Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

मन्त्री घिसिङ र चिनियाँ राजदूतबिच भेटवार्ता : सडक तथा ऊर्जा परियोजनामा सहकार्यबारे छलफल

खबरडबली संवाददाता

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका चेन सोङबिच बुधबार शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई चिनियाँ राजदूत सोङले बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेको र्थिए। 

भेटमा नेपाल–चीनबिचको सडक तथा विद्युत् प्रसारण लाइन कनेक्टिभिटी, चिनियाँ निर्माण व्यवसायीबाट ठेक्का लिएका सडक तथा विद्युत् आयोजनाको निर्माण प्रगति, ऊर्जा क्षेत्रमा सहकार्य, चिनियाँ सहायतामा सञ्चालित आयोजनाहरूको कार्यान्वयन अवस्था, चिनियाँ लगानीलगायतका विषयमा छलफल भएको थियो । 

भेटमा मन्त्री घिसिङले नेपाल र चीनलाई सडक सञ्चालबाट जोड्ने काठमाडौँ—कोदारी (अरनिको) र स्याप्रुबेँसी—रसुवागढी सडक महत्त्वपूर्ण र संवेदनशील रहेको तर पहिरो र कमजोर भौगोलिक अवस्थितिका कारण जोखिमयुक्त रहेकाले चिनियाँ प्रविधि प्रयोग गरी सडक मर्मत गरी स्थायी रूपमा सञ्चालनका लागि आवश्यक सहयोग गरिदिन आग्रह गरे । 

उनले काठमाडौँ उपत्यका चक्रपथ विस्तारअन्तर्गत चिनियाँ अनुदानमा निर्माण हुने कलङ्की—बसुन्धरा खण्डको काम तत्काल सुरु गर्न, अरुण नदी कोरिडोरमा धेरै जलविद्युत् आयोजनाहरू निर्माणाधीन रहेको र नेपालको विद्युत् बजारलाई थप प्रतिस्पर्धी बनाउन किमाथाङ्काबाट अर्को अन्तरदेशीय प्रसारण लाइन निर्माण अगाडि बढाउन आग्रह गरे।

चिनियाँ कम्पनीले ठेक्का लिएका कमला—कञ्चनपुर आयोजनाको निर्माण सन्तोषजनक नरहेको, नारायणघाट—बुटवल र मुग्लिन—पोखरा सडक विस्तारको कामलाई गतिदिन आवश्यक सहयोग र सहजीकरणका लागि पहल गरिदिन आग्रह गरेको थियो । 

राजदूत सोङले नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा सहयोग गर्ने चीन सँधै तयार रहेको उल्लेख गरे।  

भेटमा मन्त्रालयका सचिव केशवकुमार शर्मा, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सुशीलबाबु ढकाल, सडक विभागका महानिर्देशक विजय जैशी, परराष्ट्र मन्त्रालय उत्तरपूर्व एशिया महाशाखाका उपसचिव मनहरी दङ्गाललगायतका सहभागिता थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हामी सबै नेपालीको पेटमा सबैभन्दा बढी अन्न दिने भूमि मधेश हो : विश्वप्रकाश शर्मा

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले देश कठिन अवस्थामा रहेका बेला नेतृत्व सम्हाल्न सक्ने शक्तिलाई विजयी गराउनुपर्ने बताएका छन्।...

भोट नदिए पनि हुन्छ, कामको लिष्ट दिनुस्: बालेन शाह

धनगढी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले आफ्नो पार्टीले जनताको काम गरेर देखाउने बताएको छन् ।  बुधवार धनगढीमा आयोज...

ओखलढुङ्गाका १२ मतदानस्थल अति संवेदनशील

ओखलढुङ्गा । ओखलढुङ्गाका १२ मतदानस्थल अति संवेदनशीलको सूचीमा परेका छन् । जिल्ला सुरक्षा समिति र मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर रहेक...

कांग्रेसको ‘प्रतिज्ञापत्र’ सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेस ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। बुधबार पार्टी सभापति गगन...

बडिगाडको खोलाखर्कमा पिकअप दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

बागलुङ। बागलुङको बडिगाड गाउँपालिका–८ बाट गलकोट हटियातर्फ जाँदै गरेको पिकअप गाडी दुर्घटनामा परेको छ । ग ३ च ६५२१ नम्बरको बोलेरो पिकअप आज बिहान करिब ...

राष्ट्रिय समस्या समाधानपछि मात्र निर्वाचन उपयुक्त - पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचन प्रक्रियातर्फ जानुपर्ने धारणा व्यक्त गरेका छन्। ...

धनगढीमा पुगेर रवि लामिछाने भने : बेथिति र बेरोजगारीको ‘सटर’ एकैपटक बन्द गर्छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बेथिति र बेरोजगारी अन्त्य गर्ने उद्देश्यसहित आफ्नो पार्टी राजनीतिमा आएको बताए...

भोजपुरमा सेना बोकेको बस दुर्घटना, २४ घाइते

काठमाडौं । भोजपुर नगरपालिका–३ स्थित सेतीबगरमा नेपाली सेना बोकेको बस दुर्घटनामा परेको छ। आगामी २१ फागुनमा टेम्केमैयुङ गाउँपालिका मा हुने निर्वाचनका ...

दुई वर्षमा बन्ने बाटो रास्वपाले डेढ वर्षमै बनाउँछ : बालेन शाह

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले दुई वर्षमा सम्पन्न हुने योजना डेढ वर्षमै पूरा गर्ने आफ्नो एजेन्ड...

बेनीघाट-आरुघाट-लार्के सडक चार दिन बन्द हुने

सुलीकोट । गोरखाको बेनीघाट – आरुघाट – लार्के सडकखण्ड अन्र्तगत धार्चे गाउँपालिका – ७ मा पर्ने न्याउनी खोला पुल चार दिनको लागि बन्द हुने भएको छ । उत्तरी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE