Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

राजीनामा माग गर्दै अख्तियार प्रमुख राईलाई जेन-जीको दबाबपत्र

खबरडबली संवाददाता

काठमाडौं। जेन-जीको समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित आयुक्तहरुको राजीनामा माग गरेको छ ।

संस्थागत भ्रष्टाचार, सार्वजनिक संस्थानहरूमा फैलिएको राजनीतिकरण (दलीयकरण)र राजनीतिक नियुक्तिको अन्त्य हुनुपर्ने मागसहिन जेन-जीको समूहले आयुक्त प्रेमकुमार राईसहित आयुक्तहरुको राजीनामा माग गरेको छ ।

जेनजी समूहले हिजो मात्र प्रमुख आयुक्त राईलाई इमेलमार्फत स्वेच्छिक राजीनामाको आग्रह गरेको थियो । तर, आज उनीहरूले भौतिक उपस्थितिमै टंगालस्थित अख्तियार मुख्यालय पुगेर लिखित पत्र दर्ता गरेका हुन् ।

समूहका नेता रिजन राना (आदित्य)ले भने, ‘हामीले आज भौतिक उपस्थितिमै पत्र दर्ता गर्यौं । अब पनि राजीनामा नआए अन्य संघर्षका कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ । अहिले सल्लाह हुँदैछ ।’

विज्ञप्तिअनुसार आयोगका प्रमुख र अन्य आयुक्तहरूको नियुक्ति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइ बिना गरेको र त्यसले अख्तियारको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठाएको उल्लेख गरिएको छ ।

आयोगले ९० दिनभित्र नेपालका सबै संसदीय दलका प्रमुख, पूर्व मन्त्रिपरिषद्का सदस्य, पूर्व प्रदेश मन्त्रिपरिषद्का सदस्यहरु, संघीय संसद्का अध्यक्ष, सभामुख, सर्वोच्च अदालतका न्यायाधीश, सबै सचिव, विशिष्ट श्रेणीका पदाधिकारी र तिनका संयुक्त परिवारको सम्पत्ति र स्रोतको छानबिन गरी सार्वजनिक सुनुवाइ गरी अधियोजन प्रक्रिया सुरु गर्नुपर्ने पनि उनीहरुको माग छ ।

 

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उत्तरी हिल्सा नाकाबाट सुरुभयो सामानको आयात

हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...

काठमाडौंका नदी किनारका बस्ती हटाउँदा १५ हजारभन्दा बढी विस्थापित

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...

पृथ्वीराजमार्गको मुग्लिङ–आँबुखैरेनी सडक अबरुद्ध

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...

प्रदेश सरकारले तोक्यो सचिवहरुको जिम्मेवारी

दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ।  मुख्यमन्त...

सरकारी बैंकका सञ्चालकहरूले सामूहिक राजीनामा

काठमाडौं । नेपाल सरकारको तर्फबाट सरकारी बैंकमा प्रतिनिधित्व गर्दै आएका सञ्चालकहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। राष्ट्रिय वाणिज्य बैंक र कृषि...

बुटवलमा भूमिहीनको प्रदर्शन, विकल्पसहित व्यवस्थापनको माग

बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीहरूले विकल्पबिना बस्ती खाली गर्ने कार्य रोक्न माग गर्दै प्रदर्शन गरेका छन्। नेपाल भूमिहीन स...

जबर्जस्ती करणी आरोपमा बहालवाला वडाध्यक्ष पक्राउ

जुम्ला। जुम्लाको पातारासी गाउँपालिका–५ का बहालवाला वडाध्यक्ष दत्तबहादुर बुढा जबर्जस्ती करणी आरोपमा पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय जुम्ल...

मेरो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइयो, कानूनी उपचार खोज्ने छु: रास्वपा सांसद खरेल

काठमाडौं । पूर्व सञ्चारमन्त्री तथा रास्वपा सांसद जगदीश खरेलले आफ्नोविरुद्ध नियोजित रूपमा गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्। सामाजिक सञ्जालम...

साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजलाई सुरक्षा एस्कोर्ट उपलब्ध गराउने महत्त्वाकांक्षी नौस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending