काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारले जनताको म्यान्डेटविपरीत काम गरेको आरोप लगाउँदै आगामी निर्वाचन र त्यसका तयारी गर्ने आयोग दुवैलाई अस्वीकार गर्ने घोषणा गरेका छन्।
भक्तपुरको गुन्डुमा शुक्रबार आयोजित सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मध्यावधि निर्वाचनमा भाग नलिने संकेत दिएका छन्। ओलीका अनुसार, देशलाई लोकतान्त्रिक बाटोमा फर्काउने एकमात्र उपाय संसद् पुनःस्थापना हो।
‘फागुन २१ गते पर्खिने बेला छैन,’ ओलीले भने, ‘संसद् पुनःस्थापनाबाहेक अरू मान्यता स्वीकारेर हिँडियो भने देश बर्बाद हुन्छ।’
उनले कार्की सरकारलाई असंवैधानिक भन्दै सरकारका सबै निर्णय गलत रहेको आरोप लगाए। साथै, जेनजी आन्दोलनका शहीद र घाइतेलाई सम्बोधन नगरिएको भन्दै सरकारको नीतिप्रति असन्तुष्टि व्यक्त गरे।
ओलीले आफ्नो पासपोर्ट रोक्का गरिएको समाचारलाई ‘राजनीतिक तमासा’ भन्दै सरकारको कठपुतलीपनको उदाहरण भएको बताए। गृहमन्त्री ओमप्रकाश अर्यालप्रति चेतावनी दिंदै उनले भने, ‘गृहमन्त्री बाबुलाई धेरै नहौसिन चेतावनी दिन्छु।’
गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगप्रति अस्वीकार जनाउँदै ओलीले भने, ‘एमालेलाई यो नक्कली आयोग मञ्जुर छैन।’ आयोगले आफूलाई उपत्यका नछाड्न आदेश दिएपछि ओलीले आयोगको नैतिकता र वैधतामाथि प्रश्न उठाएका हुन्।
‘आयोगमा बस्नुअघि नै सार्वजनिक रूपमा धारणा राख्नेहरूले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने होइन र?’ उनले प्रश्न गरे।
ओलीले आफ्नो सम्पत्ति १० पटकसम्म छानबिन गर्न चुनौती दिँदै वर्तमान सरकारका मन्त्रीहरूले पनि सम्पत्ति छानबिनका लागि तयार हुनुपर्ने बताए।
उनले थपे, ‘यो नेपालीको सरकार होइन, प्रधानमन्त्री सुशीला कार्कीले संसद् भंग गर्ने सर्तमा प्रधानमन्त्री बन्नुभएको हो।’
प्रधानन्यायाधीश र न्यायाधीश बनेको व्यक्ति प्रधानमन्त्री र मन्त्रीको पदमा बस्नु असंवैधानिक भएको भन्दै ओलीले कार्की सरकारको वैधता नै प्रश्नवाचक रहेको दाबी गरे।
‘राष्ट्रपतिले सरकारलाई निर्वाचन गराउने म्यान्डेट दिनुभएको थियो, तर सरकार त्यस दिशामा अघि बढेको छैन,’ ओलीको भनाइ थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - २१:२८
काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...
चैत्र १८ गते, २०८२ - २१:२४
काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...
चैत्र १८ गते, २०८२ - २१:१७
डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...
चैत्र १८ गते, २०८२ - २०:५७
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...
चैत्र १८ गते, २०८२ - २०:५६
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...
चैत्र १८ गते, २०८२ - २०:०७
काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...
चैत्र १८ गते, २०८२ - २०:०१
काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...
चैत्र १८ गते, २०८२ - १९:५८
काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...
चैत्र १८ गते, २०८२ - १९:५६
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...
चैत्र १८ गते, २०८२ - १९:५४
कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...


प्रतिकृया लेख्नुहोस्: