Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

रानीबारी खोलामा दम्पती हामफाल्दा श्रीमती बेपत्ता, श्रीमानको उद्धार

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंको रानीबारीस्थित खोलामा शनिबार अपराह्न एक दम्पतीले हाम फालेका छन् । घटनामा श्रीमानको उद्धार गरिएको छ भने श्रीमती अझै बेपत्ता भएकी छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार शनिबार साँझ करिब सवा ४ बजेतिर काठमाडौं महानगरपालिकाको म्हेपी रानीबारी खोलामा दम्पतीले हाम फालेका हुन्।

बेपत्ता हुने महिला रितु रोका भएको प्रहरीले जनाएको छ। उनका श्रीमान श्याम बुढाथोकीलाई भने उद्धार गरिएको छ। प्रहरीका अनुसार श्रीमान–श्रीमतीबीच झगडा भएपछि दुवै जना आवेशमा आएर खोलामा हाम फालेका थिए। लगातारको वर्षाका कारण खोला भरिभराउ रहँदा दुर्घटना भएको हो।

सो घटनामा धादिङ ज्वालामुखी गाउँपालिका घर भई अहिले म्हेपी बस्ने अमन टुन्चिङ मगरले ठूलो जोखिम मोलेर उद्धार प्रयास गरेका थिए । उनले खोलामा हाम फालेर श्रीमान बुढाथोकीलाई समाए। तर बलियो भेलका कारण उनी स्वयं बग्न लागेको अवस्थामा प्रहरीले दुवै जनालाई उद्धार गरेको हो।

मगर र बुढाथोकीलाई तत्काल उद्धार गरी उपचारका लागि पिपल्स अस्पताल लगिएको थियो। सामान्य उपचारपछि दुवै जना अस्पतालबाट डिस्चार्ज भएका छन्। तर श्रीमती रितु रोकाको अवस्था भने अज्ञात छ। उनको खोजी कार्य प्रहरी र स्थानीयको सहयोगमा भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थल वरपरका बासिन्दा र खोला किनारमा आवतजावत गर्नेहरुलाई सतर्क रहन आग्रह गरेको छ। लगातार वर्षाले खोला नजिक आवतजावत गर्दा जोखिम बढेको भन्दै प्रहरीले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।क

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानलाई माटो परीक्षण गर्न आह्वान

काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...

नेपाल टेलिकमको थ्रीजी सेवा क्रमिक बन्द, फोरजीमा रूपान्तरण सुरु

काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...

डोल्पामा बाटोमै सुत्केरी, नवजात शिशुको मृत्यु

डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...

सर्लाहीको रामवनमा दुई किशोरी मृतावस्थामा फेला

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...

जनयुद्धकालदेखि संसदसम्मको राजनीतिक यात्रामा ‘बादल’, बने एमाले संसदीय दलको नेता

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...

नबिल बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा सूचीकृत

काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...

एमालेको रणनीति: सदनमा ‘वाचडग’ भूमिका, पहिलो बैठक अवरोध नगर्ने

काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...

सधैं साथमा तिम्रो’मा सुरेश–रेहाको रोमान्टिक प्रस्तुति सार्वजनिक

काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...

सवारी दुर्घटना हुँदा कपिलवस्तुमा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending