Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

संवाद नगरी निर्वाचन तालिका निकाल्नु लोकतान्त्रिक अभ्यासको अपमान

चुनावी तालिकामा असन्तुष्ट दलहरूकाे निर्वाचनबाट नभाग्ने घोषणा

खबरडबली संवाददाता

काठमाडौं । निर्वाचन आयोगले कुनै संवादबिना फागुन २१ गतेको लागि निर्वाचन तालिका सार्वजनिक गरेपछि प्रमुख राजनीतिक दलहरूले असन्तुष्टि जनाएका छन्। तर, उनीहरूले निर्वाचनमा भने भाग नछोड्ने स्पष्ट संकेत दिएका छन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै निर्वाचन तयारीका सबै कार्यहरू समयबद्ध रूपमा अघि बढाउन तालिका स्वीकृत भएको बताएका थिए। आयोगले कात्तिक ३० भित्र नयाँ दल दर्ता गर्नेलाई समेत आगामी निर्वाचनमा सहभागी हुन सक्ने व्यवस्था गरेको छ।

संवादविनाको तालिका लोकतान्त्रिक अभ्यासविरुद्धः कांग्रेस

कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आयोगले कुनै छलफल र परामर्शबिना तालिका सार्वजनिक गरेकोमा असन्तुष्टि जनाए।  उनले भने, “निर्वाचन बहुदलीय पद्धतिभित्रको प्रमुख अभ्यास हो। त्यसैले मिति घोषणा भइसकेपछि कार्यतालिका सार्वजनिक गर्नुअघि दलहरूसँग प्रारम्भिक छलफल हुनुपर्थ्यो। त्यो भएन।”

तर, उनले दलहरूले निर्वाचनबाट भाग नलिने बताए  “संवाद नभए पनि हामी निर्वाचनबाट भाग्दैनौँ। संविधानलाई मार्गमा फर्काउने माध्यम यही निर्वाचन हो,” उनले जोड दिए।

राजनीतिक दललाई निषेध गरेर निर्वाचन सम्भव छैनः एमाले

नेकपा (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि सरकार र आयोगले कुनै संवाद नगरेको आरोप लगाए।  “राजनीतिक दललाई निषेध गरेर निर्वाचनको परिकल्पना गर्नु दिवा सपना मात्रै हो,” उनले भने।

गौतमका अनुसार सरकार र आयोगको हालको भूमिकाले “निर्वाचन नगर्ने प्रयास भइरहेको” आशंका जन्माएको छ। उनले थपे, “शान्ति सुरक्षा सुनिश्चित नगरी र वातावरण नबनाई गरिएको तयारीले विश्वसनीयता गुमाएको छ।” पार्टीले यस विषयमा बैठक बोलाएर निर्णय लिने तयारी गरेको उनले बताए।

दलहरूलाई बाइपास गरेर चुनाव सहज हुँदैनः माओवादी

माओवादी केन्द्रका सचिवालय सदस्य देवेन्द्र पौडेलले दलहरूसँग कुनै परामर्श नभएको बताए। “कार्यतालिका सार्वजनिक गर्नुअघि एकपटक छलफल भएको भए राम्रो हुन्थ्यो,” उनले भने।

उनका अनुसार माओवादीले भने निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ।
“दलहरूलाई बाइपास गरेर चुनाव सहज हुँदैन। सबै पक्षसँग संवाद गरेर वातावरण बनाउनुपर्छ,” पौडेलले जोड दिए। 

सरकार र आयोगले कुनै औपचारिक छलफल गरेनः रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक अध्यक्ष डीपी अर्यालले पनि आयोगले कार्यतालिका निकाल्दा दलहरूसँग कुनै छलफल नगरेको बताए। “हामीसँग न आयोगले, न सरकारको तर्फबाट संवाद भएको छ,” उनले भने।

तर, अर्यालले निर्वाचन तोकिएकै समयमा हुनुपर्ने पक्षमा पार्टी अडान रहेको बताए “सरकार नै निर्वाचन गराउनका लागि बनेको हो, त्यसैले समयमै निर्वाचन हुनुपर्छ।”

निर्वाचनमा जानुको विकल्प छैनः राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले पनि निर्वाचनबाट भाग्ने विकल्प नरहेको बताए। उनले भने, “फेरि पनि संसद पुनःस्थापनाको माग गर्नु जनताको चाहनाको अपमान हुनेछ। सबै दलहरू निर्वाचनमा जाने तयारीमा लाग्नुपर्छ।”श्रेष्ठले निर्वाचनअघि नै ‘नवीन राजनीतिक समझदारी’ कायम गर्न आग्रह गरे।

आयोग र सरकार छलफल तयारीमा

आयाेग स्रोतका अनुसार निर्वाचन आयोगले आज प्रधानमन्त्री सुशीला कार्कीसँग संवाद गर्ने तयारी गरेको छ।
प्रधानमन्त्रीसँग छलफलपछि आयोगले प्रमुख दलहरूलाई बोलाएर परामर्श गर्ने योजना बनाएको बताइएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दबाब र विवादबीच कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति बैठक

‘विशेष महाधिवेशनको प्रस्ताव र आन्तरिक विवादको समाधान खोज्ने कदम’

पार्टी एकताको संदेश: रामहरि खतिवडाद्वारा कांग्रेसभित्र विभाजन रोक्न अपिल

‘मेरो गोरुको बाह्रै टक्का जस्तो पार्टीलाई सुरक्षित राखौं’

कांग्रेसमा विभाजनको संकेत: विशेष महाधिवेशन विवादले पार्टी एकतामा चुनौती

देउवा पक्ष भन्छ– ‘विशेष महाधिवेशन वैधानिक छैन, नयाँ नेतृत्व चयन असंवैधानिक’

पोखरा फोहोर व्यवस्थापन विवाद : वडाध्यक्ष रामचन्द्र अधिकारी प्रहरी हिरासतबाट रिहा, स्थानीय आन्दोलित

पोखरा । पोखराको फोहोरमैला व्यवस्थापनलाई लिएर पोखरा–३३ मा विवाद उग्र भएको छ। स्थानीयबासीले महानगरपालिकाको फोहोर प्रशोधन केन्द्र निर्माण तथा निजी कम्पनी...

कांग्रेसको दोस्रो विशेष महाधिवेशन लम्बियो : महामन्त्री प्रतिवेदनमाथि छलफल जारी, मंगलबार नेतृत्व चयन प्रक्रिया सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन दुई दिन थप लम्बिने भएको छ। मंगलबारसम्म चल्ने तय भएको महाधिवेशनमा दुई महामन्त्री गगनकुमार थापा र वि...

काभ्रे: विवादमा रोकिएको सीडीओ भवनभित्र शव फेला, प्रहरीले थाल्याे अनुसन्धानमा

काभ्रेमा निर्माणाधीन सीडीओ कार्यालयभित्र जलेको अवस्थामा पुरुषको शव फेला

कांग्रेस विशेष महाधिवेशन : देउवा–गगन–विश्वप्रकाश संवादका लागि तयारी

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनको बीचमा पार्टी एकता र नेतृत्वको विषयमा जारी असमझदारीको बीचमा सभापति शेरबहादुर देउवा महामन्त्रीद्वय गगनकुमा...

इरानमा सडक युद्ध: दमन र विरोधबीच देश तनावग्रस्त

काठमाडौँ। इरानमा दुई हप्ताभन्दा बढी समयदेखि जारी सरकारविरोधी आन्दोलनले देशलाई पूर्ण रूपमा तनावग्रस्त बनाएको छ। प्रारम्भमा महँगी र आर्थिक असमानताको विर...

शरथ रंगशालामा नेसनल लिग २०८२ उदघाटन, सज्जनराज वैद्यको भव्य सांगीतिक प्रस्तुति

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा नेसनल लिग २०८२ माघ ३० गते बुधबारदेखि सुरु हुँदैछ। यस लिगमा ए डिभिजनका १३ टोली र एन्फा प्रेसिडेन्ट लि...

‘गाह्रो छ हो’ मा बल्छी ध्रुवेको धमाकेदार इन्ट्रि, पुकु पनि उपस्थित

काठमाडौँ। नेपाली दर्शकको मन जित्दै आएको लोकप्रिय हास्य सिरियल ‘गाह्रो छ हो’ को भाग ९ मा नयाँ ट्विस्ट आएको छ। यस भागमा बल्छी ध्रुवेको धमाकेदार इन्ट्रिल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending