Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

रौतहटमा चट्याङको त्रास : तीन जनाको मृत्यु, प्रहरी उपकरण समेत नष्ट

खबरडबली संवाददाता

रौतहट ।  असोज १८ गतेकाे   साँझ आकाशमा मडारिएको कालो बादल, हावाहुरीको गर्जन, र त्यसपछि चट्याङको चट्याङ चट्याङ आवाज, यही आवाजले क्षणचभरमै रौतहटमा तीनजनाको ज्यान लियो।

शनिबार साँझ ६ बजेतिर परेको चट्याङले कटहरिया नगरपालिका–२ र ईशनाथ नगरपालिका–८ मा विनाश बोकेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार, चट्याङको प्रहारबाट तीनजनाको मृत्यु भएको छ भने प्रहरी कार्यालयका उपकरणसमेत क्षतिग्रस्त भएका छन्।

दुई किशोर र एक वृद्धको गयाे ज्यान

कटहरियाका १६ वर्षे सेराज लहेरी र १६ वर्षे नवीन यादव घर बाहिर साथीहरूसँग घुमिरहेका थिए। वर्षाको सुस्केरा र हावाको झोक्कासँग रमाइरहेका ती किशोरहरूलाई क्षणभरमै आकाशले पोलायो— चट्याङले दुबैलाई एकैचोटि ढाल्यो। स्थानीयहरूका अनुसार, “एकछिन अन्धकार भयो, अनि थाहा भयो—छोराहरू मरेछन्।”

उता, भारतसँग सिमाना जोडिएको ईशनाथ नगरपालिका–८ मनसरी गाउँका ४५ वर्षे शेख जमरुन (ननक) आफ्नै घरको बरन्डामा बसिरहेका थिए। चट्याङको बिजुली सीधै छतमा बज्रियो— र उनी घटनास्थलमै निस्सासिए। तीनैजनाको शव राति नै प्रादेशिक अस्पताल गौर पठाइएको छ।

डिएसपी कार्कीका अनुसार, “पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको छ, प्रहरी टोलीले थप क्षतिको विवरण सङ्कलन गरिरहेको छ।”

प्रहरी उपकरणमा समेत क्षति

वर्षासँगै आएको चट्याङले केवल जनजीवन मात्र होइन, प्रहरी संरचनामा पनि असर पुर्‍यायो।
इलाका प्रहरी कार्यालय शिवनगरको भवनभित्र रहेको इनभर्टर र १२ भोल्टको ब्याट्री जल्दै बिग्रिएको छ।  प्रहरीका अनुसार, “त्यो समयमा कार्यालयमा ड्युटीमा रहेका कर्मचारी बालबाल बचे।”

मौसमविद्हरूका अनुसार हाल देशभर मनसुनी वायु अझै सक्रिय छ।  दक्षिण र पूर्वी नेपालमा हावाहुरीसहित चट्याङ पर्ने सम्भावना बढेको छ।

विशेषगरी रौतहट, सिरहा, धनुषा र सर्लाही जस्ता मधेशका जिल्लाहरूमा हरेक वर्ष चट्याङका कारण जनधनको क्षति भइरहेकाले सतर्कता आवश्यक रहेको विशेषज्ञहरूको भनाइ छ।

पीडामा डुबेको गाउँ

रौतहटको कटहरिया र मनसरी गाउँ अहिले शोकमा छ। चट्याङको आवाज सुन्नासाथ बत्ती निभाउने, आकाशतिर नहेर्ने र मोबाइल बन्द गर्ने चलन अझै पनि त्यहाँ सामान्य छ।
तर, हरेक वर्ष यो प्राकृतिक विपत्तिले नयाँ कथा लेख्छ— यो वर्ष त्यो कथा तीन निर्दोष जीवनको अन्त्यसँग जोडिएको छ। चट्याङको एक चमकले उज्यालो होइन, अँध्यारो ल्यायो । रौतहट आज फेरि भिजेको छ, पानीले मात्र होइन, पीडाले पनि।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानलाई माटो परीक्षण गर्न आह्वान

काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...

नेपाल टेलिकमको थ्रीजी सेवा क्रमिक बन्द, फोरजीमा रूपान्तरण सुरु

काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...

डोल्पामा बाटोमै सुत्केरी, नवजात शिशुको मृत्यु

डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...

सर्लाहीको रामवनमा दुई किशोरी मृतावस्थामा फेला

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...

जनयुद्धकालदेखि संसदसम्मको राजनीतिक यात्रामा ‘बादल’, बने एमाले संसदीय दलको नेता

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...

नबिल बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा सूचीकृत

काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...

एमालेको रणनीति: सदनमा ‘वाचडग’ भूमिका, पहिलो बैठक अवरोध नगर्ने

काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...

सधैं साथमा तिम्रो’मा सुरेश–रेहाको रोमान्टिक प्रस्तुति सार्वजनिक

काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...

सवारी दुर्घटना हुँदा कपिलवस्तुमा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending