भरतपुरस्थित दियालो फुडल्यान्डमा दिउँसो सुरु भएको बैठक राति करिब ८ बजे सकिएको हो। महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित बैठकमा पार्टीका सभापति रवि लामिछाने केही भावुक देखिएका थिए।
वर्तमान केन्द्रीय समितिलाई सम्बोधन गर्दै लामिछानेले सदस्यहरूलाई देशप्रेमले भरिएका र सकारात्मक परिवर्तनको आकांक्षा बोकेका व्यक्तिका रूपमा चित्रण गरे। उनले पार्टीको यात्रामा सबैको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्य र एकताको भावना कायम रहने अपेक्षा व्यक्त गरे।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आफूले अतिरिक्त अधिकार प्रयोग गर्ने अभ्यास नगरेको बताएका छन्। विधान संशोधनमार्फत पदाधिकारीको संख्या वृद्धि गरिएको र मनोनीत सदस्यहरूको संख्या बढाइएको विषयमा उठेका प्रश्नप्रति उनले विशेष परिस्थितिलाई बुझ्न आग्रह गरे।
उनले पार्टीभित्र नेतृत्वले अतिरिक्त अधिकारको प्रयोग गर्ने परिपाटीलाई आफूले कहिल्यै प्रश्रय नदिएको दाबी गर्दै संगठनलाई विधि र प्रक्रियाअनुसार सञ्चालन गर्न प्रतिबद्ध रहेको बताए।
महाधिवेशनको मुखमा बसेको यो बैठकले वर्तमान केन्द्रीय समितिको कार्यकाल औपचारिक रूपमा टुंग्याउँदै नयाँ नेतृत्व चयनको प्रक्रियाका लागि मार्ग प्रशस्त गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - २२:०२
तेहरान । इरानले विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा गरेको छ। लेबनानमा जारी इजरायली आक्रमण र अमे...
आषाढ़ ६ गते, २०८३ - २२:००
पाल्पा । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्ड...
आषाढ़ ६ गते, २०८३ - २१:४७
काठमाडौं । पछिल्ला केही दिनयता देशका विभिन्न क्षेत्रमा वर्षा सक्रिय बन्दै जाँदा तराईका जिल्लामा तापक्रम घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनु...
आषाढ़ ६ गते, २०८३ - २१:३५
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअघि बसेको अन्तिम केन्द्रीय समिति बैठक शनिबार राति एकअर्काप्रति ‘सरी’ र ‘धन्यवाद’ व्यक्त गर्दै ...
आषाढ़ ६ गते, २०८३ - २१:२३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु हुन एक दिन बाँकी रहँदा पार्टीले नेतृत्व चयनका लागि उम्मेदवारी शुल्क र आवश्यक म...
आषाढ़ ६ गते, २०८३ - २१:१४
काठमाडौं । सल्ल्यानका पहाडी बस्तीहरूमा कुनै समय ढुङ्गाका छाना, माटोले लिपिएका भित्ताहरू र काठका झ्यालढोकाले सजिएका घरहरू गाउँको पहिचान मानिन्थे। हिउँद...
आषाढ़ ६ गते, २०८३ - ०९:२४
कास्की । पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा खानेपानी अभाव भएपछि होटल व्यवसायीले नेपाल खानेपानी संस्थान पोखराको ध्यानाकर्षण गरा...
आषाढ़ ६ गते, २०८३ - ०९:२१
म्याग्दी । म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य खाद्यान्न बाली धान बाली लगाउने तयारी गरेका र बारीमा चैते मकै लगाएका किसानहरू रासायनिक मल नपाएर...
आषाढ़ ६ गते, २०८३ - ०९:२०
काठमाडौँ । यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही दिन)को अन्तरालमा विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकर...
आषाढ़ ६ गते, २०८३ - ०९:१३
काठमाडौं । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भ...



प्रतिकृया लेख्नुहोस्: