Khabar Dabali २ मंसिर २०८२ सोमबार | 17th November, 2025 Mon
Investment bank

कसको काँधमा पर्ला मधेस सरकारको नेतृत्व ? जनमत पार्टी निर्णायक

खबरडबली संवाददाता
काठमाडौँ ।  महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मधेस प्रदेश सरकारको नेतृत्व गर्ने दाबी गरेको छ। दसैंको बेला महोत्तरी पुगेका अध्यक्ष ठाकुरले प्रदेशसभा सदस्यहरूसँग छलफल गरेपछि पार्टीले अब सरकारको नेतृत्व गर्नुपर्ने निष्कर्ष निकालेको हो।
 
लोसपा प्रदेशसभा सदस्य रामबाबु यादवका अनुसार, पार्टीले विगतमा हरेक सरकारमा सहभागिता जनाए पनि कहिल्यै नेतृत्व गरेको छैन।  “पहिले सधैं दुई–चार मन्त्रालय पाउँथ्यौं, तर त्यसले केही फरक पारेन। अब सरकारको नेतृत्व लिएर अगाडि बढ्ने बेला आएको छ,”  रामबाबु यादव, प्रदेशसभा सदस्य
 
अध्यक्ष ठाकुरसँग परामर्शपछि केन्द्रसँग छलफल
 
यादवका भनाइअनुसार अध्यक्ष ठाकुर यस विषयमा सकारात्मक छन् र अब केन्द्रीय नेताहरूसँग अन्तिम छलफल गरेर निर्णय लिने तयारीमा छन्।
 
“हामीले सबै कुराको जानकारी अध्यक्षज्यूलाई गराइसकेका छौं,” यादवले भने, “अब उहाँले केन्द्रसँग छलफल गरेर अन्तिम निर्णय लिनुहुन्छ।”
 
जनमत अल्पमतमा, नयाँ नेतृत्वको खोजी
 
मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको जनमत पार्टी अल्पमतमा परेपछि मधेसमा नयाँ सरकार गठनका लागि दलहरूबीच सरगर्मी बढेको छ।
नेपाली कांग्रेस, जसपा नेपाल र लोसपा नेपाल सबैले सरकारको नेतृत्वमा दाबी गरिरहेका छन्।
 
कांग्रेसका मधेस प्रदेश अध्यक्ष कृष्ण यादवले सरकार बनाउन लोसपा नेपालसँग सहकार्यको प्रस्ताव राखेका छन्।
त्यस्तै जसपा नेपालका नेता सरोज यादवले पनि आफ्नो नेतृत्वमा सरकार बनाउन लोसपाको साथ खोजेका छन्।
तर, यसपटक लोसपा नेपाल आफैं नेतृत्व गर्न अडानमा छ। पार्टीका नेताहरूले सरकारको नेतृत्व नपाए प्रतिपक्षमा बस्ने चेतावनीसमेत दिएका छन्।
 
प्रदेशसभाको गणित
 
मधेस प्रदेशसभामा हाल १०७ जना सदस्य छन्।  सरकार बनाउन ५४ सिट आवश्यक छ। दलगत स्थिति यस्तो छ —
दल     सिट संख्या
एमाले   २५
कांग्रेस     २२
जसपा नेपाल    १९
लोसपा नेपाल   
माओवादी केन्द्र
जनमत पार्टी    १३
एकीकृत समाजवादी     ७
नेपाल संघीय समाजवादी पार्टी    १
नागरिक उन्मुक्ति पार्टी  १
राप्रपा 

कांग्रेस र एमाले मिले पनि सात मत कम पर्छ। त्यस अवस्थामा जनमत पार्टी निर्णायक शक्ति बन्न पुगेको छ।

‘जनमतले साथ दिन्छ’ भन्ने विश्वास
 
लोसपा नेपालका महासचिव डा। सुरेन्द्र झाले भने,  “वर्तमान सरकार बनाउँदा हामीले जनमत पार्टीलाई सहयोग गरेका थियौं। अब सरकारको नेतृत्व लोसपा नेपालले गर्दा जनमतले पनि साथ दिनेछ भन्ने विश्वास छ।”
 
उनले अन्य दलहरू—कांग्रेस, माओवादी, जसपा र एमाले—सबैसँग संवाद भइरहेको बताएका छन्।  उनका अनुसार, गठबन्धनमा आकारभन्दा बढी विश्वास र सहयोगको भावना नै निर्णायक हुनेछ।
 
तराईका दलहरू एक मतमा छैनन्त तराई–मधेस केन्द्रित दलहरूको साझा प्लेटफर्म संघीय लोकतान्त्रिक मोर्चा ले मधेसमा मधेसी दलकै नेतृत्वमा सरकार बन्नुपर्ने धारणा लिएको छ।
तर जसपा नेपाल र जनमत पार्टीबीचको दूरीका कारण यस्तो सहकार्य कठिन देखिएको छ।
 
पहिले लोसपा नेपालले जनमत नेतृत्वको सरकारलाई साथ दिएको थियो, तर जसपा नेपाल विपक्षमा बसेको थियो।
त्यसैले यसपटक जसपा नेतृत्वको सरकार बने जनमत पार्टी त्यसमा नजाने सम्भावना पनि उच्च छ।
 
संक्षेपमा, मधेस प्रदेशमा सत्ता समीकरण फेरिने संकेत प्रष्ट देखिएको छ।
संख्याको हिसाबले जनमत पार्टी नै निर्णायक अवस्थामा छ भने, लोसपा नेपाल नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना पनि नकार्न सकिँदैन।
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बजेटविहीन स्थानीय तहः मधेशमा चार महिनापछि पनि सरकारी योजना अलपत्र

काठमाडाैं । मधेश प्रदेशको स्थानीय कार्यालयहरू चार महिना अघि आर्थिक वर्ष सुरु भए पनि अबसम्म बजेट ल्याउन सकेका छैनन्। चालु आर्थिक वर्षको जेठदेखि असारसम्...

नेपालको झण्डासहित मधेश भवनमा सात दलको धर्ना

काठमाडाैं । जनकपुरधामको बिहानको चिसो हावा भित्र, मधेश भवन अगाडि सात दलका नेता र कार्यकर्ता धर्नामा बसेका थिए। यो धर्ना कुनै साधारण प्रदर्शन होइन; यहाँ...

दाङको नारेबाङ: शान्ति र हरियालीको अनुपम मेल

काकठमाडाैं । दाङको घोराही उपमहानगरपालिका–१२ अन्तर्गत पर्ने नारेबाङ गाउँ र वरिपरिको भूभागले आउने आगन्तुकलाई पहिलो नजरमै मोहित बनाउँछ। हरियालीले ढाकिएको...

सोलुमा ‘पावर–टिकट’को साम्राज्य : सर्वसाधारणकाे उडान अधिकार अपहरण

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशीका उजिर कार्की शनिबार बिहान काठमाडौँ जान बाध्य भए। घरको समस्या थियो, अत्यावश्यक काम । उनले जस्तै धेरैजना सामान्...

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मकवानपुर  । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ...

सुनको मूल्यमा ठूलो पहिरो : एकैदिन घट्यो ६ हजार ९०० रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा ठूलै पहिरो आएको छ। एकैदिनमै तोलामा ६ हजार ९०० रुपैयाँले सुन सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महा...

कैलालीमा २० ग्रामभन्दा बढी खैरो हेरोइनसहित ९ जना पक्राउ

कैलाली । जिल्लाका विभिन्न स्थानमा प्रहरीले गरेको चेकजाँचपछि २० ग्राम ६१० मिलिग्राम खैरो हेरोइनसहित ९ जना पक्राउ परेका छन्। पक्राउ परेकासँगै प्रहरीले च...

नेपाल बैंक ८९औँ वर्षमा प्रवेश, अध्यक्ष शर्माद्वारा शुभकामना

काठमाडौँ । नेपाल बैंक लिमिटेड आज कात्तिक ३० गते आइतबारदेखि ८९औँ वर्षमा प्रवेश गरेको छ। निरन्तर ८८ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको देशको पहिलो ब...

गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको हो । शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न...

कोदोको बिष्कुटको माग उच्च, पाउरोटी बनाउने तयारी

काठमाडाैं । कोदोको परिकारको विविधिकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ । कोदोको परिकार ढिडो, रो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending