Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

पोर्टल्यान्डमा नेसनल गार्ड तैनाथ गर्ने ट्रम्पको ‘गैरकानूनी प्रयास’ अदालतले रोकिदियो

खबरडबली संवाददाता

क्यालिफोर्निया । क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले आइतबार (स्थानीय समय) राष्ट्रपति श्री डोनाल्ड ट्रम्पको पोर्टल्यान्डमा तीन सय नेसनल गार्ड सेना तैनाथ गर्ने ‘गैरकानूनी प्रयास’ लाई एक सङ्घीय न्यायाधीशले रोक लगाएको बताएको छन् ।

“एक सङ्घीय न्यायाधीशले ट्रम्पको पोर्टल्यान्डमा तीन सय राष्ट्रिय गार्ड सदस्य पठाउने गैरकानूनी प्रयासलाई अवरुद्ध गरे। अदालतले हाम्रो अस्थायी प्रतिबन्धको मागलाई स्वीकृति दिएको छ(कुनै पनि राज्यबाट ओरेगनमा कुनै महासङ्घ वा गार्ड सदस्यको नियुक्ति गर्न पाइने छैन । राष्ट्रपतिको शक्तिको दुरुपयोग अब स्वीकार्य हुने छैन”, गभर्नर न्युसमले एक्समा लेखे ।

अदालतको अघिल्लो आदेशले उनलाई ओरेगनको आफ्नै गार्ड सेना परिचालन गर्नबाट रोकेपछि, क्यालिफोर्नियाका गार्ड सदस्यलाई ओरेगन पठाउन ट्रम्पले आदेश दिएपछि यो निर्णय आएको हो । “सङ्घीय अदालतले ओरेगन नेसनल गार्डलाई सङ्घीय बनाउने ट्रम्पको प्रयास रोकिदिएपछि उनले अब तीन सय क्यालिफोर्निया गार्ड सदस्यहरूलाई ओरेगनमा पठाइ रहेको छन् । ती सैनिक अहिले त्यहाँ जाँदैछन्”, गभर्नर न्युसमले अर्को पोस्टमा भने, “हामी यो लडाइँलाई अदालतमै फर्काइरहेका छौँ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिको यस्तो लापरवाह र अधिनायकवादी व्यवहारका अगाडि जनता मौन रहन सक्दैनन् ।”

पेन्टागनका अनुसार, क्यालिफोर्नियामा सेवा गरिरहेका करिब दुई सय गार्ड सदस्यलाई पहिले नै पोर्टल्यान्डमा पुन: नियुक्त गरिएको छ र थप एक सय जना पछि पठाइने अपेक्षा गरिएको सिएनएनले जनाएको छ । ओरेगनकी गभर्नर टिना कोटेकले शनिबार करिब एक सय गार्ड सदस्य पुगेको र आइतबार थप सैनिक आइपुगेको पुष्टि गरे।

ओरेगनको अमेरिकी जिल्ला अदालतकी न्यायाधीश करिन इमर्गुटले एक दिनअघि नै ट्रम्प र रक्षा मन्त्रालयलाई दुई सय ओरेगन गार्ड सदस्यलाई ६० दिनका लागि परिचालन गर्नबाट रोक्ने अस्थायी आदेश जारी गरेको थिए। उनले आदेशमा राष्ट्रपति ट्रम्पले आफ्नो संवैधानिक अधिकार नाघ्नु भएको हुन सक्छ भन्ने निष्कर्ष अदालतले निकाल्ने अपेक्षा छ भनी लेखेको थिए।

ट्रम्पले आप्रवासन तथा भन्सार प्रवर्तन ९आइसिई० सुविधा बाहिर भएका विरोध प्रदर्शनको जवाफ दिन पोर्टल्यान्डमा नेसनल गार्ड सेनाको आवश्यकता रहेको बताएको थिए। उनले सिकागोसहित अन्य डेमोक्रेटिक नेतृत्वका सहरमा पनि गार्ड युनिट पठाउने योजना बनाएको छन् । इलिनोइसका गभर्नर जे।बी। प्रिट्जकरका अनुसार ह्वाइट हाउसले त्यहाँ पनि तीन सय गार्ड सदस्य तैनाथ गर्ने तयारी गरिरहेको छ ।

यस वर्षको सुरुमा आप्रवासन प्रवर्तनविरुद्धका प्रदर्शनका क्रममा राष्ट्रपति ट्रम्पले करिब पाँच हजार नेसनल गार्ड र अमेरिकी मरीन सैनिक लस एन्जलसमा पठाएको थिए। पछि एक सङ्घीय न्यायाधीशले ती बललाई घरेलु कानून प्रवर्तनका लागि अवैधरूपमा प्रयोग गरिएको ठहर गर्नु भएको थियो, यद्यपि उक्त निर्णय अहिले अपीलमा रहेको बताइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् ।  ११ ओभरको चौथो, पाँचौँ र छैटौं...

एउटा देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्: झलनाथ खनाल

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...

एमालेले देशलाई गलत दिशामा जान दिदैन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्।  नेकपा एमालेको ११ औँ मह...

एमाले अनेक धक्का चिरेर पनि न्यातपोल र धरहराजस्तै उठ्ने शक्ति हो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...

एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।  प्रशासन कार्यालयले सा...

विकास निर्माणमा ढिलासुस्ती सैह्य हुन्न, काम नगरे ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...

लोकदोहोरी प्रतिष्ठानमा आवद्धको उपचारमा २५ प्रतिशत छुट

गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...

एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दियो : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) को शनिबार फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गरेको छिन् । उनले आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending