्यले बताए।

अझै साना तथा मझौला स्तरका ढुङ्गाहरू झर्न सक्ने सम्भावना रहेको छ । कार्यालयका उपकरणहरु आफू सुरक्षित रहँदै निरन्तर रुपमा पहिरो सफा गर्ने कार्यमा लागि रहेको जानकारी दिनुभयो । पहिरो पन्छ्याउन समय लाग्ने हुँदा वैकल्पिक राजमार्ग प्रयोग गर्न कार्यालयले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना प्रकाशित गरी तत्काल मुग्लिनको बाटो सञ्चालन गर्न नसकिने भएकाले राजधानी आउन जान अन्य बाटो प्रयोग गर्न अनुरोध गरेको छ । 

राजधानी काठमाडौंबाट तराइ आएका सवारीसाधन मुग्लिनमा रोकिएका छन् । बाटो खुल्ने अनिश्चित भएपछि यात्रुको विचल्ली भएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पम्फा भुसालले फागुन २१ को निर्वाचन नलड्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...

सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल सकियो, निवास सर्ने तयारी

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...

६ महिनादेखि बन्द रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु

रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...

कञ्चनपुरमा बाघको आक्रमणबाट वृद्धाको मृत्यु

धनगढी । बाघको आक्रमणबाट कञ्चनपुरमा एक वृद्धाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका अनुसार भारतको दुधुवा नेशनल पार्कमा घाँस–दाउरा लिन...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–०८२ स्वीकृत गरेको छ। आयोगको शनिबार बसेको बैठकले आचारसंहिता पारित गरेको हो। निर्वाचनको स्वच्छता, निष्...

रास्वपाको समानुपातिक सूची: बालेनको भागमा ४० जना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सांसद सूचीमा बालेन शाह पक्षका ४० जनाको नाम समावेश गर्ने सहमति भएको छ। आइतबार बिहान रास्व...

थाइल्यान्ड–कम्बोडिया सीमा युद्धविराम

बैङ्कक। थाइल्यान्ड र कम्बोडियाले विवादित सीमाक्षेत्रमा हप्तौँदेखि जारी लडाइँ अन्त्य गर्न शनिबार नयाँ युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । दिउँसो...

चिसोले महोत्तरीका विद्यालय बन्द

महोत्तरी। अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको घोषणा गरेका छन् । निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन प्...

मेयर बालेन २ हप्तापछि काठमाडौँ महानगरको जिम्मेवारी छोड्दै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी दुई हप्ताभित्र आफ्नो पदबाट राजीनामा दिने तयारी गरेका छन्। फागुन २१ गते हुने भनि...

हिल्सा सिमकोटको इलिङ काँध सडक एक महिना बन्द

हुम्ला । जिल्लाको उत्तरी क्षेत्र हिल्सा सिमकोटको नाम्खा गाउँपालिका–४ को इलिङ काँध सडक एक महिना बन्द गरिएको छ । उक्त सडक स्तरोन्नति गर्ने कार्य सुरु भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending