Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

मतदाता नामावली अद्यावधिकमा सक्रिय हुन माओवादी केन्द्रको निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्ना सबै तहका संगठन र कार्यकर्ताहरूलाई मतदाता नामावली अद्यावधिक अभियानमा सक्रिय हुन निर्देशन दिएको छ।

पार्टीका महाधिवेशन आयोजक समिति संयोजक तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा जारी परिपत्रमा निर्वाचन आयोगले सुरु गरेको नामावली अद्यावधिक कार्यक्रमसँग मेल खाने गरी कार्य गर्न आग्रह गरिएको छ।

परिपत्रमा भनिएको छ, “निर्वाचनमा सहभागी हुने जनताको नामावली अद्यावधिक गर्नु लोकतान्त्रिक अभ्यासको पहिलो खुड्किलो हो। त्यसैले सम्पूर्ण पार्टी पङ्क्तिले यो कार्यलाई गम्भीरतापूर्वक लिई आवश्यक समन्वय र सहजीकरण गर्नुपर्छ।”

माओवादी केन्द्रले आगामी कात्तिक ३० गतेभित्र १६ वर्ष उमेर पुगेका नागरिकहरूको नाम सूचीकृत गर्न, विवाह वा बसाइँ सराइका कारण मतदान केन्द्र परिवर्तन गर्नुपर्ने भए आवश्यक प्रक्रिया पूरा गर्न, साथै नाम, जन्ममिति वा अन्य विवरणमा गल्ती भए सच्याउन सम्बन्धित कार्यालयसँग पहल गर्न निर्देशन दिएको छ।

पार्टीले यो अभियानलाई लोकतान्त्रिक अभ्यास सुदृढ गर्ने अवसरका रूपमा लिँदै सबै कार्यकर्तालाई स्थानीय तहमा सक्रिय हुन आह्वान गरेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस एकताबद्ध हुनुपर्ने अवस्था छ : कार्यवाहक सभापति खड्का

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वर्तमान राजनीतिक अवस्था अन्योल र अनिश्चितताले भरिएको भन्दै पार्टीभित्र पूर्ण एकता का...

नेप्से ५.५४ अंकले घट्यो, कारोबार रकम भने बढ्यो

काठमाडौँ ।  सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ५.५४ अंकले घटेर बन्द भएको छ। गत बिहीबार नेप्से ४.५९ अंकले बढ्दै २ हजार ६ सय ४०.५४ विन्दुमा पुगे...

माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस

काठमाडौँ । सरकारले आगामी माघ ४ गते आइतबार राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्...

भ्रष्टाचार निवारण ऐन उल्लंघनमा गाउँपालिका अध्यक्षसहित ६ जनालाई ६ महिना कैद

बझाङ । विशेष अदालतले बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष, वडाध्यक्ष र कर्मचारीसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। सिम्...

अस्ट्रेलियामा डढेलो: ३०० भन्दा बढी घर जल्दा कम्तीमा एक जनाको मृत्यु

काठमाडौँ। दक्षिणपूर्वी अस्ट्रेलियामा फैलिएको भयंकर डढेलोमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने करिब ३०० भन्दा बढी घर तथा भवन जलेर नष्ट भएका छन्। पछि...

कांग्रेसको वर्तमान संकटमा सबै पक्ष संयमित रहन जनसम्पर्क समितिका सभापतिहरूको अपिल

काठमाडौं । नेपाली कांग्रेसका विभिन्न देशमा रहेका जन सम्पर्क समितिले नियमित महाधिवेशनका माध्यमबाट पार्टीलाई बलियो र एकतावद्ध बनाउन आग्रह गरेका छन्। शनि...

समानुपातिक बन्दसूचीबाट उम्मेदवारले पुस २८ मा नाम फिर्ता लिन सक्ने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ बुझाइएको बन्दसूचीमा समावेश उम्मेदवारहरूले पुस २८ गते नाम फिर्ता लिन सक्ने जनाएको छ। ...

गाजामा प्रशासनिक संरचना फेरबदलतर्फ हमास : सबै सरकारी निकाय विघटन गर्ने निर्णय

काठमाडाैं । प्यालेस्टिनी समूह हमासले गाजा पट्टीमा रहेका आफ्ना सबै सरकारी निकाय विघटन गरी जिम्मेवारी एक स्वतन्त्र प्रशासनिक समितिलाई हस्तान्तरण गर्ने त...

लोकतान्त्रिक मूल्य सुदृढ गर्दै कांग्रेसलाई गतिशील बनाउने संकल्प : अर्जुन नरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीलाई अझ संगठित, स्वच्छ र सुदृढ बनाउनका लागि विशेष महाधिवेशन आयोजना गरिएको बताएका छन्। द...

कांग्रेस विशेष महाधिवेशनः पदाधिकारी अनुपस्थित भएपनि प्रतिनिधिको भीड

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको संस्थापन पक्ष र डा. शेखर कोइराला समूहको बहिस्कारका बी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending