चितवन । दसैँलाई मिठो खाने चाडको रूपमा लिइन्छ । महाअष्टमीका दिन घरघरमा पशु बलि दिई मासु खाने परम्परा पुरानो भए पनि चिकित्सकहरूले यसलाई पूर्ण रूपमा रोक्नुपर्ने नभई स्वस्थ तरिकाले पकाएर मात्र खानुपर्ने सुझाव दिएका छन्।
पुष्पाञ्जली अस्पतालका फिजिसियन डा। भोजराज अधिकारीले मासु आफैँमा खराब नभए पनि पकाउने तरिकाका कारण अस्वस्थ बन्ने बताए। उनले बोसो नभएको ताजा मासु थोरै मात्रामा खाने र पोल्ने, तार्ने वा धेरै दिनसम्म राखेर खाने नगर्न चेतावनी दिए। दसैँमा खानपिनमा लापरबाहीका कारण रक्तचाप, मधुमेह, ग्यास्ट्रिक, युरिक एसिड र पेटजन्य समस्या बढ्ने उनको भनाइ छ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका प्रमुख डा। गुरुशरण साहले रातो मासु धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको जोखिम बढ्ने बताए। वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा। विनय ठाकुरले बोसो भएको मासुलाई आगोमा पकाउँदा आन्द्राको क्यान्सर हुने खतरा बढ्ने चेतावनी दिए।
चितवन मेडिकल कलेजका डीएम इण्डोक्राइनोलोजिस्ट डा। सौरभ खतिवडाले अस्वस्थ तरिकाले पकाएको मासुले मोटोपन, उच्च कोलेस्ट्रोल र मधुमेहको जोखिम बढाउने बताए। उनका अनुसार राति बोसोयुक्त मासु खाँदा बिहानसम्मै रगतमा चिनीको मात्रा बढिरहने भएकाले स्वास्थ्यलाई थप असर गर्छ।
मुटुरोग विशेषज्ञ प्रा. डा. श्यामराज रेग्मीले चिल्लो मासु र असन्तुलित खानपानले मुटु रोगीमा समस्या बढाउने बताए। उनका अनुसार सामान्य अवस्थामा थोरै मात्रामा बोसो रहित मासु खान सकिए पनि उच्च रक्तचाप, सुगर र कोलेस्ट्रोल भएका बिरामीले विशेष सावधानी अपनाउनुपर्छ।
चिकित्सकहरूका अनुसार दसैँमा मासु खानु नै गलत होइन तर बासी, पोलिएको, तारिएको र अत्यधिक बोसोयुक्त मासुबाट टाढा रहनु, सागसब्जी र गेडागुडीसँग सन्तुलन मिलाउनु, मिठाई र मदिरा–चुरोट कम गर्नु स्वास्थ्यका लागि आवश्यक छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - २१:२८
काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...
चैत्र १८ गते, २०८२ - २१:२४
काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...
चैत्र १८ गते, २०८२ - २१:१७
डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...
चैत्र १८ गते, २०८२ - २०:५७
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...
चैत्र १८ गते, २०८२ - २०:५६
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...
चैत्र १८ गते, २०८२ - २०:०७
काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...
चैत्र १८ गते, २०८२ - २०:०१
काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...
चैत्र १८ गते, २०८२ - १९:५८
काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...
चैत्र १८ गते, २०८२ - १९:५६
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...
चैत्र १८ गते, २०८२ - १९:५४
कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...


प्रतिकृया लेख्नुहोस्: