Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

चर्चामा सुदन गुरुङ, तर को हुन् आधिकारिक जेनजी ?

तस्विरःAI
खबरडबली संवाददाता

काठमाडौँ । अन्तरिम सरकार गठनको प्रक्रियामा जेनजी समूहको सहभागिताबारे अन्योल बढ्दै गएको छ। जेनजीका अगुवामाझैँ मतभिन्नता बढेपछि समूहको प्रतिनिधित्व कसले गर्ने भन्ने प्रश्न अझ गहिरिएको हो।

जेनजीका एक पक्षका नेताहरू आन्दोलनको सार्थकताका लागि सरकारमा जेनजीको प्रतिनिधित्व हुनुपर्ने बताउँछन् भने अर्को पक्षले अहिले सरकारमा सहभागिता आवश्यक नभएको तर्क गर्दै आएका छन्।

आधिकारिक जेनजी को ?

अभियन्ता अभिनव बास्तोलाका अनुसार अहिले जेनजीभित्र करिब ३० भन्दा बढी ठूला समूह बनेका छन् ।  उनका शब्दमा — “अहिले नै आधिकारिक को हो भन्ने अवस्था छैन। म आफैँ सातवटा ग्रुपमा बसेको छु,” उनले भने।

जेनजी आन्दोलनपछि बनेका समूहमध्ये पाँच प्रमुख ध्रुव हाल चर्चामा छन् — ‘हामी नेपाल’का संयोजक सुदन गुरुङको समूह, रक्षा बम–प्रदीप ज्ञवाली–धिरज जोशीको समूह, आन्दोलनका सुरुवाती आह्वानकर्ता मिराज ढुंगानाको समूह, भाइरल प्रवेश दाहालको समूह, र आकृति घिमिरे–मोनिका चौधरी नेतृत्वको ‘जेन–जी मुभमेन्ट अलायन्स’।

अन्तरिम सरकारमा सहभागी हुन सक्रिय समूहमध्ये एक हुन् रक्षा बम।  पूर्व विवेकशील निकट बम अहिले आफूलाई “विद्रोही” भनेर चिनाउँछिन्। उनी उज्ज्वल थापा फाउन्डेसनमा कार्यक्रम संयोजक रहिसकेकी थिइन् र विभिन्न अधिकार आन्दोलनमा नेतृत्व गरेकी थिइन्।

उनकै समूहमा प्रदिप ज्ञवाली, धिरज जोशी र इन्जिनियर युजन राजभण्डारी पनि छन्।
जोशी हाल गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयमा कार्यरत छन् भने बमकै टोलीले अन्तरिम सरकारमा प्रतिनिधित्व गर्न चाहेको बुझिएको छ।

सुदन गुरुङ र ‘हामी नेपाल’

अहिलेको चर्चाको केन्द्रमा छन् — सुदन गुरुङ। २०७२ सालको भूकम्पदेखि राहत तथा उद्धार अभियानमा सक्रिय गुरुङ जेनजी आन्दोलनपछि “हामी नेपाल” नामक समूहको नेतृत्व गर्दै आएका छन्। उनकै समूह अन्तरिम सरकारसँग निकट रहेको बताइन्छ।  ‘हामी नेपाल’ समूहमा अनिल बानियाँ, ओजस्वी थापा, भावना राउत र प्रकाश खड्का जस्ता युवा अभियन्ता छन्।

ओजस्वी थापा कलाकार समुदायसँग जोडिएका छन् भने भावना राउत विवेकशील पृष्ठभूमिबाट आएका हुन्। खड्का अन्तर्राष्ट्रिय कराँते खेलाडी र नमुना युवा सांसदको रूपमा पनि परिचित छन्।

यो समूहमा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ निकट आकृति घिमिरे, ओजस्वी भट्टराई, मोनिका खनाल, मोनिका चौधरी र अनुषा खनाल छन्। अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राईसहित आयुक्तहरूको राजीनामा माग गर्दै आन्दोलनको चेतावनी दिएको छ।

विराटनगरका कानुन विद्यार्थी प्रवेश दाहाल आन्दोलनमा दिएको प्रभावशाली भाषणपछि भाइरल बनेका हुन्।  उनीसँगै युवा समूहको अर्को धारा सक्रिय छ, जसले आन्दोलनलाई “नयाँ पुस्ताको आवाज” को रूपमा अघि बढाउने बताएको छ।

जेनजी आन्दोलनले युवापुस्ताको राजनीतिक चेतना जगाएको मानिन्छ। तर, अहिले को हुन् आधिकारिक जेनजी प्रतिनिधि भन्ने प्रश्न अझै खुला छ। सुदन गुरुङदेखि रक्षा बम र प्रवेश दाहालसम्म — सबैले आफ्नो धारणा स्थापित गर्न खोजिरहेका छन्। अन्तरिम सरकारमा कसले अन्ततः जेनजीको प्रतिनिधित्व गर्छ, त्यो समयले नै बताउनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending