Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

काठमाडौं जाने सवारी तीन जिल्लामा रोकिँदा यात्रु अलपत्र

खबरडबली संवाददाता

काठमाडौं । निरन्तर वर्षासँगै खसेको पहिरोका कारण काठमाडौं–चितवनतर्फका सवारी साधन तीन जिल्लामा रोकिएका छन्। पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डमा देखिएको जोखिमका कारण चितवन, तनहुँ र धादिङमा ट्रक, बस र साना गाडीलाई होल्डिङ सेन्टरमा रोकिएको हो।

धादिङ प्रहरी प्रमुख एसपी भेषराज रिजालका अनुसार राति २ बजेदेखि जवाङ खोलामा खसेको पहिरोले बाटो पूर्ण अवरुद्ध छ। पटक–पटक पहिरो खसिरहेकोले नयाँ सवारीलाई बाटोमै नआउन आग्रह गरिएको उनले बताए। जोखिममा रहेका सवारीलाई प्रहरीको निगरानीमा काटेर पास गराइए पनि हाल पूर्ण अवरोध कायम छ।

चितवन प्रहरी प्रमुख एसपी गोविन्द पुरीले नारायणगढ–मुग्लिन सडक खण्डमा तुइनखोला लगायतका धेरै ठाउँमा ढुंगा खस्ने क्रम जारी रहेको जानकारी दिए। यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै बिहान ६ बजेदेखि नै राजमार्गमा गाडी रोकिएको उनको भनाइ छ।

तनहुँतर्फ पनि डुम्रे र आँबुखैरहनीमा गाडी होल्ड गरिएको छ। ट्राफिक प्रमुख कृष्णबहादुर चन्दका अनुसार सडक जोखिमपूर्ण रहेकाले बिहान ७ बजेदेखि मात्रै यात्रुहरूलाई छोड्ने वा फर्काउने निर्णय भइरहेको छ।

यद्यपि सडक डिभिजन कार्यालयले अवरोध हटाइएको जानकारी सार्वजनिक गरे पनि सुरक्षाकर्मीहरूले यात्रुको जीवनलाई खतरामा राखेर सवारी पास गर्न नसकिने स्पष्ट पारेका छन्।

प्रहरीले यात्रुहरूलाई अहिलेका लागि घरमै बस्न आग्रह गर्दै ठूलो वर्षा भइरहेसम्म राजमार्ग बन्द रहने सम्भावना रहेको चेतावनी दिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्वालटारको प्रतीक्षालयमा ८० वर्षीय वृद्ध मृत फेला

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका-३, ग्वालटारस्थित प्रतीक्षालयमा एकजना वृद्ध मृत फेला परेका छन् । प्रहरीका अनुसार सोही स्थानमा बस्ने रामेछा...

सरकार बनेको डेढ महिना, बजेट खर्च ३ प्रतिशत पनि नाघेन

मधेस सरकारको गति र दिशामाथि बढ्दो प्रश्न

समानुपातिक सूचीमा असन्तुष्टि उत्कर्षमा : उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ नाघ्यो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीको बन्दसूचीबाट उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुगेको छ । निर्वाचन आयोगका अनुसार यो संख...

तीन तोलाको औंठी लुट्न ८३ वर्षीय वृद्धको हत्या, २३ वर्षीय सदधाम मन्सुर पक्राउ

ललितपुर  । तीन तोलाको सुनको औंठी लुट्ने उद्देश्यले ललितपुरमा ८३ वर्षीय वृद्धको निर्मम हत्या गरिएको खुलेको छ । इलाम घर भई ललितपुर महानगरपालिका–१७ प्रसि...

निर्वाचन बहिष्कारको दबाब बढ्दै : भोलि उपत्यका बन्द, जुलुसकै दिन तीन दर्जन पक्राउ

काठमाडौँ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको विरोध गर्दै भोलि काठमाडौँ उपत्यका बन्दको घोषणा गरिएको छ। निर्वाचन प्रक्रियालाई नै अस्वीक...

‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’ सार्वजनिक : प्रेम, धोका र पीडाको मर्मस्पर्शी कथा

काठमाडौँ  । चलचित्र ‘द ब्ल्यू लाइट’को नयाँ गीत ‘कुन हावाले’ सार्वजनिक भएको छ। निर्माण पक्षले आज युट्युब च्यानल ‘मौरी पिक्चर्स’ मार्फत गीत सार्वजनिक गर...

कांग्रेसमा एकता कायम गर्न देउवाको वार्ता प्रयास

‘विशेष महाधिवेशन विवाद बीच सभापति देउवाले पक्षधरसँग वार्ता गर्ने’

मदनकृष्ण श्रेष्ठले सार्वजनिक गरे यम बरालका तीन नयाँ गीत

काठमाडौं ।  गायक यम बरालका तीन नयाँ गीत सोमबार राजधानीमा सार्वजनिक भएका छन्। सार्वजनिक गीतहरू हुन्: ‘यो साँझ फेरी’, ‘जुन र सुनको’, र ‘टेण्डर माया’। ...

दबाब र विवादबीच कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति बैठक

‘विशेष महाधिवेशनको प्रस्ताव र आन्तरिक विवादको समाधान खोज्ने कदम’

पार्टी एकताको संदेश: रामहरि खतिवडाद्वारा कांग्रेसभित्र विभाजन रोक्न अपिल

‘मेरो गोरुको बाह्रै टक्का जस्तो पार्टीलाई सुरक्षित राखौं’

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending