काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज भक्तपुरको गुन्डुमा दिउँसो १ बजेका लागि बोलाइएको छ।
यो बैठक जेन–जी आन्दोलनपछि पहिलो पटक बस्न लागेको हो, र उक्त आन्दोलनका क्रममा भएका मानवीय तथा भौतिक क्षतिका विषयमा अध्यक्ष केपी शर्मा ओलीमाथि उठेका प्रश्नहरूको गम्भीर समीक्षा गरिने तयारी छ।
जेन–जी आन्दोलनको क्रममा भएको ७४ जनाको मृत्यु र दुई हजारभन्दा बढी नागरिक घाइते भएको घटनापछि एमालेभित्र नेतृत्वको भूमिका र जिम्मेवारीबारे चर्को बहस भइरहेको छ। यद्यपि ओलीले आफूले आन्दोलनमा कुनै षड्यन्त्र नगरेको दाबी गर्दै मानवीय क्षतिको जिम्मेवारी लिन अस्वीकार गर्दै आएका छन्। उनले आन्दोलनमा घुसपैठ भएको र गोली चलाउने आदेश सरकारबाट नभएको दाबी गर्दै आएका छन्।
पार्टीभित्र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, साथै सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्टलगायत नेताहरूले आन्दोलनपछि उत्पन्न परिस्थितिमा पार्टी नेतृत्व पुनर्गठन हुनुपर्ने माग राख्दै आएका छन्।
उपमहासचिव प्रदीप ज्ञवालीले सचिवालय बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको गम्भीर समीक्षा गरी आवश्यक निर्णयहरू लिइने बताएका छन्। वरिष्ठ उपाध्यक्ष पोखरेलले पनि बैठकमा पछिल्लो अवस्था मूल्याङ्कन गरिनुका साथै पार्टीका आगामी कार्यक्रमहरू तय गरिने जानकारी दिएका छन्।
जेन–जी आन्दोलनपछिको सन्नाटा तोड्दै ओलीले सेनाको ब्यारेकबाट गुन्डु सरेपछि नेताहरूसँग राजनीतिक अवस्थाबारे ब्रिफिङ गरेका थिए। शनिबार गुन्डुमा आयोजित सार्वजनिक कार्यक्रममा उनले आन्दोलनमा क्षति रोक्न आफूले निर्देशन दिएको भए पनि अवस्था नियन्त्रणबाहिर गएको बताए।
ओलीले आफू विदेश नभाग्ने स्पष्ट गर्दै अन्तरिम सरकारलाई देशको जिम्मा लगाउने कुरा अस्वीकार गरे। उनले सरकार संवैधानिक बाटोबाट नबनेको आरोप लगाउँदै राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो सुझावमा नागरिक सरकार गठनतर्फ कदम चालेको दाबी गरे।
ओलीले आफूलाई आक्रमणको धम्की आए पनि सरकारबाट सुरक्षा नपाएको गुनासोसमेत गरेका छन्।
यसैबीच, सचिवालयमा रहेका नेताहरूले पार्टीभित्रको असमझदारी समाधान गर्न बैठक बोलाएर आवश्यक निर्णय लिनु पर्ने सुझाव दिँदै आएका छन्। बैठकमा यी सबै विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: