Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

कसको काँधमा पर्ला मधेस सरकारको नेतृत्व ? जनमत पार्टी निर्णायक

खबरडबली संवाददाता
काठमाडौँ ।  महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मधेस प्रदेश सरकारको नेतृत्व गर्ने दाबी गरेको छ। दसैंको बेला महोत्तरी पुगेका अध्यक्ष ठाकुरले प्रदेशसभा सदस्यहरूसँग छलफल गरेपछि पार्टीले अब सरकारको नेतृत्व गर्नुपर्ने निष्कर्ष निकालेको हो।
 
लोसपा प्रदेशसभा सदस्य रामबाबु यादवका अनुसार, पार्टीले विगतमा हरेक सरकारमा सहभागिता जनाए पनि कहिल्यै नेतृत्व गरेको छैन।  “पहिले सधैं दुई–चार मन्त्रालय पाउँथ्यौं, तर त्यसले केही फरक पारेन। अब सरकारको नेतृत्व लिएर अगाडि बढ्ने बेला आएको छ,”  रामबाबु यादव, प्रदेशसभा सदस्य
 
अध्यक्ष ठाकुरसँग परामर्शपछि केन्द्रसँग छलफल
 
यादवका भनाइअनुसार अध्यक्ष ठाकुर यस विषयमा सकारात्मक छन् र अब केन्द्रीय नेताहरूसँग अन्तिम छलफल गरेर निर्णय लिने तयारीमा छन्।
 
“हामीले सबै कुराको जानकारी अध्यक्षज्यूलाई गराइसकेका छौं,” यादवले भने, “अब उहाँले केन्द्रसँग छलफल गरेर अन्तिम निर्णय लिनुहुन्छ।”
 
जनमत अल्पमतमा, नयाँ नेतृत्वको खोजी
 
मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको जनमत पार्टी अल्पमतमा परेपछि मधेसमा नयाँ सरकार गठनका लागि दलहरूबीच सरगर्मी बढेको छ।
नेपाली कांग्रेस, जसपा नेपाल र लोसपा नेपाल सबैले सरकारको नेतृत्वमा दाबी गरिरहेका छन्।
 
कांग्रेसका मधेस प्रदेश अध्यक्ष कृष्ण यादवले सरकार बनाउन लोसपा नेपालसँग सहकार्यको प्रस्ताव राखेका छन्।
त्यस्तै जसपा नेपालका नेता सरोज यादवले पनि आफ्नो नेतृत्वमा सरकार बनाउन लोसपाको साथ खोजेका छन्।
तर, यसपटक लोसपा नेपाल आफैं नेतृत्व गर्न अडानमा छ। पार्टीका नेताहरूले सरकारको नेतृत्व नपाए प्रतिपक्षमा बस्ने चेतावनीसमेत दिएका छन्।
 
प्रदेशसभाको गणित
 
मधेस प्रदेशसभामा हाल १०७ जना सदस्य छन्।  सरकार बनाउन ५४ सिट आवश्यक छ। दलगत स्थिति यस्तो छ —
दल     सिट संख्या
एमाले   २५
कांग्रेस     २२
जसपा नेपाल    १९
लोसपा नेपाल   
माओवादी केन्द्र
जनमत पार्टी    १३
एकीकृत समाजवादी     ७
नेपाल संघीय समाजवादी पार्टी    १
नागरिक उन्मुक्ति पार्टी  १
राप्रपा 

कांग्रेस र एमाले मिले पनि सात मत कम पर्छ। त्यस अवस्थामा जनमत पार्टी निर्णायक शक्ति बन्न पुगेको छ।

‘जनमतले साथ दिन्छ’ भन्ने विश्वास
 
लोसपा नेपालका महासचिव डा। सुरेन्द्र झाले भने,  “वर्तमान सरकार बनाउँदा हामीले जनमत पार्टीलाई सहयोग गरेका थियौं। अब सरकारको नेतृत्व लोसपा नेपालले गर्दा जनमतले पनि साथ दिनेछ भन्ने विश्वास छ।”
 
उनले अन्य दलहरू—कांग्रेस, माओवादी, जसपा र एमाले—सबैसँग संवाद भइरहेको बताएका छन्।  उनका अनुसार, गठबन्धनमा आकारभन्दा बढी विश्वास र सहयोगको भावना नै निर्णायक हुनेछ।
 
तराईका दलहरू एक मतमा छैनन्त तराई–मधेस केन्द्रित दलहरूको साझा प्लेटफर्म संघीय लोकतान्त्रिक मोर्चा ले मधेसमा मधेसी दलकै नेतृत्वमा सरकार बन्नुपर्ने धारणा लिएको छ।
तर जसपा नेपाल र जनमत पार्टीबीचको दूरीका कारण यस्तो सहकार्य कठिन देखिएको छ।
 
पहिले लोसपा नेपालले जनमत नेतृत्वको सरकारलाई साथ दिएको थियो, तर जसपा नेपाल विपक्षमा बसेको थियो।
त्यसैले यसपटक जसपा नेतृत्वको सरकार बने जनमत पार्टी त्यसमा नजाने सम्भावना पनि उच्च छ।
 
संक्षेपमा, मधेस प्रदेशमा सत्ता समीकरण फेरिने संकेत प्रष्ट देखिएको छ।
संख्याको हिसाबले जनमत पार्टी नै निर्णायक अवस्थामा छ भने, लोसपा नेपाल नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना पनि नकार्न सकिँदैन।
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending