Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

संवाद नगरी निर्वाचन तालिका निकाल्नु लोकतान्त्रिक अभ्यासको अपमान

चुनावी तालिकामा असन्तुष्ट दलहरूकाे निर्वाचनबाट नभाग्ने घोषणा

खबरडबली संवाददाता

काठमाडौं । निर्वाचन आयोगले कुनै संवादबिना फागुन २१ गतेको लागि निर्वाचन तालिका सार्वजनिक गरेपछि प्रमुख राजनीतिक दलहरूले असन्तुष्टि जनाएका छन्। तर, उनीहरूले निर्वाचनमा भने भाग नछोड्ने स्पष्ट संकेत दिएका छन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै निर्वाचन तयारीका सबै कार्यहरू समयबद्ध रूपमा अघि बढाउन तालिका स्वीकृत भएको बताएका थिए। आयोगले कात्तिक ३० भित्र नयाँ दल दर्ता गर्नेलाई समेत आगामी निर्वाचनमा सहभागी हुन सक्ने व्यवस्था गरेको छ।

संवादविनाको तालिका लोकतान्त्रिक अभ्यासविरुद्धः कांग्रेस

कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आयोगले कुनै छलफल र परामर्शबिना तालिका सार्वजनिक गरेकोमा असन्तुष्टि जनाए।  उनले भने, “निर्वाचन बहुदलीय पद्धतिभित्रको प्रमुख अभ्यास हो। त्यसैले मिति घोषणा भइसकेपछि कार्यतालिका सार्वजनिक गर्नुअघि दलहरूसँग प्रारम्भिक छलफल हुनुपर्थ्यो। त्यो भएन।”

तर, उनले दलहरूले निर्वाचनबाट भाग नलिने बताए  “संवाद नभए पनि हामी निर्वाचनबाट भाग्दैनौँ। संविधानलाई मार्गमा फर्काउने माध्यम यही निर्वाचन हो,” उनले जोड दिए।

राजनीतिक दललाई निषेध गरेर निर्वाचन सम्भव छैनः एमाले

नेकपा (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि सरकार र आयोगले कुनै संवाद नगरेको आरोप लगाए।  “राजनीतिक दललाई निषेध गरेर निर्वाचनको परिकल्पना गर्नु दिवा सपना मात्रै हो,” उनले भने।

गौतमका अनुसार सरकार र आयोगको हालको भूमिकाले “निर्वाचन नगर्ने प्रयास भइरहेको” आशंका जन्माएको छ। उनले थपे, “शान्ति सुरक्षा सुनिश्चित नगरी र वातावरण नबनाई गरिएको तयारीले विश्वसनीयता गुमाएको छ।” पार्टीले यस विषयमा बैठक बोलाएर निर्णय लिने तयारी गरेको उनले बताए।

दलहरूलाई बाइपास गरेर चुनाव सहज हुँदैनः माओवादी

माओवादी केन्द्रका सचिवालय सदस्य देवेन्द्र पौडेलले दलहरूसँग कुनै परामर्श नभएको बताए। “कार्यतालिका सार्वजनिक गर्नुअघि एकपटक छलफल भएको भए राम्रो हुन्थ्यो,” उनले भने।

उनका अनुसार माओवादीले भने निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ।
“दलहरूलाई बाइपास गरेर चुनाव सहज हुँदैन। सबै पक्षसँग संवाद गरेर वातावरण बनाउनुपर्छ,” पौडेलले जोड दिए। 

सरकार र आयोगले कुनै औपचारिक छलफल गरेनः रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक अध्यक्ष डीपी अर्यालले पनि आयोगले कार्यतालिका निकाल्दा दलहरूसँग कुनै छलफल नगरेको बताए। “हामीसँग न आयोगले, न सरकारको तर्फबाट संवाद भएको छ,” उनले भने।

तर, अर्यालले निर्वाचन तोकिएकै समयमा हुनुपर्ने पक्षमा पार्टी अडान रहेको बताए “सरकार नै निर्वाचन गराउनका लागि बनेको हो, त्यसैले समयमै निर्वाचन हुनुपर्छ।”

निर्वाचनमा जानुको विकल्प छैनः राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले पनि निर्वाचनबाट भाग्ने विकल्प नरहेको बताए। उनले भने, “फेरि पनि संसद पुनःस्थापनाको माग गर्नु जनताको चाहनाको अपमान हुनेछ। सबै दलहरू निर्वाचनमा जाने तयारीमा लाग्नुपर्छ।”श्रेष्ठले निर्वाचनअघि नै ‘नवीन राजनीतिक समझदारी’ कायम गर्न आग्रह गरे।

आयोग र सरकार छलफल तयारीमा

आयाेग स्रोतका अनुसार निर्वाचन आयोगले आज प्रधानमन्त्री सुशीला कार्कीसँग संवाद गर्ने तयारी गरेको छ।
प्रधानमन्त्रीसँग छलफलपछि आयोगले प्रमुख दलहरूलाई बोलाएर परामर्श गर्ने योजना बनाएको बताइएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१५ वर्षदेखि हिमालपारिको गाउँमा हराइरहेका मजदुरको पीडादायी कथा

गोरखा। छेकम गाउँमा गहुँ, फापर, आलु भित्र्याउने चटारोदेखि घर बनाउने, काठ बोक्न वा ढुङ्गा फुटाउन गाउँलेहरूले सम्झने एउटै नाम हो, ‘बन्दिपुर’। ‘ओइ बन्दी, ...

कालो सिसा राख्ने २१८ गाडी ट्राफिक कारबाहीमा

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनमा नियमविपरीत राखिएका कालो सिसा (टिन्टेड ग्लास) हटाउने अभियानलाई तीव्रता दिएको छ । अभि...

आफू खेल्ने उमेरमा दुई बहिनीको अभिभावक बने ८ वर्षीय शेखर

सिरहा। अधिकांश बालबालिका खेल्दै, रमाउँदै बाल्यकाल बिताइरहेका हुन्छन्। तर सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादवको बाल्यकाल भने दुई सान...

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल भित्रिने, किसानलाई अभाव नहुने सरकारको दाबी

काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान रोपाइँ...

आजका लागि कालीमाटीले तोक्यो तरकारी तथा फलफूलको थोक मूल्य (सूचीसहित)

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज ठूलो नेप...

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती ...

रुकुमपूर्वमा जिप दुर्घटना हुँदा ६ महिने शिशुसहित ५ जना घाइते

रुकुमपूर्व । सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् । र...

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ । चितवनको भरतपुरमा भएको पहि...

देशभर वर्षाको क्रम जारी, पश्चिममा भारी वर्षाको सम्भावना, पूर्वी तराई अझै सुक्खा

काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका धेरै क्षेत्रमा पानी परिरहेको भए पनि पश्चिम ...

बँदेल थाप्न श्रीमान्ले बिछ्याएको करेन्टको पासोमा परेर श्रीमतीको मृत्यु

बुटवल। गुल्मीमा जंगली बँदेलबाट बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending