Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

ताप्लेजुङमा भीरबाट बोलेरो खस्दा एक जनाको मृत्यु

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा मंगलबार साँझ बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उनकाे घटनास्थलमै मृत्यु भएकाे हाे । 

दुर्घटनामा परी मृत्यु भएका व्यक्तिको पहिचान खुल्न सकेको छैन भने चालक घाइते भएका छन् । प्रहरीका अनुसार, च्याङथापुबाट आङ्खोपतर्फ जाँदै गरेको प्र.१-०१-००१ ज ३४७० नम्बरको बोलेरो सिदिङ्वा गाउँपालिका-३, आङ्खोपमा सडकबाट करिब दुई सय मिटर तल भीरमा खसेको हो।

चालक सोही ठाउँका प्रकाश सुवाङ घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

साँझ ६:३५ बजे स्थानीयले साब्लाखु प्रहरी चौकीमा खबर गरेलगत्तै प्रहरी सहायक निरीक्षक प्रदिप विष्टको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

गाडीमा कति जना सवार थिए र अन्य कोही घाइते भए/नभएको बारे पनि यकिन भइनसकेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रे: विवादमा रोकिएको सीडीओ भवनभित्र शव फेला, प्रहरीले थाल्याे अनुसन्धानमा

काभ्रेमा निर्माणाधीन सीडीओ कार्यालयभित्र जलेको अवस्थामा पुरुषको शव फेला

कांग्रेस विशेष महाधिवेशन : देउवा–गगन–विश्वप्रकाश संवादका लागि तयारी

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनको बीचमा पार्टी एकता र नेतृत्वको विषयमा जारी असमझदारीको बीचमा सभापति शेरबहादुर देउवा महामन्त्रीद्वय गगनकुमा...

इरानमा सडक युद्ध: दमन र विरोधबीच देश तनावग्रस्त

काठमाडौँ। इरानमा दुई हप्ताभन्दा बढी समयदेखि जारी सरकारविरोधी आन्दोलनले देशलाई पूर्ण रूपमा तनावग्रस्त बनाएको छ। प्रारम्भमा महँगी र आर्थिक असमानताको विर...

शरथ रंगशालामा नेसनल लिग २०८२ उदघाटन, सज्जनराज वैद्यको भव्य सांगीतिक प्रस्तुति

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा नेसनल लिग २०८२ माघ ३० गते बुधबारदेखि सुरु हुँदैछ। यस लिगमा ए डिभिजनका १३ टोली र एन्फा प्रेसिडेन्ट लि...

‘गाह्रो छ हो’ मा बल्छी ध्रुवेको धमाकेदार इन्ट्रि, पुकु पनि उपस्थित

काठमाडौँ। नेपाली दर्शकको मन जित्दै आएको लोकप्रिय हास्य सिरियल ‘गाह्रो छ हो’ को भाग ९ मा नयाँ ट्विस्ट आएको छ। यस भागमा बल्छी ध्रुवेको धमाकेदार इन्ट्रिल...

महामन्त्रीद्वयको प्रस्तावसहित ४ विषयमा छलफल गर्न ९ समिति गठन

काठमाडौं। नेपाली कांग्रेसको आइतबारबाट सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र सोमबार पनि जारी रह्यो। बन्दसत्रको प्रारम्भमै महामन्त्रीद्वय गगनकुमार थापा र...

समानुपातिक उम्मेदवारी फिर्ताका लागि रास्वपाकी केन्द्रीय सदस्य रञ्जु दर्शनाकाे निवेदन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य रञ्जु दर्शनाले समानुपातिक बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिन निर्वाचन आयोगमा निवेदन दि...

जेनजी आन्दोलनपछि पहिलोपटक राष्ट्रिय सभा बस्दै, संसद् भवन जलेपछि सिंहदरबारमा सारियो बैठक

काठमाडौं । जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन क्षतिग्रस्त भएपछि राष्ट्रिय सभाको बैठक अस्थायी रूपमा सिंहदरबारमै बस्ने भएको छ। सं...

जलवायु परिवर्तन र दिगोपनमा एक्चुअरीहरूको भूमिका बढ्दो, ८० प्रतिशतकाे व्यावसायिक संलग्नता बढेको भनाइ

काठमाडौँ । विश्वभरका अधिकांश एक्चुअरीहरू पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन र दिगोपनसम्बन्धी कार्यमा आफ्नो व्यावसायिक संलग्नता उल्लेख्य रूपमा बढेको बता...

जेन–जीको दबाब बढ्दो: सर्वपक्षीय सरकारको मागसहित माइतीघरमा ढुंगाना समूहको प्रदर्शन

काठमाडौँ । जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाको नेतृत्वमा रहेको समूहले वर्तमान राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै सर्वपक्षीय सरकार गठनको मागस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending